गठबन्धन दाँयाबायाँ हुन्न, पाँच वर्षसम्म अगाडि बढ्छ : पूर्णबहादुर खड्का


काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायमै रहने दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री खड्काले राष्ट्रिय सभाको अध्यक्षमा पनि गठबन्धनले सर्वसम्मत रुपमा उम्मेदवारी दिने बताए ।

‘केही समस्या छन् भने आपसमा बस्छौं, छलफल गरेर टुंगो लगाउँछौं’ गठबन्धनमा दायाँबायाँ हुने कल्पना समेत नगरेको भन्दै उनले भने, ‘राष्ट्रिय सभा अध्यक्षबारे सल्लाह गर्छौं, एउटा उम्मेदवार दिन्छौं ।’


प्रकाशित : २०८० फाल्गुन १८, शुक्रबार १७:१५ गते

ताजा समाचार