बालुवाटारमा एमाले बैठक बस्दै, नेपाल-खनाल समूहमाथि थप कारबाहीको तयारी


काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज (शुक्रबार्र)बस्दैछ । पार्टी विभाजनको संघारमा पुगेका बेलमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ११ बजे एमाले बैठक बस्न लागेको हो । बैठकअघि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेटवार्ता गरे पनि विवाद थप उग्र बनेको छ ।

वार्ता सफल नभएपछि बैठकमा खनाल, नेपाल र गौतम पक्ष सहभागी नुहने बुझिएको छ । ओलीसँग विहीबार भएको भेटमा नेपाल र गौतमले बैठकमा नआउने बताइसकेका थिए ।

 


प्रकाशित : २०७८ बैशाख १०, शुक्रबार ०५:३० गते

ताजा समाचार