राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले गर्‍यो लाठी चार्ज


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गरेका थिए ।

प्रहरीले रोक्नका लागि राखेको रेलिङको बार तोडेर अघि बढ्ने प्रयास गरेपछि बल प्रयोग भएको थियो ।

प्रहरीले पानीको फोहोरासहितको प्रयोग गरेपछि आन्दोलनकारी तितरवितर भएका छन् ।

प्रहरीले निरन्तर पानीको फोहोरासहित आन्दोलनकारीलाई पछि हटाउँदै सहिदगेट कटाएको छ ।


प्रकाशित : २०८० चैत्र २७, मंगलवार १४:२८ गते

ताजा समाचार