नेपालले एक खेलअगावै गुमायो वेस्ट इन्डिज ‘ए’सँगको टी–२० श्रृंखला


काठमाडाैं ।  नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ ।

पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्पिएको हो ।

चौथो खेलमा नेपाल  वेस्ट इन्डिजसँग २८ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले नेपाललाई २१० रनको लक्ष्य दिएको थियो ।

तर घरेलु टोली नेपालले लक्ष्य भेट्टाउन सकेन ।


प्रकाशित : २०८१ बैशाख २०, बिहीबार १५:५३ गते

ताजा समाचार