सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे माओवादीतर्फका मन्त्री बर्खास्त


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू बर्खास्त गरेका छन् ।

उनले माओवादीतर्फका मन्त्रीहरूले जिम्मेवारी लिएका उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।

मुख्यमन्त्री शाहले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तर्फबाट झपटबहादुर साउद सामाजिक विकास र रमेश सिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गीतादेवी माल उद्योग राज्यमन्त्री थिए । यी तीनैजनालाई बर्खास्त गरिएको हो ।


प्रकाशित : २०८० फाल्गुन २२, मंगलवार १५:०८ गते

ताजा समाचार