उजेको लागि कित जुनेली रात कुर्नुपर्ने, कित विहानीको मिर्मिरे पर्खनुपर्ने, पृथ्वीको गोलाद्र्धमा कतै नभेटीने जाजरकोटको दशेराको एउटा झुपडीमा म जन्मिदा त्यो झुपडी निकै झलझमल भएको थियो रे । मेरो आमा बेलाबेला मलाई ती दिन सम्झाइरहनुहुन्छ । आमा ती दिनहरु सम्झदै गर्दा मेरो नाममा बुन्नुभएका थुप्रै सपनाहरु पनि सम्झनुहुन्छ । तर जिन्दगी न अरुले सोचेजस्तो हुन्छ, न त आफूले सोचेजस्तो । सायद जिन्दगीको यात्रा सोचेजस्तो हुन्थ्यो भने मानिसले बेहिसाब संघर्ष किन गर्नुपथ्र्यो ।
मानिसको विगत सम्झनाहरुको संगालो हो । यदि सम्झनाहरु नहुँदो हो त मानिससँग केही हुने थिएन । यही सम्झना छ र त कहिल्यै नफर्कने विगतहरुलाई पनि अनुभूति गर्न सकिन्छ । शब्दहरुमा अभिव्यक्त गर्न सकिन्छ । मानिस आफ्ना विगतहरु सम्झदै वर्तमान र भविष्यका लागि बाँचिरहो हुन्छ । म पनि विगतलाई सम्झदै वर्तमान र भविष्यका लागि बाँच्न हतारो गरिरहेको एउटा मान्छे हुँ ।
मेरो आमा विणा कुमारी शाही । बुबा टेक बहादुर थापा । बुबा सानै उमेरदेखि कम्युनिस्ट राजनीतिमा लाग्नुभयो । उहाँले जाजरकोटका थुप्रै भूँइमान्छेहरुलाई कम्युनिस्ट बनाउनुभयो । तर ५२ वर्षकै उमेरमा मेरो बुबाको बुबाले (मेरो अजुरबाले) संसार छोड्नु भएपछि उहाँको काँधमा घरको जिम्मेवारी सबै थुप्रियो । त्यो जिम्मेवारीबाट भाग्न संभव पनि थिएन । बाबाहरु तीन भाइ र एक बहिनी । हजुरबा बितेको केही वर्षपछि बुबाको बहिनी पनि वित्नुभयो । एकपछि अर्को बज्रको प्रहार सामना गर्दै बुबा राजनीतिबाट शिक्षकको जागिरमा प्रवेश गर्नुभयो । भाइ (मेरो काका धनबहादुर थापा) लाई पढाउने जिम्मेवारी पनि बाबाकै थियो । सबै जिम्मेवारी सम्हाल्दै बाबाले विहे गर्नुभयो । मेरो मावली हजुरबा पदम बहादुर शाही त्यतिवेला जाजरकोटको राप्रपाको उपसभापति हुनुहुन्थ्यो । उहाँ त्यो जमनाको कहलिएको समाजसेवी । मेरो आमाको चार दिदीबहिनी । सबैले पढ्नुभएको । मेरो आमा त अहिले पनि शिक्षक नै हुनुहुन्छ । मलाई धेरै माया गर्नुहुने मेरी ठूली आमा शारदा शाही क्यान्सर लागेर वितिसक्नुभयो । ठूलीमामी वित्ुनभएको केही समयमा मामाघरको हजुरबा पनि वित्नुभयो । यसरी थुप्रै प्रियहरु हामीले गुमायौं । थुप्रै पीडाहरु भोगियो । यीनै पीडाहरुले अफ्ठेराहरु झेल्न सिकायो । उहाँहरुको सम्झना अजम्बरी बनेर बसेको छ । यही सम्झना छ र त जिन्दगी छ, सपनाहरु छन् ।
म मेरो आमाबुबाको एक्लो छोरा । मेरी दुई बहिनीहरु छन् । ती मेरामुटुका टुक्रा हुन् । मेरो अरु पनि मुटुका टुक्राहरु छन् । म यो शहरको एउटा विग्रिएको केटो हुँदा पनि साथ नछोड्ने मेरी जीवनसंगी, जसको थुप्रै खुसीहरु खोसेर मैले चुरोटका धुवाँहरुमा उडाएको छु । थुप्रै गिलासहरुमा पिएको छु । तर उसले मलाई सबै कुरा दिइन । उसैको साथ र प्रेमले म विग्रिएको सञ्जयबाट सुध्रिदै गरेको सञ्जय भएको छु । सपनाविहिन सञ्जयबाट सपनै सपनाले भरिएको सञ्जय भएको छु । छताछुल्ल जिन्दगी पोख्दै हिड्ने सञ्जयबाट सम्हाल्दै र सम्हालिदै हिड्ने सञ्जय भएको छु ।
मेरो आमाबाले मलाई वास्तवमा धेरै खुसीहरु दिनुभयो । आफ्नो भाग पनि छुटाएर दिनुभयो । उहाँहरुले धेरै अभावहरु भोगेर मलाई प्रयाप्तता दिनुभयो । मलाई प्रतिष्ठित सञ्जय बनाउन उहाँहरुले धेरै लगानी गर्नुभयो । उहाँहरुले जाजरकोट पढाएर मेरो राम्रो शिक्षाको लागि सुर्खेत पठाउनुभयो । मैले सुर्खेतमा उषा बालमावि र इलिट इङ्लिस सेकेन्डरी स्कुल पढें । दुर्गमबाट एसएलसी दिइयो भने स्कलरसीप पाइन्छ भनेर जाजरकोट पढ्न फर्के । २०६७ सालमा जाजरकोटबाट एसलएलसी गरियो ।
एसएलसी सकेर म काठमाडौं आएँ र ११ कक्षाका विज्ञान पढ्न भीएस निकेतनमा भर्ना भएँ । आमाबाले जति भन्यो त्यति पैसा पठाइदिनुहुन्थ्यो । विस्तारै म पढाइतिर कम र रमालोतिर बढी लागें । विस्तारै पढाइ कमजोर बन्दै गएको थियो । त्यहीबीचमा विरामी परियो । अनि म १२ पढ्न सुर्खेत फर्किएँ । १२ सकेर आमाबुबाको सपना पुरा गर्न पुन काठमाडौंमा डक्टर पढ्न आएँ । मलाई आमाबाले धेरै नै लगानी गर्नुभयो । कमाएको सबै पैसा मलाई बनाउने सपनामा सकियो । तर मैैैलै डक्टर बन्नेलाइन छाडेर लक्जरियस लाइफ स्टाइल विताउन थाले । पैसाको कुनै कमी थिएन । पैसा भएपछि रमाइलो गर्ने साथिभाइको के कमी हुन्थयो र यो शहरमा ।
रमाइलो रमाइलो मै मैले आईटी जोइन गरें । आईटी पास पनि गरियो तर जागिर भनेजस्तो पाउन त्यति सजिलो थिएन । यसैबीचमा राम्रो करिअरको लागि नेताहरुको पछि पनि लागियो । तर त्यस्तो भएन । म विग्रदै गर्दा मलाई सही बाटो देखाइदिनुहुने अनुप कार्की दाजुलाई विर्सन सक्दिन । आज म जुन ठाउँमा छु, त्यसका लागि अनुप दाजुको माया र उहाँले सम्झाउनुभएका ती दिनहरुको निकै ठूलो भूमिका छ ।
मेरो मस्तीवाला लाइन पनि छुटेको थिएन । ६ वर्षपहिला सम्झना केसीसँग प्रेम विवाह गरेँ । विहे गरिसक्दा पनि म सुध्रिएको थिइनँ । उनी माइतमा सुखमा हुर्किइन । उनको परिवार विजनेसम्यान । विग्रिएको सञ्जयलाई नजिकबाट बुझ्ने उनै सम्झना त थिइन । उनले विग्रिएको सञ्जयलाई पनि प्रेम गरिरहिन । सम्झनाको प्रेम नै थियो, विग्रियको सञ्जयलाई विस्तारै सही मार्गमा ल्याउने । त्यही प्रेमले मलाई विस्तारै बदल्यो । अब त केही गर्नै पर्छ भन्ने सोच आउँदै गर्दा कोरोनाको महामारी आयो । केही गर्न सकिने अवस्थै रहेन ।
तर आज म केही गरिरहेको छु । मेरो आजको सपना सफल विजनेसम्यान बन्ने हो । मैले केही गर्न थालेको एक वर्ष पनि पुरा भएको छैन । मेरो विजनेसको सुरुवात शेयर मार्केट हो । म शेयर बजार बुझ्ने र थोरै लगानीबाट कसरी धेरै कमाउन सकिन्छ भनेर बुझ्ने कोशिस गरिरहेको छु । केही लगानी पनि छ । प्रतिफल निकै राम्रो आइरहेको छ । मलाई अब राजनीति पनि सुरु गर्न मन छ । बुबाआमाको प्रभावले होला पैसा मात्र कमाएर के गर्नु समाज सेवाको काम पनि गर्नुपर्छ भन्ने लागिरहन्छ । आफू जम्नेको हुर्केको गाउँठाउँमा केही न केही हितकारी काम गर्नुपर्छ भन्न लाग्छ । मेरो बुबा पनि समाज बदल्न भनेर सानै उमेरदेखि लाग्नु भयो । आज पनि लागिरहनु नै भएको छ । मेरो आमा धेरै कुरा बुझ्ने मान्छे हुनुहुन्छ । मलाई सधै निरन्तर अध्ययन गर्न छोड्नु हुन्न बाबु भन्नुहुन्छ । आमाको अर्तीलाई सकभर सिरोधार्य गर्ने प्रयत्न गरिरहकै छु । अध्ययनले हामीलाई साच्चै लामो यात्राका लागि मार्गनिर्देशन गर्दो रहेछ ।
थोमस एल्बा एडिसन एक अमेरिकी वैज्ञनि थिए । उनले बल्बको आविस्कार गरे । तर त्यो कार्यमा सफलता हासिल गर्न उनले ९९९ पटक असफल प्रयोग गरेका थिए । १००० पटकको प्रयोग सफल भयो । हामी सबैको जीवन यस्ता थुपै असफताहरु भोगेर आएको छ । निरन्तर अगाडि बढ्ने आत्मविस्वास भएन भने हामी सफलता प्राप्त गर्न सक्दैनौं ।
थोमस एल्बा एडिसन एक अमेरिकी वैज्ञनि थिए । उनले बल्बको आविस्कार गरे । तर त्यो कार्यमा सफलता हासिल गर्न उनले ९९९ पटक असफल प्रयोग गरेका थिए । १००० पटकको प्रयोग सफल भयो । हामी सबैको जीवन यस्ता थुपै असफताहरु भोगेर आएको छ । निरन्तर अगाडि बढ्ने आत्मविस्वास भएन भने हामी सफलता प्राप्त गर्न सक्दैनौं । धेरैजसो युवाहरु गन्तव्य नभेटेर ठूलो अलमलमा पर्ने गर्दछौं । म पनि थुप्रै अलमलबाट गुज्रिएको मान्छे हुँ । यस्तो बेला सफल व्यक्तित्वहरुको संघर्षको कथा लेखिएको पुस्तकहरु धेरैभन्दा धेरै पढ्न सकियो भने त्यसले हामीलाई जीवनमा केही गर्ने हिम्मत दिदो रैछ । बाटो देखाउँदो रैछ ।
जीवनको सफलताकै खोजीमा जागिरभन्दा बाहिर भविष्य खोज्दै जाँदा करिब ६ महिना अघिदेखि म सिटिजन लाईफ इन्स्योरेन्समा एजेन्सी म्यानेजर भएर काम गरिरहेको छु । धेरै मिहिनेत पनि गरिरहेको छु । रिजल्ट निकै राम्रो छ । म आज गौरवका साथ भन्नसक्छु सिटिजन लाईफ इन्स्योरेन्सले मेरो जीवनमा थुप्रै रंगहरु भरिरहेको छ । मैले त्याहाँ थुप्रै मलाई सही बाटो देखाइदिने र हौसला दिने दाईदिदीहरु पाएको छु । मलाई सिटिजनले नेटवर्क कसरी बनाउने ? किन बनाउने ? कस्तो बनाउने ? यस्ता थुप्रै प्रश्नहरुको जवाफ दिएको छ । मानिसहरुसँग विनम्र भएर बोल्न सिकाएको छ । हरेक काम समयमै गरियो भने मात्र सफलता मिल्छ भन्ने ज्ञान पनि सिटिजनले सिकाइरहेको छ । सम्पूर्ण उद्यमी साथिहरुलाई म अनुरोध गर्न चाहन्छु कि तपाई रोजगारीमा हुनुहुन्छ भने आफ्नो लाइफको थप सुरक्षाका लागि इन्स्योरेन्स गर्नुहोस् । त्यसले तपाईलाई थप ठूलो आत्मबल प्रदान गर्छ ।
म अहिले वेरोजगार युवाहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर अध्ययन गरिरहेको छु । केही युवाहरुलाई जाजरकोटमा संगठित र सक्रिय बनाएको पनि छु । मैले आफ्नै घरपरिवारका लागि पनि धेरै गर्नुछ । किनभने मलाई परिवारले धेरै लगानी गर्नुभएको छ । मैले जाजरकोटको लागी पनि धेरै गर्नुछ । यो मेरो ड्रिम हो । यसमा म निरन्तर लागिरहने छु ।
जिन्दगीको यात्रामा धेरै उत्तारचढवमहरु आए । त्यसले धेरै कुरा सिकाएको छ । सबैभन्दा सिकाएको कुरा त मान्छेहरुसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने नै हो । मैले धेरै विग्रिएकाहरुसँग पनि संगत गरेँ । ठूला व्यापारीसँग पनि उठवस गरेँ । चुरोटका धुवाँसँग वेहिसाब उडियो । हुस्की र ब्राण्डीसँग वेहिसाब मातियो ।
जिन्दगीको यात्रामा धेरै उत्तारचढवमहरु आए । त्यसले धेरै कुरा सिकाएको छ । सबैभन्दा सिकाएको कुरा त मान्छेहरुसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने नै हो । मैले धेरै विग्रिएकाहरुसँग पनि संगत गरँे । ठूला व्यापारीसँग पनि उठवस गरेँ । चुरोटका धुवाँसँग वेहिसाब उडियो । हुस्की र ब्राण्डीसँग वेहिसाब मातियो । जानुपर्ने ठाउँमा कम गइयो । जनानुपर्ने ठाउँमा धेरै गइयो । तर मैले यी सबै लतको रुपमा कहिल्यै गरिन । केबल अनुभवका लागि गरें । भोगाइका लागि गरे । आज म यी सम्पूर्ण कर्मबाट बाहिर छु । अब लक्ष फेरिइसकेको छ । अब मलाई अनुभवमा हराउने समय छैन । मैले गर्नु धेरै छ ।
म मेरा सम्पूर्ण साथिहरुलाई भन्छु, एक–अर्कामा माया र विस्वासका सा काम गरौं । नराम्रो सकभर नगरौं । गरिहालियो भने पनि त्यसैमा अल्झिएर नबसौं । हातेमालो गरेर अगाडि बढौं । यो दुँनियामा एक्लै अगाडि बढेर कही पुगिन्न । एक्लै सफल भएर केही प्राप्त हुँदैन । हामी युवाहरु कहिलेकही बढी वेमतलबी बनीदिन्छौं । म पनि त्यो फेजबाट गुज्रिएरै आएको हुँ । तर हामीले आमाबुबाप्रतिको, परिवारप्रति र समाजप्रतिको दायित्वबाट विचलित कहिल्यै बन्न हुन्न रैछ । केही दिन अगाडि मात्र म पनि ‘छोराको बा’ भएँ । आमाबालाई छोराछोरीको माया कति लाग्ने रैछ भन्ने गहिरोगरी अनुभूति भयो । मलाई आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्छ भन्ने बोध भएको छ । हामीले सपनाहरु देख्नु नै पर्छ तर सपनाहरु त्यतिकै यथार्थ बन्दैनन् । त्यसका लागि कठोर मिहिनेत गर्नुपर्छ, धेरैभन्दा धेरैसँग हातेमालो गर्नुपर्छ । धैर्यता, संयमता र निरन्तराको पनि त्यतिकै जरुरी पर्छ । म त भर्खर सपनाहरु साकार पार्न केही पाइलाहरु चाल्न सुरु गरेको पात्र हुँ । मेरो यो सुरुवात हो । हिजो म विग्रिएको समयमा पनि साथ दिनुभयो । साथिहरु आज म केही राम्रो गर्न संघर्षको मैदानमा उत्रिएको छु, आज पनि तपाईहरुको साथ चाहिएको छ । तपाईहरुको माया चाहिएको छ ।