देश बनाउन केपी ओलीको जस्तो धैर्यता र त्याग चाहिन्छः पूर्वमन्त्री मानन्धर


काठमाडौं । पूर्वराज्यमन्त्री तथा एमाले सांसद रामवीर मानन्धरले मधन नेपाल र झलनाथ खनालहरुले जनताको मतलाई तिरस्कार गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) १६ नं वडा कमिटिले दशैं, तिहास तथा छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनताको घरघरमा पुगेर सूर्य चिह्नमा भोट हामीलाई भोट दिनुस्, हामी समृद्धि दिन्छौं भनेको स्मरण गरे ।

बसन्त मानन्धर आज सूर्य चिह्न छाडेर अर्को पार्टीमा जान भएको छ । सूर्यचिह्नमा भोट मागेर उहाँलाई हामीले सांसद बनाएको हो । त्यसकारण हामी सबैले उहाँलाई सूर्य किन छाड्नुभयो भनेर प्रश्न गर्नुपर्छ । मानन्धरले भने, राजनीतिमा धैर्यता चाहिन्छ । माधव नेपाल १५ वर्ष एमालेको महासचिव भए । झलनाथ खनाल ५ वर्ष अध्यक्ष भए । एमालेको अध्यक्ष बन्न केपी ओलीले २० वर्ष धैर्यता गर्नुभयो । राजनीतिमा उहाँको जस्तो धैर्यता चाहिन्छ ।

त्यसैगरी उनले केपी ओली ७० वर्षको आन्दोलनबाट जन्मिएका एक मात्र त्यागी र धैर्यता भएका नेता भएको उनको धारणा छ । अध्यक्ष पनि खान्न, प्रधानमन्त्री पनि बन्दिन भन्ने नेता केपी ओलीबाहेक यो देशमा अरु कोही छ ? उनले प्रश्न गरे । उनले माधन नेपालतर्फ संकेत गर्दै १५ वर्ष महासचिव बनेको नेता नै खराब भएको भन्दै उनीहरुले कांग्रेसलाई भोट हालेर गद्दारी गरेको दावी गरे ।

एमालेले मात्र देशको समृद्धिको नेतृत्व गर्नसक्छः जीवन मानन्धर

म्हैपी संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्ष तथा कामनपा १६ वडा सदस्य,नेकपा एमाले महानगर समिति सचिवालय सदस्य, महानगर समिति कोष तथा आर्थिक विभाग प्रमुख जीवन मानन्धरले आउने स्थानीय चुनावमा नेताको चाप्लुसी गर्नेलाईभन्दा पनि जनताको मर्म बुझ्ने योग्य उम्मेदवारलाई जनप्रतिनिधि चुन्न पार्टीले अहम भूमिका खेल्नु पर्नेमा जोड दिए ।
कांग्रेस माओवादी एमालेले एकलौटी राज गर्ने देखेर डराएको र अब एमालेको नेतृत्वले मात्रै देशको विकास र समृद्धिको नेतृत्व गर्नसक्ने उनले बताए ।

१६ वडा नेकपा एमाले कमिटी अध्यक्ष तथा वडा सदस्य पुष्प महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा एमाले १६ वडा कमेटिका सचिव जय प्रकाश श्रेष्ठले कर्यक्रम संचालन गरेका थिए।


प्रकाशित : २०७८ आश्विन २०, बुधबार ११:०४ गते

ताजा समाचार