राष्ट्रपति निवासमा कतारका राजा (फोटो)


काठमाडौं  । कतारका अमिर अर्थात् राजा शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ।

राजकीय भ्रमणमा रहेका थानी र राष्ट्रपति पौडेलबीच दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ। साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमासमेत विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

राजा थानीलाई स्वागत गर्न राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरू र विशिष्ठ व्यक्ति विमानस्थल पुगेका थिए।

दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका थानी राष्ट्रपति पौडेललाई भेट्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै शितलनिवास पुगेका थिए।

हेरौं केही तस्वीर

 


प्रकाशित : २०८१ बैशाख ११, मंगलवार २०:२७ गते

ताजा समाचार