काठमाडाैँ । आरिफ शेखकाे शानदार ब्याटिङमा नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २ सय १४ रनकाे विशाल लक्ष्य दिएकाे छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले सात विकेटकाे क्षतिमा २ सय १३ रनकाे याेगफल तयार पारेकाे हाे ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ९३ रन बनाए । ४८ बलकाे सामना गरेका उनी ६ छक्का र सात चाैकाकाे मद्दतमा ९३ रन जाेडेर अविजित रहे ।
नेपाल ‘ए’ले यसअघि खेलेका दुवै खेलमा पराजित हुँदै शृङ्खलाको उपाधि गुमाइसकको छ ।आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ पहिलो खेलमा २१ रनले तथा दोस्रो खेलमा ४० रनले पराजित भएको थियो ।
प्रकाशित : २०८० चैत्र १९, सोमबार १५:०२ गते