चिनियाँ इन्जिनियरमाथि आत्मघाती हमला, भारत र अफगानिस्तानमाथि आराेप


पाकिस्तानले गत महिना खैबर पख्तूनख्या प्रान्तमा एक बसमाथि भएको आत्मघाती हमलाको आरोप भारत र अफगानिस्तानमाथि लगाएको छ । उक्त घटनामा ९ जना चिनियाँ इन्जिनियरसहित १३ जनाको मृत्यु भएको थियो ।

इस्लामाबादमा मिडियासँग कुराकानी गर्दै पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरेशीले उक्त हमलामा भारत र अफगानिस्तानको हात रहेको आरोप लगाएका हुन् । कुरेशीका अनुसार हमलामा प्रयोग भएको कार अफगानिस्तानबाट ल्याइएको दाबी गरे ।

कुरेशीका अनुसार पाकिस्तानका अनुसन्धान अधिकारीहरूले ३६ वटा सीसीटीभी फुटेज खोतलेर १४ सय किलोमिटर क्षेत्रमा जाँच गरेर यस घटनामा संलग्न मानिसहरूको बारेमा पत्ता लगाउन सफल भएको जिकिर गरे । यसमा दुई देशको सुरक्षा एजेन्सीको हात रहेको बताउँदै भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ्ग (रअ) र अफगानिस्तानको नेशनल डायरेक्टरेट अफ सेक्युरिटी (एनडीएस) ले मिलेर यो घटना घटाएको दाबी गरे । भारतले पाकिस्तान र चीनको सम्बन्धमा दरार ल्याउन यस्तो कदम चालेको बताए ।

चिनियाँ इन्जिनियरमाथि गत १३ जुलाईमा हमला भएको थियो । उनीहरू सबै डासू ड्याम परियोजनामा काम गर्थे । चीनको कम्पनीले सिन्धु नदीमा ४३ सय मेगावाट जलविद्युत् आयोजनामा काम गरिरहेको छ । पाकिस्तानको साथै चीनको एजेन्सीले यस घटनामा काम गरेको थियो ।


प्रकाशित : २०७८ श्रावण २९, शुक्रबार ०४:१३ गते

ताजा समाचार