माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाएका हुन। बैठकमा पार्टीको निर्वाचन कार्यविधिका बारेमा छलफल हुनुका साथै विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ ।
प्रकाशित : २०७८ भाद्र १८, शुक्रबार ०५:५८ गते