पार्टीमा एकता कायम एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए । पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुबीच पनि सोमबार लामै समय छलफल भएको छ । गोकर्ण बिष्टको निवासमा भएको छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य लगायत नेताहरू सहभागी थिए ।
एमालेको दुई समूहबीच पछिल्लो समय बाक्लो भेटवार्ता भएको छ, तर सहमति जुटिसकेको छैन । पछिल्लो समय सर्वोच्च अदालतको निर्णय सँगै छलफल थप सघन बनेको छ ।
ओलीको प्रस्ताव पक्षको अडान संसद् विघटन विरुद्धको सर्वोच्चमा पेश गरिएको २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने विषय रहेको छ । तर नेपाल समूह सहमत हुन सकेको छैन । यसबाहेक सम्पूर्ण रुपमा २ जेठ २०७५ अगाडिकै एमालेमा फर्कनुपर्ने नेपाल समूहको अडान कायमै छ ।
ओली र माधव समूहका नेताहरू आन्तरिक छलफलमा,पार्टी एकता प्रयास जारी
प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १५:४३ गते
सम्बन्धित खवर