कोशीको रिट खारेज, हिक्मत कार्कीले पाए निरन्तरता


काठमाडाैं । सर्वाेच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएकाे छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका बेला संविधानअनुसार पदमुक्त नै नगरी अर्को मुख्यमन्त्री नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज गरिदिएको हो । रिट खारेजीसँगै संकल्प प्रस्तावबाट बनेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीको सरकारले वैधानिकता पाएको छ ।


प्रकाशित : २०८१ असार १२, मंगलवार १७:२५ गते

ताजा समाचार