संसदको गतिरोध अन्त्य गर्न सभामुखसहित शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल


काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा लगायतका नेताहरू छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे आफ्नै दिदीको निधनका कारण झापा जाने कार्यक्रम थियो । तर सदनमा देखिएको अवरोध अन्त्यका लागि पहल गर्न उनले झापा जाने कार्यक्रम रद्द गरेका छन् ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ ।


प्रकाशित : २०८० चैत्र २७, मंगलवार ११:४२ गते

ताजा समाचार