वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको ललितपुर संयोजकमा भूपाल साम्पाङ


ललितपुर । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपालको ललितपुर प्रथम जिल्ला भेलाले १७ सदस्यीय कमिति गठन गरेको छ । भेलाले भूपाल साम्पाङ संयोजक र सचिवमा मञ्जु थापा मगरलाई जिम्मेवारी दिएको छ । सदस्यहरुमा टिका घिमिरे, असिम राई, बिधिसा महर्जन, कमला तिवारी, राज थापा, दिपक घिमिरे, अशोक थुलुङ्, नगेन्द्र घिमिरे, अनुज परियार र स्यामसुम तामाङ रहेका छन् ।

संयोजन साम्पाङले पार्टीको नीतिअनुसार अब ललितपुरको नवगठित जिल्ला समितिले समाजवादी उत्पादन प्रणाली निर्माणको नेतृत्व गर्ने बताए । नेपालको कम्युनिस्ट आन्दोलनले थुप्रै राजनीतिक संघर्ष गर्यो तर तल्ल तहका नागरिकका समस्या समाधान गर्नेगरी कुनै प्रणाली निर्माण गर्न सकेन । उनले भनाइ छ- हामी समाजवादी प्रणाली निर्माण गर्ने योजनासहित अगाडि बढिरहेका छौं ।


प्रकाशित : २०७८ भाद्र २८, सोमबार १६:३३ गते

ताजा समाचार