
काठमाडाैँ । नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए ।
जहाज खरिदको निर्णय गर्ने तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, मन्त्रालयका तत्कालीन सचिव शंकर अधिकारी र निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको हो ।
२०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा शाही पर्यटन मन्त्री बनेका थिए ।
प्रकाशित : २०८० चैत्र २२, बिहीबार १६:३४ गते