म बाहेक कसैले यो पार्टीमा गरिखाने छाँट देख्दिनः प्रचण्ड


काठमाडौं । अनेरास्ववियु (क्रान्तिकारी) को २२ औं सम्लेलनलाई सम्बोधन गर्दै एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा आफ्नो नेतृत्वको विकल्प नदेखेको बताएका छन् । उनले पार्टीभित्र र बाहिर प्रचण्डले अब गरिनखाने भयो भन्ने गरेको प्रसंग कोट्याउँदै यस्तो बताएका हुन् ।

‘प्रचण्डको अब केही मूल्य छैन भन्छन् । हुँदाहुँदा भित्रैका साथिहरुले पनि अब प्रचण्डबाट माखो मर्दैन भनेको सुन्छु । मेरै अगाडि त भन्दैनन् । मेरो अगाडि तपाईँ नै हो, तपाईँबाहेक कोही छैन भन्छन् । तर पछाडिबाट अब प्रचण्डबाट केही हुँदैन है, अब अर्को तयारी…., म त्यस्तो सुन्छु । सबैलाई मिलाएर लानसक्ने कोही भए म त खुसी नै हुन्थे । बसेर किताब लेख्थे । तर यसो हेर्छु छाँट ….।’  प्रचण्डले ब्यांग्यात्मक रुपमा भने ।

अब फेरि लड्ने हो । गाउँगाउँमा वाईसीएल र युवा विद्यार्थी मिलेर टिम बनाएर लड्ने हो । हामीले हेप्ने हो तर हामीलाईचाहिँ हेप्न पाइँदैन । अब जाग्ने हो । प्रतिक्रियावादीहरुलाई छोडिदैन, उनले जिकिर गरे ।


प्रकाशित : २०७८ आश्विन १४, बिहीबार १४:१८ गते

ताजा समाचार