न्यायपालिकाको पिपलमा स्वार्थको कालकुट


संघीय लोकतान्त्रीक गणतन्त्रप्रति जनताले जे आशा गरेका थिए, त्यो आशा अब करिब मरिसकेको छ । राजनीतिक त विग्रीएकै थियो । जनताले विस्वास गरेको एउटा न्यायालय थियो, त्यो पनि यतिवेला इतिहासकै सर्वाधिक विक्रित बनेको छ । न्यायालयमा भइरहेको गैरन्यायिक र अराजक गतिविधिप्रति चिन्ता र चासो राख्दै देश सञ्चारका प्रधान सम्पादक युवराज घिमिरे लेख्छन्-

न्यायपालिकाको पिपलमा निजी र दलीय तथा अन्य बाह्य स्वार्थको कालकुट खन्याएर अहिले सर्वोच्च अदालत चोख्याउने प्रयास न पर्याप्त छ, न त स्विकार्य नै ! चोलेन्द्रशमशेर राणा र अरू न्यायाधीशमा पक्कै केही भिन्नता होलान् तर समानता र यो विकृतिका लागि योगदान पनि त कम छैन नि! 

चोलेन्द्रशमशेर राणा न्यायपालिकाको विचलन, अपारदर्शिता र अनियमितताका आविष्कारकर्ता हुन् या एउटा विचलित विरासत र निरन्तरताका पात्र? दुवै अवस्थामा उनी दण्डका भागी हुनुपर्छ। तर, यदि विरासत बोकेका पात्र हुन् उनी भने त्यो विरासतको निर्माण र निरन्तरताका अन्य पात्रलाई के गर्ने?


प्रकाशित : २०७८ मंसिर ७, मंगलवार ०३:१५ गते

ताजा समाचार