‘द डाइलेक्टिकल सोसाइटी’द्वारा अन्यायपूर्ण मूल्यवृद्धि फिर्ता गर्न माग


काठमाडौं । ‘द डाइलेक्टिकल सोसाइटी’ले पेट्रोलियम पदार्थको अन्यायपूर्ण मूल्यबृद्धि फिर्ता गर्न माग सरकारसँग माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै यस सोसाइटीले भर्त्सनायोग्य मूल्यवृद्धिको दोष र यसले जनजीवनमा पारेको दूषित असरको जिम्मा सरकारले नै लिनुपर्नेमा बताएको छ ।

 प्रेस विज्ञप्तीको पूर्ण पाठ

उर्जासंकटको विकल्प नखोज्ने तर मूल्यवृद्धिको बाहना खोजिरहने काम बन्द गर!

पछिल्ला दिनहरुमा नेपाली जनताको दैनिक आवश्यकताका रुपमा रहेको डिजेल, एल.पि. ग्यास, पेट्रोल लगायतका उर्जाका प्रचलित स्रोतहरुमा गरिएको चर्को मूल्य वृद्धिले आम जनताको जनजीवन थप कष्टकर बनाएको अवगत नै छ । पछिल्लो पटक १२ दिनकै बिचमा डिजेल, मट्टितेल, र पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ, र एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँ मूल्य वृद्धी गरिएको छ । छोटो समयमा गरिएका यस्ता मूल्य वृद्धिहरुले महँगी अत्याधिक बढाई आममान्छेको जीवन निकै नै कष्टकर त बनाएकै छ । साथै यसले आर्थिक र सामाजिक असामनता चर्काउने कुरा अवश्यम्भावी छ ।

यस्तो अन्यायपूर्ण मूल्यवृद्धि अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धीका कारण गर्नुपरेको आयल निगमले जनाएको छ । तर, सत्य के हो भने हामीले तिरेको यो मूल्यको ठुलो अंश पेट्रोलियम पदार्थमा लगाइएको कर मार्फत सरकारको खातामा जान्छ । उक्त करको सदुपयोग भएको छ भनेर कसैले भन्न सक्दैन । यस अर्थमा यो भर्त्सनायोग्य मूल्यवृद्धिको दोष र यसले जनजीवनमा पारेको दूषित असरको जिम्मा सरकारले नै लिनुपर्ने प्रष्ट छ ।

पछिल्लो समय अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अश्वभाविक घटबढले विश्वको उर्जा प्रणालीको दुर्गती र सीमिततालाई दर्शाएको हाम्रो ठम्याइ छ। जिवाश्म इन्धन (Fossil fuels) लाई दिर्घकालीन उर्जाको मुख्य श्रोतका रुपमा टिकाउनु वा टिकाउन प्रयत्न गर्नु पर्यावरणका दृष्टिले त हानिकारक छ नै । साथै यो सीमित प्राकृतिक श्रोत भएका हुनाले यसको दिर्घकालीन एवम् पर्यावरण मैत्री विकल्पहरु खोज्न ढिलाई गरिएमा हामी थप जटिल समस्याहरूसम्म पुग्नुपर्ने निश्चित छ।

यसकारण आज प्रचलित उर्जाका स्रोतहरुलाइ नविकरणीय र सफा उर्जाका स्रोतहरुले प्रतिस्थापित गर्नु नै आजको मूल्यवृद्धी र उर्जा संकटको वास्तविक समाधान हो । उत्पादन, वितरण, र उपभोगका अनेकन आयामहरुमा प्रेट्रोलियम पदार्थको र खनिज उर्जाको खपत बढाउने संरचनाको अन्त्य गरेर मात्रै यसो गर्न सकिन्छ । विडम्बना! अहिलेको उर्जा प्रणालीबाट लाभ लुटिरहेका बहुराष्ट्रिय कम्पनिहरु र तिनको स्वामित्व भएका मुठ्ठिभर पुजीपतीहरुको स्वार्थ रक्षार्थ बनेका सरकारहरु विकल्प खोज्ने कोसिस समेत गरिरहेका छैनन् र वास्तविक समाधानका यस्ता प्रयत्नहरुलाइ छेकिरहेका छन् । यसकारण आजको प्रेट्रोलियम पदार्थको मूल्यवृद्धी विरुद्धको आन्दोलनलाई साच्चै परिणाममुखी बनाउने हो भने पहिलो यी संघर्षहरुलाई पुजीवादी व्यवस्था विरोधी संघर्षमा रुपान्तरित गराउनु जरुरी छ । र,दोस्रो नविकरणीय र सफा उर्जाको प्रयोग गर्ने जागरण अभियनहरुमा रुपान्तरित गराउनु जरुरी छ ।

हामी सरकारसंग-
• तत्कालका लागी प्रेट्रोलियम पदार्थमा गरिएको भर्त्सनायोग्य र अन्यायपूर्ण मूल्यवृद्धी फिर्ता गर्न माग गर्दछ ।
• आज प्रेट्रोलियम पदार्थको विक्रिवितरणमा संलग्न नेपालका सबै पक्षहरुको सार्वजनिक लेखापरिक्षरण गराउन र दोषीहरुलाइ दण्डित गराउन माग गर्दछ ।
• प्रेट्रोलियम पदार्थमाथी अस्वभाविक कर थोपरेर उठाइएको रकमको सहि सदुपयोग भएको छ भन्ने कुराको सुनिश्चितताको माग गर्दछ ।
• पेट्रोलियम पदार्थमा आधारित उर्जा प्रणालीलाई सफा र नविकरणीय उर्जा प्रणालीमा रुपान्तरित गराउन देखिने गरि तत्काल पाइला चाल्न माग गर्दछ ।

अन्त्यमा, पेट्रोलियम पदार्थको मूल्यवृद्धी विरुद्धको आन्दोलनलाई पुजीवादी व्यवस्था विरोधी संघर्ष, र नविकरणीय/सफा उर्जाको प्रयोग गर्ने जागरण अभियनहरुमा रुपान्तरित गराउन संघर्षरत सबै पक्षहरुलाई र आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ ।

विश्वका मजदुर तथा उत्पिडित जनता एक हौँ!!


प्रकाशित : २०७८ कार्तिक २६, शुक्रबार १६:३३ गते

ताजा समाचार