काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री एमव् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान खारेज गर्ने प्रयास गरेको अरोप लगाएका छन् । शुक्रबार काभ्रेका युवालाई आफ्नो पार्टीमा प्रवेश गराउँदै प्रचण्डले संविधानका उपलब्धी उल्ट्याउन संसद विघटन गरेको समेत टिप्पणी गरे।
‘ओलीको अहंकार’ अझैं पराजित नभएको भन्दै प्रचण्डले आउने चुनावमा ओली विजयी भए देश दुर्घटनामा जाने खतरा रहेको समेत दावी गरे। उनले भने, ‘हामीले त्यसका विरुद्धमा आन्दोलन गर्यौं । हामी विजयी भयौं, केपी ओली पराजित भए । तर, पराजित भए पनि उनको अझैं उनको अहंकार र घमण्ड तोडिएको छैन् ।’
प्रचण्डले थपे, ‘आउने निर्वाचनमा हामी विजयी भएनौं भने र त्यस्ता प्रतिगामी, संविधान विरोधी शक्ति विजयी भए भने देश दुर्घटनामा जान सक्ने खतरा छ ।’