चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौँमा, माओवादी उपाध्यक्षद्वारा स्वागत


काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) अन्तराष्ट्रिय विभागका उपमन्त्री सन् हैयान नेपाल भ्रमणमा आएका छन् ।

बंगलादेशको राजधानी ढाका हुँदै हैयान नेतृत्वको ६ सदस्यीय टोली आज बिहान काठमाडौँ आइपुगेको हो ।

चिनियाँ टोली विमान बंगलादेश एयरको उडान नम्बर बिजी-३७१ मा पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको जनाइएको छ । भ्रमण दलमा उपमन्त्री हेैयानसहित सिपिसी विदेश विभागका सु मिन, चाङ्ग जिउविन, छेङ युया, वेन जुन, जिन यान सहभागी छन् ।

सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुसालसहित चिनियाँ राजदूत छेन सोङ र दूतावासका कर्मचारीहरुले पाहुना टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए । तीनदिने मैत्रीपूर्ण भ्रमणमा आएको टोली बत्तीसपुतलीस्थित होटल द्वारिकामा बस्ने बुझिएको छ ।


प्रकाशित : २०८० माघ १२, शुक्रबार १४:३१ गते

ताजा समाचार