काठमाडाैं । नेपाली कांग्रेस र एमालेले मिलेर सरकार बनाएपछि प्रतिपक्षमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । रास्वपाले आफ्ना सांसदहरूलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यसूची छ । काँग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीलाई जसपा, लोसपालगायतका साना दलको पनि समर्थन छ ।
रास्वपासहित माओवादी केन्द्र र एकीकृत समाजवादीले विश्वासको मतको विपक्षमा उभिने निर्णय गरिसकेका छन् ।