अनाथ र असहायका लागि महायज्ञ, राधिकाले गरिन् १ लाख १० हजार अर्थदान


काठमाडौं । अनाथ र असहाय छोराछोरीहरूका लागि आमाबुवा गुरुकुल स्थापना गर्न आयोजना गरिएको महायज्ञका लागि सफल व्यवसायी राधिका भट्टराईले एकला १० हजार अर्थदान गर्नुभएको छ । दाङको तुलसीपुरमा नयाँ वर्ष २०७९ को बैशाख २० देखि २७ गतेसम्म हुन गइरहेको राष्ट्रिय विराट महायज्ञको लागि उहाँले सहयोग गर्नुभएको हो । दनविर भट्टराई डडेल्धुरादेखि काठमाडौंमा आएर व्यसाय गरिरहुनभएको छ ।

यस महायज्ञको आयजक आमाबुवा गुरुकुल प्रतिष्ठान नेपालले असहाय , अबोधप्रति दया , माया , पवित्र प्रेम र करुणाको कञ्चन गङ्गा हृदयबाट बगाउँदै सहयोग गरिदिनुभएकोमा दानविर राधिका भट्टराईलाई सुख , शान्ति , समृद्धि, सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक कामना गर्दै सम्मान तथा कृतज्ञता अर्पण गरेको छ । साथै सम्पूर्ण दानवीर भावना भएका महानुभावहरुप्रति अर्थदानका लागि अपिल गरेको छ ।


प्रकाशित : २०७८ चैत्र १७, बिहीबार ०५:५७ गते

ताजा समाचार