काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेको छ ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले १५ जेठमा बजेट ल्याउने संवैधानिक प्रावधान छ ।
यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट पारित गरेकाे थियो ।
हेर्नुस् बजेट भाषण लाइभ :
प्रकाशित : २०८१ जेष्ठ १५, मंगलवार १५:३२ गते