एमाले विभाजनपछि प्रदेश २ र सुदुरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टी ठुलो देखिएको छ । २ नं. प्रदेशसभामा एमालेका २१ सांसदमध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजिसकेका छन् भने थप एक सांसदले नयाँ दलको पक्षमा सनाखत गराउने प्रक्रिया जारी रहेको बताइएको छ । पार्टी विभाजन पछि नेकपा एमालेले ठुलो पार्टी बन्ने अवसर गुमाएको छ । प्रदेशसभामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपाल ५५ सांसदसहित पहिलो दल रहँदा एमाले २१ सांसदसहित दोस्रो ठुलो दल थियो । तर पार्टी विभाजनपछि एमाले प्रदेशसभामा पाँचौं दलका रुपमा सीमित भएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दलका रुपमा रहेको नेकपा एमाले पनि विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद थिए । पार्टी विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । अब एमालेसँग १२ सांसदमात्र बाँकी छन् । यो प्रदेशमा पनि मूल पार्टीको तुलनामा विभाजन भएर बनेको नयाँ दल ठुलो देखिएको हो । एमाले विभाजनपछि सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र १४ सांसदसहित सबैभन्दा ठुलो दलका रुपमा रहँदा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी १३ सांसदसहित दोस्रो प्रमुख दल बनेको छ । नेपाली काँग्रेस र नेकपा एमालेका सांसद संख्या भने १२÷१२ छ । प्रदेशसभामा जसपाका दुई सांसद छन् ।
सुदुरपश्चिम प्रदेश र २ नं. प्रदेशमा एकीकृत समाजवादी बन्यो ठुलो दल
प्रकाशित : २०७८ भाद्र २१, सोमबार ०६:३८ गते
सम्बन्धित खवर