अफगानिस्तानको पञ्जशीर प्रान्त सबै नियन्त्रणमा लिएको तालिबानले दाबी गरेको छ । तर तालिबानविरुद्ध लडिरहेको विरोधी बल नेशनल रेसिस्टेन्स फ्रन्ट ९एनआरएफ० ले यो दाबी अस्वीकार गरेको छ । एनआरएफका प्रवक्ता अली मेसमले बीबीसीसँग भने, ‘यो साँचो होइन, तालिबानले पञ्जशीरमाथि कब्जा जमाएको छैन । म यो दाबी अस्वीकार गर्छु ।’ आइतबार विरोधी गुटको अफगानका नेता अहमद मसूदले आफूहरु तालिबानको सैन्य अभियान रोक्नका लागि शान्तिवार्ताका लागि इच्छुक भएको बताएका थिए । तालिबानले आफ्नो बयानमा अफगानका जनताले अब शान्तिपूर्ण, समृद्ध जीवन, स्वतन्त्रताको आनन्द र भाइचारा प्र्राप्त गर्ने बताएको छ ।
प्रकाशित : २०७८ भाद्र २१, सोमबार ०६:१७ गते