सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी


काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न बनेको कार्यदलको बैठक जारी छ ।

बैठक बिहान बिहान साढे ८ बजेदेखी कानुन मन्त्रालयमा बसिरहेकाे बताइएको छ ।

कार्यदलमा कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन् ।

सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको हिजो बसेको बैठकले सहकारी ठगी प्रकरणमा कार्यदल गठन गरेको थियो । कार्यदलले छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउने छ ।


प्रकाशित : २०८१ जेष्ठ ६, आईतवार १२:२३ गते

ताजा समाचार