नेपालमा करिब एक दशकबाट विभिन्न अभियानद्वारा वैकल्पिक राजनीतिक शक्तिको उदय भयो । त्यसको सुरुवात विवेकशील पार्टीले गरेको थियो । सुत्रधार थिए– उज्जवल थापा । उनले विभिन्न प्रतिभा भएका थुप्रै युवाहरुलाई संगठित गर्दै विवेकशील दल संगठित गरे । विवेकशीलको अभियानप्रति युवाहरुको अकर्ष बढ्दै थियो । त्यसपछि विकेशीलको अभियान राजनीतिक पार्टीमा रुपान्तरण भयो । यसैबीचमा बीबीसीका परिचित विद्धान पत्रकारको छवी बनाएका रविन्द्र मिश्रले पनि साझा पार्टी बनाए । दुवै पार्टीको राजनीतिक कुरा मिल्दाजुल्दा थिए । दुई पार्टीबीच एकता भयो । अहिले एकता, विभाजन र एकता हुँदै यो पार्टी राजनीतिक मैदान भिडिरहेको छ । यो पार्टीलाई दर्शन र कहाँ पुग्ने गन्तव्य नभएको पार्टी भनेर राजनीतिक बजारमा थुप्र्रै प्रश्न गर्नेगरिन्छ । वास्तवमा यो पार्टीको दर्शन के हो त ? विवेकशील–साझ पार्टीका संगठन विभाग प्रमुख निर्देश सिलवालसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
विवेशीलले नेपालमा केही नयाँ राजनीतिक प्रयोगहरु गरेको थियो । पोलिटिक्स इज डट्टी गेम भनेर सामाजिक सञ्जालहरुमा लेख्ने युवाहरुलाई माइतिघर मण्डलामा ल्याएर नेपालको झण्डा बोकाएर फोटो खिचाउने र युवाहरु पनि राजनीतिमा आउनुपर्छ भन्ने बनाइदियो । विवेकशीलले विभिन्न सामाजिक मुद्दाहरुलाई राजनीतिकरण गरिदियो । स्वास्थ्य, शिक्षा, यातायातका कुराहरुलाई राजनीतिक मुद्दामा ल्याउने काम विवेकशीले गर्यो । फोहोर टिप्यो, विक्षारोपण गर्यो र यस्ता काम पनि राजनीतिक हुन है भनेर स्थापित गर्यो । भ्रष्टचारको विरोध, सुशान, सदाचारका मुद्दाहरु विवेकशीलले उठाएको थियो । ‘सेवक सरकार’ भन्ने त नारा नै थियो । यस्ता थुप्रै नयाँ काम विवेकशीलले गरेको थियो ।
नेपाल बन्द र सडक आन्दोलन नै गर्नुपर्छ भन्ने ठाउँमा प्लेकार्ड लिएर शान्तिपूर्ण रुपमा पनि आन्दोलन गर्न सकिन्छ है भन्ने कुरा विवेकशीलले नै नेपाली राजनीतिमा स्थापित गरेको थियो । विवेकशीलले कुन फिलोसफीमा आन्दोलन सुरु गरेको थियो भने थुप्रैको प्रश्न थियो । तर विवेकशीलले सुरु गरेका कर्महरु फिलोसफी बन्ने खालमा चाहीँ थिए । अहिलेका मूलधारका पार्टीहरु युवाहरुलाई राजनीतिमा आकर्षण गर्न सकेकै थिएन, त्यो विवेकशीलको अभियानले गरेको थियो । गान्धी कुन फिलोसफी बोकेर आएका थिए भन्दा पनि उनी भारतलाई स्वतन्त्र बनाउने सपना बोकेर आएका थिए । तर उनले जीवनमा गरेका कर्महरु आफैमा अहिंशा, प्रेम, स्वतन्त्रता र सद्भावको फिलोसफी बन्न गयो । कसैले पढेर फिलोसफी बनाउँदो रैछ, सकैले चाहीँ जीवनभर निष्ठापूर्वक बाँचेर, कुनै कुराको जीवनभर अभ्यास गरेर फिलोसफी बनाउँदो रैछ । विवेकशीलले पनि आफैबाट अभ्यास गरेर, पहिला आफैलाई बदलेर अरुलाई बदल्न सकिन्छ भन्ने अभ्यास गरेको थियो ।
विवेकशीलले कुन फिलोसफीमा आन्दोलन सुरु गरेको थियो भने थुप्रैको प्रश्न थियो । तर विवेकशीलले सुरु गरेका कर्महरु फिलोसफी बन्ने खालमा चाहीँ थिए । अहिलेका मूलधारका पार्टीहरु युवाहरुलाई राजनीतिमा आकर्षण गर्न सकेकै थिएन, त्यो विवेकशीलको अभियानले गरेको थियो । गान्धी कुन फिलोसफी बोकेर आएका थिए भन्दा पनि उनी भारतलाई स्वतन्त्र बनाउने सपना बोकेर आएका थिए । तर उनले जीवनमा गरेका कर्महरु आफैमा अहिंशा, प्रेम, स्वतन्त्रता र सद्भावको फिलोसफी बन्न गयो । कसैले पढेर फिलोसफी बनाउँदो रैछ, सकैले चाहीँ जीवनभर निष्ठापूर्वक बाँचेर, कुनै कुराको जीवनभर अभ्यास गरेर फिलोसफी बनाउँदो रैछ । विवेकशीलले पनि आफैबाट अभ्यास गरेर, पहिला आफैलाई बदलेर अरुलाई बदल्न सकिन्छ भन्ने अभ्यास गरेको थियो ।
विवेकशीलको कर्म आम युवाहरुको उत्साह र आशाको केन्द्र बन्दै गयो र अन्ततः विवेकशीलको अभियान राजनीतिक पार्टीमा रुपान्तरण भयो । उस्तै अवधारणामा साझा पार्टी पनि बन्यो र विवेकशील र साझाबीच एकता भयो । यी दुई पार्टीबीच भएको एकता एकदम सही थियो । हामीलाई कतिपयले भन्ने गर्दछन् कि विवेकशीलले साझासँग एकता नगरी अभियान मात्रै चलाएर बस्नुपर्थो । तर अभियानले मात्रै देशको अवस्था फेर्न सकिँदैन थियो । यहाँ बुझ्नुपर्ने कुरा के छ भने अभियान मात्रै भन्दा सबैले त्यसलाई माया नै गर्छन । अभियान मात्रै हुँदै सबैको साथ पाइन्छ । भूकम्पको बेला सुरक्षा कर्मीलेसम्म पीडितहरुलाई विवेकशीलको कार्यालयतिर पठाइदिन्थे । त्यति विस्वास थियो । सबैको साथ नै थियो । तर जब हामी रहरबाट यथार्थमा आयौं, आदर्शलाई कायम राख्दै वास्तविकतामा आयौं, अभियानबाट राजनीतिमा आयौं स्वभाविक रुपमा हामीमाथि विरोध पनि हुन थाल्यो । अभियानमा त हामी अहिले पनि छौं, तर अहिले हामी अभियानसँगै सांगठानिक राजनीतिमा प्रवेश गरेका छौं ।
हामी अभियानमा मात्रै हुँदा हाम्रो सबैतिर हाईहाई थियो । जब हामी राजनीतिमा प्रवेश गर्यो, निर्वाचनमा हाम्रो राम्रो जनमत आयो, तब मूलधारका राजनीतिक पार्टीहरु ससंकित भए । त्यसपछि मायाको दृष्टिले हेरेको विवेकशीललाई प्रतिस्पिर्धीका रुपमा हेर्न थाले । प्रतिस्पर्धी देख्ने वित्तिकै पहिलेको जस्तो सद्भाव रहँदैन । त्यहाँ राजनीतिक त्रास पैदा हुन्छ । विवेकशील–साझासँग जनताको धेरै अपेक्षा र आकर्षण छ, जुन कुरा मूलधारका राजनीतिक दललाई मन परेको छैन । अनि हामीबाट सानो कमजोरी हुँदा पनि विरोध धेरै हुनेगर्दछ । अहिले हामीलाई अरु केही आरोप लगाउन नपाएर तिमीहरु पनि फुट्यौ नि भन्ने भन्छन् । तर हामीले कसैको केही विगारिदिएको त हैन नि । हाम्रो केही ढंग पुगेन होला । राजनीतिक रुपमा हामी नयाँ थियौं, केही राजनीतिक मतभेद भए होलान । त्यसलाई हामीले दुर्घटनाका रुपमा स्वीकार गरेर काेर्श करेक्सन गरिसकेका छौं । काठमाडौं जिल्लामा मूलधारको राजनीतिक दल माओवादीको ३१ हजार भोट, विवेकशील–साझाको ६२ हजार भोट आएपछि हामीप्रति सद्भाव कसरी राख्ने । हामीप्रतिको जनताको आकर्ष देखेर एमाले र माओवादीलाई पनि संशकित बनाएकै थियो । वास्तवमा हामी राजनीतक रुपमा अनुमोदन भइसकेका छौं, मात्र निर्वाचनबाट अनुमोदन हुन बाँकी हो । त्यसकारण हामीलाई प्रतिस्पर्धी ठान्ने राजनीतिक पार्टीहरुबाटै हम्रा विरुद्ध केही अफवाह फैलाउने काम गएको छ ।
विवेकशील–साझा पार्टीको दर्शन
कल्याणकारी लोकतन्त्र
हाम्रो पार्टीको मूल दर्शन कल्याणकारी लोकतन्त्र हो । विवेकशील–साझा पार्टीले कल्याणकारी लोकतन्त्रलाई स्थापित गर्ने प्रयास गरिरहेको छ । कल्याकारी लोकतन्त्रको आधारभूत मूल्य हाे- जनताको जीवनस्तरको कल्याण हुनु्पर्छ । आम नागरिकले गुणस्तरीय जीवन बाँच्न पाउनुपर्छ र त्यसका लागि राज्यले जेजे गर्नुपर्नेको सबै कुरा गर्नुपर्छ र जनताहरुलाई त्यसका लागि सक्षम पनि बनाउनुपर्छ । राजनीतिको केन्द्रविन्दुभा कल्याण हुनुपर्छ । तर कल्याण गर्ने नाउँमा लोकतन्त्रको विधि, पद्धति र प्रक्रियालाई छोड्न हुँदैन । लोकतन्त्रको विकल्प छैन । लोकतन्त्र उन्नत हुनुपर्यो र त्यसले जनताको कल्याण हुने काम गर्नुपर्यो । लोकतन्त्रका नाममा कल्याण नहुने काम गर्न पनि पाइएन, कल्याणका नाममा लोतन्त्र मास्न पनि पाइन । अधिनायवादी भएर कल्याण गर्छु भन्न पनि पाइन । विवेकशील–साझा पार्टीले कल्याणकारी लोकतन्त्रको फिलोसफी पूर्ण रुपमा लागु गर्दछ । वास्तवमा हामी लोकतन्त्रवादी दल हौं । तर लोकतन्त्रवादी भएर मात्रै पुग्दैन । कांग्रेल पनि त आफूलाई लोकतन्त्रको मसिहा भन्छ तर उसले नेपाली नागरिकको कति कल्याण गर्न सकेको छ त ? केही दलले चाहीँ कल्याणका नाममा लोकतन्त्रको आधारभूत मूल्यमान्यतालाई छाडेको देखिन्छ । हामीले यस्तै पक्षहरुलाई हेरेर कल्याणकारी लोकतन्त्रलाई दर्शन बनाएका छौं ।
विवेकशील–साझा पार्टीले कल्याणकारी लोकतन्त्रको फिलोसफी पूर्ण रुपमा लागु गर्दछ । वास्तवमा हामी लोकतन्त्रवादी दल हौं । तर लोकतन्त्रवादी भएर मात्रै पुग्दैन । कांग्रेल पनि त आफूलाई लोकतन्त्रको मसिहा भन्छ तर उसले नेपाली नागरिकको कति कल्याण गर्न सकेको छ त ? केही दलले चाहीँ कल्याणका नाममा लोकतन्त्रको आधारभूत मूल्यमान्यतालाई छाडेको देखिन्छ । हामीले यस्तै पक्षहरुलाई हेरेर कल्याणकारी लोकतन्त्रलाई दर्शन बनाएका छौं ।
राइट टू रिजेक्ट र राइट टू रिकल
कल्याणकरी लोकतन्त्रको राजनीतिक सिद्धान्त के हो ? आर्थिक र सामाजिक सिद्धान्त के हो ? त्यसको थप व्याख्या गरेका छौं । राजनीतक सिद्धान्तमा हामीले सहभागितामूलक लोकतन्त्रलाई अंगिकार गरेका छौं । त्यो भनेको जनताको सहभागिताबाट देशमा शासन हुनुपर्छ । यसमा हामीले ‘राइट टू रिजेक्ट, राइट टू रिकल’ जस्ता कुराहरुको व्यवस्था गर्नुपर्छ भनेका छौं । त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्छ भनेका छौं । त्यो भयो भने मात्र लोकतन्त्र समृद्ध हुन्छ ।
समन्वयात्मक बजार अर्थतन्त्र
हामीले आर्थिक सिद्धान्तमा समन्वयात्मक बजार अर्थतन्त्र हुनुपर्छ भनेका छौं । या लिभर इकोनोमी नै हो । यो पुँजीवादी व्यवस्था नै हो तर पुँजीवादको नाममा बजारलाई छाडा छोड्नुपर्छ भनेका हौइनौ । अहिलेका बजार अर्थतन्त्रमा कसैले केही बदमासी गरिदियो भने कन्ट्रोल गर्न सकिने अवस्था नै छैन । बजारमा खाद्यान्नमा भएको मिसावट, भ्रष्टचार, कालाबजारी नियन्त्रण हुनै सकेका छैनन् । यस्ता विषयमा राज्यकोे प्रभावकारी उपस्थिति आवश्यक हुन्छ । बजारमा हुने अर्थतन्त्रलाई उद्धेलित गर्न प्रतिस्पर्धाको आवश्यकता पर्दछ, त्यसकारण बजारलाई खुल्ला छोड्नुपर्छ । यसलाई हामीले समन्वयात्मक बजार अर्थतन्त्र आर्थिक सिद्धान्त भनेका छौं ।
सामाजिक सिद्धान्त
सामाजिक सिद्धान्तका रुपमा सामाजिक न्यायको सिद्धान्तलाई अवलम्बन गरेका छौं । यसलाई हामीले पार्टीभित्र पनि लागु गरेका छौं । यसलाई देशमा पनि लागु गर्नुपर्छ भनेर सामाजिक न्यायको सिद्धान्त अंगिकार गरेका छौं । त्यसकारण हाम्रो दर्शन कल्याणकारी लोकतन्त्रको सिद्धान्त हो ।
साझा–विवेकशील पार्टीसँग दर्शन भएन भनेर भन्छन् । तपाईहरुले पनि यही प्रश्न उठाउँनुभयो । कल्याणकारी लोकतन्त्र दर्शन हो कि हैन ? हामीले आम नागरिकलाई यो कुरा बुझाउन सकेनौ कि या बुझिरहन आवश्यक ठानिएन । तर हामी निरन्तर हाम्रा कुरा आम जनताबीच लगिरहने छौं ।
विवेकशील–साझा पार्टीको उद्देश्य भनेको कल्याणकारी राज्य बनाउनु हो । यसका विश्वमा अत्यन्तै सफल मोडलहरु हेर्न सकिन्छ । विशेषगरी स्केन्डेभियन देशहरुलाई हेर्न सकिन्छ । तिनीहरुले गरेको सबै अभ्यास हैन कि असल अभ्यासहरु हामी नेपालमा पनि अभ्यास गर्न चाहन्छौं । कल्याणकारी राज्य भनेको आधारभूत सार्वजनिक सरोकारका विषयहरु शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता कुराहरुमा राज्यले दायित्व लिनुपर्छ । हामीले शिक्षालाई गुरणस्तरीय बनाउनुपर्छ र त्यसको जिम्मेवारी राज्यले लिनुपर्छ । त्यसैगरी स्वाथ्यको जिम्मा पनि राज्यले लिनुपर्छ ।
निशूल्क र गुणस्तरीय स्वास्थ्य राज्यको दायित्व हो । शिक्षा र स्वास्गथ्यलाई निजिकरण गरेर त्यो दायित्वबाट राज्य पन्छिन मिल्दैन । यी क्षेत्रमा प्रमुख दायित्व राज्य कै हो । नर्वे, स्वीडेन, फिनल्याण्ड, डेनमार्कजस्ता देशहरुमा शिक्षा सुरुदेखि माथिल्लो तहसम्म निःशुल्क छ र गुणस्तरीय छ । स्वास्थ्यका लागि कसैले पनि व्यक्तिगत चिन्ता लिनुपर्दैन । राज्यले सम्पूर्ण व्यवस्था गरेको छ । एउटा नागरिक उपचार नपाए मर्नुभनेको त्यो राज्यको असफलता हो । बाँच्न पाउने अधिकारसँग कसरी सैसाको कुरा आयो । पैसा भएको नागरिकले बाँच्न पाउपने र नभएकाले नपाउने भन्ने हुन्छ र ।
आफ्नो नागरिकको जीवनको रक्षा गर्नु त राज्यको अनिवार्य दायित्व हो नि । हामी साम्यवाद ल्याउँछौं भनेर हावादारी गफ चाहीँ गर्दैनौं । तर कल्याणकारी व्यवस्था, जुन अहिलेसम्मको उन्नत व्यवस्था हो, त्यो ल्याउन संभव छ । त्यसका लागि अर्थतन्त्रमा प्रोगेसिभ कर प्रणालीमा हामी जानुपर्ने हुन्छ । स्रोत र साधनको वितरण ठिक तरिकाले गरेर नेपालको अर्थतन्त्रलाई राम्रोसँग परिचालन गर्ने सकियो भने, हामीसँग भएको प्राकृति स्रोतलाई सही व्यवस्थापन गरियो भने राज्यले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वाथ्य आम नागरिकलाई प्रदान गर्नसक्छ । हाम्रो उद्देश्य भनेको नेपाललाई कल्याणकारी राज्य बनाउनु होे । हामी कल्याणकारी राज्य बनाउँदै गर्दा लोकतन्त्रलाई कुनै रुपमा खलल पुर्याउँदैनौं, बरु अझ उन्नत बनाउँदै लान्छौं ।