कर्णाली प्रदेशसभा सदस्य पद गुमाएकालाई जिताउने माधव नेपालको घोषण


कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेताहरुलाई पुनः जिताएर ल्याउने प्रतिबद्धता माधव कुमार नेपालले गरेका छन् ।
मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबिबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरेको सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै बरिष्ठ नेता नेपालले कर्णालीका आफु पक्षीय नेताहरुले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपनिर्वाचन भएमा नेताहरुलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताए । उनले कर्णालीका नेताहरुको साथमा आफु रहेको भन्दै दृढताका साथ अगाडी बढ्न पनि आग्रह गरे ।


प्रकाशित : २०७८ श्रावण २६, मंगलवार १४:३९ गते

ताजा समाचार