मुख्यसचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गर्ने सरकारको निर्णय


सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले कामु मुख्यसचिव गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि गड्तौला निमित्त मुख्यसचिव थिइन् । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ ।

मुख्यसचिव गड्तौलाले यही भदौ १५ गते अवकाश पाउँदै छिन् ।

गड्तौलालाई  २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा गरिएको थियो । उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहसचिव हुँदा बढुवा भएकी थिइन् । उनी कानूनतर्फकी सचिव हुन् ।


प्रकाशित : २०८१ श्रावण १०, बिहीबार १७:१४ गते

ताजा समाचार