पारस खड्का दशककै उत्कृष्ट खेलाडी


काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई समर्पित गरे । उनले भने, ‘टिम बिना म केही होइन, सबै टिमकै कारण संभव भएको हो ।’

भाइरस ९कोभिड–१९० को महामारीका कारण निर्धारित समयभन्दा केही ढिला आयोजना भएको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गरेको हो ।

वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो । दशककै उत्कृष्ट खेलाडी बनेका पारसले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।
पछिल्लो एक दशकमा नेपालको पुरुष क्रिकेट टिमले आईसीसी टी २० विश्वकप खेल्यो । नेपालले सन् २०१४ मा बंगलादेशमा टी(२० विश्वकपमा डेब्यु गर्दा पारसकै कप्तानीमा नेपालले खेलेको थियो । यस्तै सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि पारसकै कप्तानीमा पाएको थियो ।

पारसकै कप्तानीमा नेपालले सन् २०१९ मा युएई विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र टी २० श्रृंखला जितेको थियो । त्यसअघि नेपालले नेदरल्याण्ड्स विरुद्ध खेलेको पहिलो श्रृखंलामा नेपालले एक खेल जित्दा पारस नै कप्तानीमा थिए ।

पछिल्लो दशक नेपालले अन्तर्राष्ट्रिय त्रेकमा हात पारेको सबै सफलतामा पारस त्यसको साक्षी दिए । पारसले सर्वाधिक चार पटक पल्सर अवार्डमा समेत उत्कृष्ट भएका थिए ।


प्रकाशित : २०७८ चैत्र ९, बुधबार ०१:२४ गते

ताजा समाचार