जनप्रगतिशील मञ्च जापानको अधिवेशन आगामी जनवरी २८ मा हुने


काठमाडाैँ । नेपाली प्रगतिशील मञ्च जापानको नवाैँ अधिवेशन जनवरी २८ मा हुने भएको छ ।

‘प्रवासी नेपालीहरुमा आपसी सद्भाव,भाइचारा र एकताको अभियान! ज्ञान,सिप र पुँजीको लगानी सहित समृद्ध नेपालको लागि नवाैँ अधिवेशन’ !! भन्ने मूल नाराका साथ जनवरी २८ मा जापानको टोकियो हुने भएको छ ।

मञ्चको अधिवेशन तयारी बैककले जनवरी २८ मा टोकियोमा अधिवेशन गर्ने निर्णय गरेको मञ्चका उपमहासचिव तथा प्रचारप्रसार उप समिति संयोजक रामकृष्ण भण्डारीले जानकारी दिए । अधिवेशनमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र प्रवास समन्वय समितिका सह-इञ्चार्ज  लक्ष्मण पन्त लगाएत नेताकाे उपस्थिति हुने उपमहासचिव भण्डारीले जानकारी दिए । मञ्चले ७ क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।

यो अधिवेशनले आगामी दुई बर्से  कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ  । मञ्चले देशमा विभिन्न विपदमा पिडितहरुलाई सहयोग पुर्‍याउदै आएको छ । भर्खरै रुकुम -जाजरकोटका भुकम्प पिडितका लागी आर्थिक सहयोग गरेको थिए । मञ्चले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जापान भ्रमण पनि गराएको थियो ।


प्रकाशित : २०८० पुष २३, सोमबार १६:२२ गते

ताजा समाचार