भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरु एक होऊँ !
वैज्ञानिक समाजवादको घोषणापत्र
१. वर्तमान युगको सिंहावलोकन
आज विश्वमा कम्युनिष्ट आन्दोलनमा गतिरोध आएको छ, पुराना समाजवादी सत्ताहरु ढलेका छन् र विद्यमान कम्युष्टि पार्टीहरु र धाराहरु किंकर्तव्यविमूढ (अनिर्णयको बन्दी) भएका छन् । सन् १८४८ बाट आरम्भ भएको विश्व कम्युनिष्ट आन्दोलनको एउटा चरण (चक्र) पूरा भएको छ । तर वैज्ञानिक समाजवाद–साम्यवाद स्थापना गर्ने कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा भएको छैन । त्यसकारण यो लक्ष्य पूरा गर्नको लागि अब कम्युनिष्ट आन्दोलनको नयाँ चरण आरम्भ गर्नु आवश्यक भएको छ ।
औपचारिक रुपले कम्युनिष्ट आन्दोलन सन् १८४८ बाट शुरु भएको थियो र त्यसको सैद्धान्तिक आधार माक्र्सवाद थियो । माक्र्सवादले नै कम्युनिष्ट आन्दोलनको लक्ष्य, विधि, क्रान्तिकारी शक्ति र वर्ग– सवै कुराहरुलाई वैज्ञानिक ढंगबाट सुनिश्चित गरेको थियो । यसले कम्युनिष्ट आन्दोलनको लक्ष्यको रुपमा वैज्ञानिक समाजवाद–साम्यवाद, यो लक्ष्य प्राप्त गर्ने विधिको रुपमा वर्ग–संघर्ष र समाजवादी क्रान्ति सम्पन्न गर्ने क्रान्तिकारी शक्तिको रुपमा सर्वहारा वर्गलाई मानेको थियो । यसरी मार्क्सवादले स्वतःस्पूmर्त रुपमा चलेको कम्युनिष्ट आन्दोलनलाई वैज्ञानिक ढंगबाट मार्गदर्शन गरेको थियो ।
माक्र्सवादको सुस्पष्ट मार्गदर्शनमा पहिलो समाजवादी क्रान्ति सन् १९१७ मा रुसमा सम्पन्न भयो । त्यसले कम्युनिष्ट आन्दोलनलाई व्यावहारिक रुपमा सही छ भन्ने सिद्ध गरिदियो । अब कम्युनिष्ट आन्दोलन सिद्धान्त र व्यवहार दुवैमा सही सिद्ध भयो । परिणामस्वरुप यो विश्वभरि फैलियो ।
तर १९५० पछि विश्व कम्युनिष्ट आन्दोलनमा समस्या देखिनथाल्यो र विस्तारै यो कमजोर हुनथाल्यो । अन्ततः सन् १९९१ म पहिलो समाजवादी सत्ताको रुपमा स्थापित सोभियत संघ विघटन भयो । त्यसको प्रभाव विश्वभरि पर्यो र त्यो अद्यावधि कायम रहेको छ ।
यसरी सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा सही सिद्ध भएको कम्युनिष्ट आन्दोलनमा गतिरोध आउनुको कारण के हो ? यसको एउटा वस्तुगत कारण छ । त्यो कारणको सम्बन्धमा गम्भीरतापूर्वक विचार गर्नु आवश्यक छ । तब मात्र विश्व कम्युनिष्ट आन्दोलनमा आएको वर्तमान गतिरोधलाई चिरेर अगाडि बढ्न सम्भव हुन्छ ।
माक्र्सवादको मूल कुरा इतिहासको भौतिकवादी धारणा हो । यो धारणाअनुसार समाजको आधार भौतिक तत्व हो, मानसिक तत्व (विचार) होइन । यसले माक्र्सवादलाई अन्य सम्पूर्ण दर्शनहरुबाट अलग गर्दछ । माक्र्सवादको उत्कृष्टता र वैज्ञानिकता पनि यसमै अतर्निहित छ ।
समाजको आधार मानिएको भौतिक तत्वको अर्थ उत्पादक शक्ति हो । उत्पादक शक्ति भनेको त्यो तत्व वा स्रोत हो, जसबाट मानिसको आवश्यकता पूरा हुने वस्तु प्राप्त हुन्छ । उदाहरणको लागि जमिन एउटा उत्पादक शक्ति हो, जहाँबाट मानिसको लागि आवश्यक खाद्यान्न प्राप्त हुन्छ अथवा उत्पादन हुन्छ । त्यसैगरी कपडा बुन्ने यन्त्र एउटा उत्पादक शक्ति हो, जसबाट मानिसको लागि आवश्यक कपडा प्राप्त हुन्छ ।
उत्पादक शक्तिको आधारमा उत्पादन सम्बन्ध बन्दछ र त्यसको आधारमा सम्पूर्ण सामाजिक व्यवस्था बन्दछ । त्यसकारण उत्पादक शक्तिको स्वरुपले समाजको स्वरुपलाई निर्धारण गर्दछ । उत्पादक शक्तिको अनुरुप सामाजिक व्यवस्था बन्दछ । त्यसैगरी उत्पादक शक्ति बदलिएपछि सामाजिक व्यवस्था पनि बदलिन्छ । वास्तवमा उत्पादक शक्तिको विकासक्रम नै मानव समाजको विकासक्रम हो ।
मानव समाजको विकास क्रममा विभिन्न उत्पादक शक्तिहरुको आधारमा विभिन्न सामाजिक व्यवस्थाहरु बनेका छन् । माक्र्सवादले अहिलेसम्म ६ वटा सामाजिक व्यवस्थाहरुको निर्धारण वा पहिचान गरेको छ । तिनीहरु हुन्– आदिम साम्यवाद, दासव्यवस्था, सामन्तवाद, पूँजीवाद, वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवाद । तिनीहरुमध्ये चारवटा (आदिम साम्यवाद, दासव्यवस्था, सामन्तवाद र पूँजीवाद) आइसकेका छन् र बाँकी दुईवटा (वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवाद) निकट भविष्यमा आउँदै छन् ।
यी सामाजिक व्यवस्थाहरुमध्ये प्रत्येकको आफ्नो अलग उत्पादक शक्ति छ । आदिम साम्यवादको उत्पादक शक्ति प्रकृति थियो । दासव्यवस्थाको उत्पादक शक्ति मानव श्रम थियो । सामन्तवादको उत्पादक शक्ति जमिन थियो । पूँजीवादको उत्पादक शक्ति पूँजी हो । र, वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादको उत्पादक शक्ति विगतमा माक्र्सवादले सामूहिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष निकालेको थियो ।
उत्पादक शक्तिको स्वरुपअनुसार सामाजिक व्यवस्थाको स्वरुप बन्दछ । आदिम साम्यवादको उत्पादक शक्ति प्रकृति थियो, त्यसकारण त्यसको स्वरुप पनि प्रकृतिको अनुरुप थियो । प्रकृतिको अगाडि सवै मानिसहरु समान थिए र उनीहरु प्रकृतिमाथि निर्भर थिए । समाज निर्वर्गीय थियो । त्यसवेला शोषण–उत्पीडन थिएन । समाजमा स्वतन्त्रता, समानता र भातृत्वको राज थियो ।
त्यसपछि दासव्यवस्था आयो । त्यसको उत्पादक शक्ति मानव श्रम थियो, जुन आदिम साम्यवादको उत्पादक शक्ति प्रकृतिलाई विस्थापन गरेर आएको थियो । जब मानव श्रम उत्पादक शक्ति बन्यो, अथवा जब मानव श्रमबाट मानिसको आवश्यकता पूरा गर्ने वस्तु प्राप्त हुनथाल्यो, तब मानिसले आफ्नो आवश्यकता पूरा गर्नको लागि श्रम गर्नुपर्ने भयो । तर एउटै मानिसले सवै प्रकारका श्रमहरु गर्न सम्भव थिएन । त्यसकारण मानिसहरुको बीचमा श्रम–विभाजन हुनथाल्यो । त्यही श्रम–विभाजनबाट वर्गहरुको उदय भयो र समाज विभिन्न वर्गहरुमा विभाजित भयो । यसरी निर्वर्गीय समाज वर्गीय समाजमा बदलियो । दासव्यवस्था पहिलो वर्गीय समाज थियो ।
तेस्रो सामाजिक व्यवस्थाको रुपमा आएको सामन्तवादको उत्पादक शक्ति जमिन थियो । जमिनले सामन्तवादको स्वरुपलाई निर्धारण गरेको थियो । सामन्तवादमा समाज जातिहरुमा विभाजित भयो, वर्गहरु जातिमा रुपान्तरित (परिणत) भए, राजकीय पदहरु वंशानुगत अधिकार बने र व्यवसायहरु वा पेशाहरु जातीय पहिचान वा विशेषता बने । त्यसको कारण थियो– उत्पादक शक्तिको रुपमा रहेको जमिनको प्राकृतिक, स्थायी र अपरिवर्तनशील स्वरुप ।
सामन्तवादपछि चौथो व्यवस्थाको रुपमा आएको पूँजीवादको उत्पादक शक्ति पूँजी हो । यसका प्रमुख विशेषताहरु हुन्– गतिशीलता, सार्विकता र अमूर्तता । पूँजीकै अनुरुप पूँजीवादी व्यवस्था बनेको छ । त्यसकारण यो गतिशील छ । यसमा हरेक कुरा अस्थायी हुन्छ । पूँजी सार्विक भएको हुँदा यसले हरेक वस्तुको मूल्यको प्रतिनिधित्व गर्दछ । फलस्वरुप पूँजीको अगाडि सवै वस्तुहरु समान हुन्छन् । समाजको विभाजन अन्तिम सीमामा पुग्दछ, अर्थात् समाजको विभाजन व्यक्तिहरुमा हुन्छ । जाति, वंश र लिङ्गजस्ता प्राकृतिक तत्वहरुको सट्टा व्यक्ति प्रमुख बन्दछ, किनभने व्यक्ति पूँजीको समरुप हुन्छ । वैयक्तिक स्वतन्त्रता, एकनिष्ठ विवाह, प्रतिनिधिमूलक राजनीतिक प्रणाली र निजी स्वामित्व– यी सवै पूँजीको अनुरुप बनेका संरचनाहरु हुन् ।
पूँजीवादमा उत्पादन उपभोगको लागि नभएर विनिमयको लागि हुन्छ । त्यसकारण यसमा बृहत सामाजिक श्रम–विभाजन हुन्छ । पूँजीवादी उत्पादनको लक्ष्य पूँजीको प्राप्ति र संचय हो । पूँजीको स्वरुप सार्विक भएको हुँदा यसद्वारा सवै वस्तुहरु प्राप्त गर्नसकिन्छ । त्यसैकारण उत्पादनको कुनै एउटा क्षेत्रमा मात्र लाग्न सम्भव हुन्छ र श्रम–विभाजनको प्रवृत्ति तीव्र गतिले अगाडि बढ्दछ ।
पूँजीवादपछि आउने सामाजिक व्यवस्थाहरु वैज्ञानिक समाजवाद र वैज्ञानिक साम्यवादको उत्पादक शक्ति सामूहिक वा सामाजिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष माक्र्सवादको थियो । वैज्ञानिक समाजवादमा सामाजिक मानव श्रम निम्नस्तरको हुन्छ र वैज्ञानिक साम्यवादमा त्यो उच्चस्तरको हुन्छ । पहिलोमा श्रमनीति ‘योग्यताअनुसार काम र कामअनुसार दाम’ हुन्छ र दोस्रोमा त्यो ‘योग्यताअनुसार काम र आवश्यकताअनुसार दाम’ हुन्छ । निम्नस्तरको सामाजिक श्रममा शारीरिक श्रम र मानसिक श्रमको भेद तथा गाउँ र शहरको भेद अथवा विभिन्न प्रकारका श्रमहरुको भेद मेटिएको हुँदैन, त्यसकारण वैज्ञानिक समाजवादमा श्रम–विभाजन हुन्छ । उच्चस्तरको सामाजिक श्रममा श्रमका सवै भेदहरु मेटिएका हुन्छन्, त्यसकारण वैज्ञानिक साम्यवादमा श्रम–विभाजन हुँदैन । एउटै व्यक्तिले बिहान एउटा काम, दिउँसो अर्को काम र साँझ अर्को काम गर्नसक्छ ।
श्रम सामूहिक अथवा सामाजिक हुने हुँदा वैज्ञानिक समाजवाद र साम्यवादमा समाज वर्गहरुमा विभाजन हुँदैन । फलस्वरुप वर्गविहीन समाजको स्थापना हुन्छ ।
माक्र्सवादले वैज्ञानिक समाजवाद र साम्यवादमा उत्पादक शक्ति सामूहिक वा सामाजिक मानव श्रम हुनेछ भन्ने निष्कर्ष उन्नाइसौं शताब्दीको मध्येमा (सन् १८४८ मा) निकालेको थियो । त्यसको आधारमा विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्यो । सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिहरु भए र समाजवादी सामाजिक व्यवस्थाहरु स्थापित भए । यसरी उन्नाइसौं शताब्दीको मध्यपछि करिब एकसय वर्ष समाजवादी क्रान्तिको अवधि बन्यो ।
तर सन् १९४५ पछि एउटा महान घटना घट्यो । त्यो घटना थियो– वैज्ञानिक–प्राविधिक क्रान्ति । त्यो क्रान्तिले विज्ञान¬–प्रविधिलाई प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरण ग¥यो । त्यसले यो कार्य अलग–अलग रहेका विज्ञान र प्रविधिलाई संयोजन गरेर सम्पन्न गरेको थियो । पहिले विज्ञान र प्रविधि अलग–अलग थिए । त्यसकारण तिनीहरु उत्पादक शक्तिको रुपमा रहेको मानव–श्रमको सहायक मात्र थिए । वैज्ञानिक–प्राविधिक क्रान्तिको परिणामस्वरुप जब तिनीहरुको संयोजन भयो, तब तिनीहरु प्रत्यक्ष उत्पादक शक्ति बने र मानव–श्रम उत्पादक क्षेत्रबाट विस्थापित भयो । कारण विज्ञान–प्रविधिको क्षमता मानव–श्रमको भन्दा धेरै गुणा बढी थियो ।
विज्ञान–प्रविधि उत्पादक शक्ति बनेपछि त्यसबाट सम्पूर्ण सामाजिक संरचनामा आमूल परिवर्तन भयो । त्यसको प्रभाव पुँजीवाद र समाजवाद दुवैमा प¥यो । पुँजीवादले आफूलाई परिमार्जन गरेर बचायो, तर समाजवादले त्यसो गर्न सकेन । फलस्वरुप समाजवाद पछि प¥यो र संकटग्रस्त भयो ।
यसरी परिवर्तित वर्तमान विश्व परिवेशलाई निम्नानुसार तीन शीर्षकहरुमा उल्लेख गर्न सकिन्छ– १) उत्पादक शक्तिमा परिवर्तन, २) वर्ग–संघर्षको नयाँ विधिको आवश्यकता र ३) समाजवादको नयाँ प्रारुपको आवश्यकता ।
१. उत्पादक शक्तिमा परिवर्तन
विगतमा माक्र्सवादले समाजवाद र साम्यवादको उत्पादक शक्तिको रुपमा सामूहिक वा सामाजिक मानव श्रमलाई मानेको थियो । सामाजिक मानव श्रमले पूँजीवादको उत्पादक शक्तिको रुपमा रहेको पूँजीलाई विस्थापित गर्नसक्दथ्यो र त्यससँगै पुँजीवादी व्यवस्थाको अन्त्य हुन्थ्यो । तर अहिले सामाजिक मानव श्रमको स्थान विज्ञान–प्रविधिले लिएको छ । त्यसकारण अब सामाजिक मानव श्रमले पूँजीलाई विस्थापित गर्नसक्दैन । यसलाई विस्थापित गर्ने काम नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिले मात्र गर्नसक्दछ । पूँजीवादलाई अन्त्य गरेर त्यसको स्थानमा सामाजवादलाई स्थापित गर्नको लागि विज्ञान–प्रविधि निर्णायक शक्ति भएको छ ।
सामाजिक मानव श्रम उत्पादक शक्ति भएको समाजमा श्रमिक वर्गलाई क्रान्तिकारी शक्ति मानिएको थियो । तर विज्ञान–प्रविधि उत्पादक शक्ति भएको वर्तमान समयमा विज्ञान–प्रविधिलाई प्रयोग गर्ने वर्ग नै क्रान्तिकारी शक्ति हुन्छ । विगतमा माक्र्सवादले श्रमिक वर्गलाई क्रान्तिकारी शक्ति मानेको थियो । त्यसवेला सामाजिक श्रम उत्पादक शक्ति थियो ।
२. वर्ग–संघर्षको नयाँ विधिको आवश्यकता
माक्र्सवादले अतिरिक्त मूल्यको सिद्धान्तको रहस्य उद्घाटन गरेको थियो । अतिरक्त मूल्यको सिद्धान्तअनुसार पूँजीवादी उत्पादनको लक्ष्य अतिरिक्त मूल्यको प्राप्ति हो र अतिरिक्त मूल्यको स्रोत अशोधित श्रमको (मूल्य नतिरिएको श्रमको) अधिकरण हो । पूँजीपति वर्गले अतिरिक्त मूल्यको रुपमा श्रमिक वर्गलाई शोषण गर्दछ र आफ्नो सम्पत्ति संचय गर्दछ । यसरी अब पूँजीपति वर्गको सम्पन्नता र श्रमिक वर्गको विपन्नता दुवैको रहस्य स्पष्ट भयो ।
पुँजीपति वर्ग र श्रमिक वर्गको बीचमा संघर्ष अतिरिक्त मूल्यलाई लिएर हुन्थ्यो । पूँजीपति वर्गले अतिरिक्त मूल्यलाई यथासम्भव बढाउन चाहन्थ्यो भने श्रमिक वर्गले त्यसलाई यथासम्भव घटाउन चाहन्थ्यो । पूँजीपति वर्गको विरुद्ध सर्वहारा वर्गको संघर्षको अर्थ पूँजीपति वर्गलाई अतिरिक्त मूल्य शोषण गर्नबाट रोक्नु थियो । अतिरिक्त मूल्यको शोषण नै पूँजीपति वर्ग र पूँजीवादको आधार थियो । त्यसकारण यसको शोषणको अन्त्यसँगै पूँजीवादको पनि अन्त्य हुन्थ्यो ।
तर उत्पादक शक्ति नै बदलिएपछि वर्ग–संघर्षको स्वरुप पनि परिवर्तन हुनु अनिवार्य भएको छ । अब उत्पादक शक्तिको रुपमा विज्ञान¬–प्रविधि आएको छ र मानव श्रमशक्ति विस्थापित भएको छ । त्यसकारण अतिरिक्त मूल्यको स्रोत मानव श्रमको सट्टा विज्ञान–प्रविधि भएको छ । परिणामस्वरुप अब वर्ग¬–संघर्ष अतिरिक्त मूल्यलाई लिएर हुँदैन, विज्ञान–प्रविधिको उपयोगलाई लिएर हुन्छ । वर्ग–संघर्षको लक्ष्य पूँजीवादी वर्गको एकाधिकारबाट विज्ञान–प्रविधिलाई मुक्त गरेर अधिकारविहीन वर्गको स्वामित्वमा ल्याउनु हो ।
सामन्तवादमा जमिनले पूँजीलाई आफ्नो अधीनस्थ बनाएको थियो । अहिले पूँजीले विज्ञान¬–प्रविधिलाई आफ्नो अधीनस्थ बनाएको छ । त्यसकारण अब वर्ग–संघर्षको उद्देश्य पूँजीको अधीनबाट विज्ञान¬–प्रविधिलाई मुक्त गर्नु र समाजको स्वामित्वमा ल्याउनु हो ।
३.समाजवादको नयाँ प्रारुपको आवश्यकता
इतिहासको भौतिकवादी धारणाअनुसार उत्पादक शक्तिको स्वरुपले सामाजिक व्यवस्थाको स्वरुपलाई निर्धारण गर्दछ । उत्पादक शक्तिको अनुरुप उत्पादन सम्बन्ध हुन्छ र उत्पादन सम्बन्धको अनुरुप सामाजिक व्यवस्था हुन्छ । त्यसकारण जब नयाँ उत्पादक शक्ति आउँछ, तब पुरानो उत्पादन सम्बन्धसँग त्यसको अन्तर्विरोध शुरु हुन्छ । फलस्वरुप नयाँ उत्पादन सम्बन्धको आवश्यकता पर्दछ ।
अहिले नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधि आएको छ । यससँग पुराना उत्पादन सम्बन्धहरु मेल खाँदैनन्, जसमा पूँजीवादी र समाजवादी दुवै उत्पादन सम्बन्धहरु पर्दछन् । त्यसकारण अब विज्ञान–प्रविधिको अनुरुप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्था आवश्यक भएको छ । यसको लागि समाजवादको नयाँ प्रारुप निर्माण गर्नु आवश्यक छ । नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिको अनुरुप उत्पादन सम्बन्ध भएको सामाजिक व्यवस्थाको रुपमा समाजवादको नयाँ प्रारुप आउँदछ ।
यिनै तीन विषयहरुमा विचार गरिसकेपछि कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा निर्धारण गर्नसकिन्छ । अब कम्युनिष्ट आन्दोलनको नयाँ कार्यदिशा निर्माण गर्दा मूलतः तीनवटा विषयहरुमा ध्यान केन्द्रित गर्नु आवश्यक छ । तिनीहरु हुन्– १) नयाँ उत्पादक शक्तिको उपयोग, २) वर्ग–संघर्षको नयाँ विधिको प्रयोग र ३) समाजवादको नयाँ प्रारुपको निर्माण ।
१. नयाँ उत्पादक शक्तिको उपयोग
वर्तमान युगको नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण पुरानो सामाजिक व्यवस्थालाई अन्त्य गरेर नयाँ सामाजिक व्यवस्थाको स्थापना गर्नको लागि विज्ञान–प्रविधिको उपयोग गर्नु आवश्यक छ । यसले पूँजीवादको उत्पादक शक्तिको रुपमा रहेको पूँजीलाई विस्थापित गर्दछ । परिणामस्वरुप पूँजीमा आधारित सामाजिक व्यवस्था पूँजीवादको अन्त्य हुन्छ र त्यसको स्थानमा विज्ञान–प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवाद र साम्यवादको स्थापना हुन्छ ।
अब विज्ञान–प्रविधिको उपयोग गरेर कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनु आवश्यक छ । जुन साधनद्वारा पूँजीवाद शक्तिशाली भएको छ, त्यही साधनद्वारा मात्र त्यसलाई कमजोर बनाउन र पराजित गर्नसकिन्छ । पूँजीवाद अहिले विज्ञान–प्रविधिको उपयोगबाट शक्तिशाली बनेको छ । त्यसकारण विज्ञान–प्रविधिको प्रयोगद्वारा नै यसलाई कमजोर बनाउन र अन्ततः परास्त गर्न सम्भव हुन्छ ।
त्यसैगरी समाजवाद र साम्यवादको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । कारण यसबाट निजी स्वामित्वको अन्त्य गर्न सम्भव हुन्छ । पूँजीवादीहरुले विज्ञान–प्रविधिको उपयोग पूँजीवादको विकास र सुदृढीकरण गर्नको लागि गरिरहेका छन् । समाजवादीहरुले यसको उपयोग समाजवादको विकास र सुदृढीकरण गर्नको लागि गर्नुपर्दछ ।
पूँजी प्रमुख उत्पादक शक्ति भएको समयमा पूँजीपति वर्ग क्रान्तिकारी शक्ति हुन्थ्यो । त्यसैगरी सामाजिक श्रम उत्पादक शक्ति भएको समयमा श्रमिक वर्ग क्रान्तिकारी शक्ति हुन्थ्यो । अब विज्ञान–प्रविधि उत्पादक शक्ति भएको समयमा यसलाई उपयोग गर्ने वर्ग नै क्रान्तिकारी शक्ति हुन्छ । यही क्रान्तिकारी वर्गले पूँजीवादलाई ध्वस्त पारेर समाजवादको निर्माण गर्दछ ।
त्यसकारण अब उत्पादन क्षेत्रबाट विस्थापित श्रमिक वर्ग र विज्ञान–प्रविधिको संयोजनबाट निर्णायक क्रान्तिकारी शक्तिको निर्माण हुन्छ ।
२.वर्ग–संघर्षको नयाँ विधिको प्रयोग
विगतमा जुन वेला मानव श्रम उत्पादक शक्ति थियो, सर्वहारा वर्ग (श्रमिक वर्ग) उत्पादन क्षत्रमा हुन्थ्यो । त्यसवेला सर्वहारा वर्गले पूँजीवादी व्यवस्थाभित्रै रहेर त्यसको विरुद्ध संघर्ष गर्नसक्दथ्यो । तर अहिले मानव श्रम उत्पादक शक्ति नरहेपछि त्यो उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । त्यसकारण सर्वहारा वर्गले पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन । विगतमा सर्वहारा वर्गको काम हुन्थ्यो तर दाम हुँदैनथ्यो । त्यसकारण कामअनुसार दामको लागि संघर्ष गरिन्थ्यो । अहिले त्यसको काम पनि छैन र दाम पनि छैन । काम नभएको सर्वहारा वर्गले दामको लागि संघर्ष गर्न सम्भव भएन । अर्को शब्दमा, अहिले सर्वहारा वर्ग उत्पादन क्षेत्रबाट विस्थापित भएको हँुदा त्यसले पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन ।
त्यसकारण अब पूँजीवादी व्यवस्थाभन्दा बाहिर समानान्तरमा समाजवादी व्यवस्थाको निर्माण गरेर मात्र त्यसको विरुद्ध संघर्ष गर्नसकिन्छ । अब वर्ग–संघर्षको विधि पूँजीवादको विरुद्ध समानान्तरमा समाजवादको निर्माण हो । यही विधिको प्रयोग गरेर निर्णायक वर्ग–संघर्ष गर्नसकिन्छ ।
३.समाजवादको नयाँ प्रारुपको निर्माण
वर्तमान पूँजीवादी व्यवस्थाबाट उत्पन्न संकटबाट मुक्त हुन समाजवादबिना संभव छैन । तर त्यो समाजवाद पुरानो समाजवाद होइन, नयाँ समाजवाद हो । यो नयाँ समाजवाद ‘वैज्ञानिक समाजवाद’ हो । भूमण्डलीकृत भयानक पूँजीवादबाट आक्रान्त जनता समाजवादको लागि बलिदान गर्न तयार हुन्छन्, तर विगतको जस्तो समाजवादको लागि होइन । यदि जनतालाई समाजवादको लागि उत्प्रेरित गर्ने हो भने, त्यसको उपयुक्त स्वरुप, जुन विगतको भन्दा भिन्न हुन्छ, प्रस्तुत गर्नु आवश्यक छ ।
वैज्ञानिक समाजवादको विशेषता
वैज्ञानिक समाजवादका विशेषताहरु यसप्रकार हुनेछन्– १) विज्ञान–प्रविधिमा आधारित समाजवाद, २) सामाजिक नियन्त्रणमा आधारित समाजवाद र ३) सामाजिक स्वामित्वमा आधारित समाजवाद ।
१) विज्ञान–प्रविधिमा आधारित समाजवाद
हरेक सामाजिक व्यवस्थाको स्वरुपको आधार उत्पादक शक्तिको स्वरुप हो । उत्पादक शक्तिको अनुरुप उत्पादन सम्बन्ध (सामाजिक व्यवस्था) हुनुपर्दछ । वर्तमान युगको उत्पादक शक्ति विज्ञान–प्रविधि हो । त्यसकारण अब बन्ने समाजवाद विज्ञान–प्रविधिमा आधारित हुनेछ । उत्पादक शक्तिको रुपमा विज्ञान¬–प्रविधिको विकास वर्तमान युगको प्रमुख घटना हो । यसले समाजवादको आधारलाई बदलिदिएको छ र नयाँ आधारमा समाजवादलाई अझ निकट तथा संभव बनाइदिएको छ । समाजवादको पुरानो आधार मावनश्रम थियो । यसको नयाँ आधार विज्ञान–प्रविधि हो, जुन मानवश्रमको तुलनामा धेरै क्षमतावान छ । फलस्वरुप अब समाजवाद अतिनिकट भएको छ ।
दोस्रो कुरा, समाजवादमा जीवनको लागि आवश्यक साधनहरुको जुन प्रचुरताको अपेक्षा गरिएको छ, त्यो विज्ञान–प्रविधिबाट मात्र संभव छ । आज विज्ञान–प्रविधिले उत्पादन क्षेत्रमा जुन आमूल परिवर्तन ल्याएको छ, जुन क्रान्ति ल्याएको छ, त्यसबाट अब समाजमा जीवनको लागि आवश्यक साधनहरुको अभावको कारण उत्पन्न सम्पूर्ण समस्याहरु, द्वन्द्वहरुको अन्त्य हुने संभावना देखिएको छ । समाजवादको प्रमुख शर्त मानवीय आवश्यकता पूरा गर्ने साधनहरुको प्रचुरता हो । आज विज्ञान–प्रविधिको असीमित तथा विशाल क्षमताबाट यो शर्त पूरा भएको छ । विगतमा मानवश्रमबाट यो असंभव थियो । फलस्वरुप विगतमा समाजवाद साकार हुनसकेन । अब मानिसको लागि आवश्यक पर्ने गाँस, बास र कपासको अतिरिक्त अन्य धेरै वस्तुहरु तथा साधनहरुको प्रचुरता संभव छ ।
१) सामाजिक नियन्त्रणमा आधारित समाजवाद
समाजवाद सामाजिक नियन्त्रणमा आधारित हुन्छ, राज्यको नियन्त्रणमा होइन । राज्यको नियन्त्रण त ती सामाजिक व्यवस्थाहरुमा हुन्छ, जसमा बहुसंख्यकमाथि अल्पसंख्यकको शासन हुन्छ । अल्पसंख्यकले राज्ययन्त्रको बलमा बहुसंख्यकमाथि नियन्त्रण गर्दछ । तर समाजवादमा सामाजिक नियन्त्रण हुन्छ । सामाजिक नियन्त्रण समाजका संघटकहरुको (सोभियतहरुको) सन्तुलनमा आधारित हुन्छ । र, सन्तुलन तिनीहरुका सम्बन्ध र अन्तर्निर्भरतामा आधारित हुन्छ । समाजका संघटकहरु सामाजिक समूहहरु हुन्; उदाहरणको लागि कृषक समूह, मजदूर समूह, वैज्ञानिक समूह, शिक्षक समूह, इन्जिनियर समूह, आदि । यी समूहहरुमा शक्तिको विभाजन तथा हस्तान्तरण गर्नुपर्दछ ।
३) सामाजिक स्वामित्वमा आधारित समाजवाद
समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि समाजको स्वामित्व स्थापित गर्नु हो । अथवा यसको लक्ष्य उत्पादनका साधनहरुमाथि व्यक्तिगत स्वामित्वलाई अन्त्य गरी सम्पूर्ण समाजको स्वामित्व स्थापित गर्नु हो । तर यो लक्ष्य उत्पादनका साधनहरुको राष्ट्रियकरण गरेर पूरा हुनसक्दैन, जुन विगतको अनुभवबाट स्पष्ट हुन्छ । त्यसैगरी यो लक्ष्य उत्पादनका साधनहरुमाथि सम्पूर्ण समाजको स्वामित्व घोषणा गरेर पनि पूरा हुनसक्दैन, किनभने त्यो अमूर्त हुन्छ । यसको लागि सर्वप्रथम समाजका समूहहरुको स्वामित्व स्थापित गर्नुपर्दछ । यसको विधि राष्ट्रियकरण गरेर उत्पादनका साधनहरुलाई राज्यको स्वामित्वमा ल्याउनु होइन, समाजका समुदायहरुको स्वामित्वमा ल्याउनु हो । समाजका विभिन्न समूहहरु, संघटकहरु उत्पादन प्रक्रियाका अंगहरु हुन् । तिनीहरुको स्वामित्वमा सम्पूर्ण उत्पादन साधनहरु र सम्पदा ल्याउनु आवश्यक छ ।
समाजका संघटकहरुको रुपमा विभिन्न समूहहरु हुन्छन् । ती समूहहरुले समाजका अलग–अलग कार्यहरु सम्पन्न गर्दछन् र अलग–अलग भूमिकाहरु निर्वाह गर्दछन् । समाजीकरणको प्रक्रिया ती समूहहरुलाई तिनीहरुको आफ्नो क्षेत्रको स्वामित्व प्रदान गरेर सम्पन्न गर्नसकिन्छ । उदाहरणको लागि, किसानहरुको समूहहरुलाई कृषिको स्वामित्व, मजदूरहरुको समूहहरुलाई उद्योगको स्वामित्व प्रदान गरेर कृषि तथा उद्योगको समाजीकरण गर्नसकिन्छ । कारण कृषिको वास्तविक स्वामी किसानहरु र उद्योगका वास्तविक स्वामी मजदूरहरु हुन्छन् । समाजको प्रत्येक क्षेत्र त्यसमा संलग्न मानिसहरुको समूहलाई सुम्पिनु वास्तविक स्वामित्व स्थापनाको वास्तविक प्रक्रिया वा विधि हो । तर समाजवादको लागि वास्तविक स्वामित्व स्थापना मात्र पर्याप्त हुँदैन । यो त्यसको एउटा पक्ष मात्र हो । त्यसको अर्को पक्ष समाजीकरण हो । समाजीकरणको लागि हरेक उद्यमलाई समाजको एउटा अंग बनाउनु पर्दछ । यसरी हरेक उद्यम सम्पूर्ण सामाजिक व्यवस्थाको एउटा अंगमा परिणत भएपछि त्यसको स्वतन्त्र अस्तित्व समाप्त हुन्छ र त्यसले समाजमाथि शासन गर्न पाउँदैन । कारण त्यसलाई अन्य अंगहरुले (उद्यमहरुले) नियन्त्रण गर्दछन् ।
वैज्ञानिक समाजवादको संरचना
हरेक समाजका निश्चित संघटक प्रणालीहरु हुन्छन् । तिनीहरु हुन्– (१) आर्थिक प्रणाली, (२) सामाजिक प्रणाली, (३) राजनीतिक प्रणाली र (४) विचारधारा । यिनीहरुको समष्टिबाट समाजको संरचना बन्दछ । वैज्ञानिक समाजवादको संरचना निम्नानुसार हुनेछ–
१) आर्थिक प्रणाली
आर्थिक प्रणालीका दुई पक्षहरु (भागहरु) हुन्छन्– उत्पादक शक्ति र उत्पादन सम्बन्ध । उत्पादक शक्तिको अर्थ मानवीय आवश्यकता पूरा गर्नको लागि आवश्यक पर्ने वस्तु प्राप्त हुने स्रोत वा वस्तु हो । उत्पादन सम्बन्धको अर्थ उत्पादक शक्तिलाई उपयोग गरेर मानवीय आवश्यकता पूरा गर्ने वस्तु उत्पादन गर्नको लागि निर्माण हुने मानिसहरुको सम्बन्ध वा संगठन हो । यसमा उत्पादन, विनिमय, वितरण र उपभोग तथा तिनीहरुको अन्तर्सम्बन्ध पर्दछ । यिनीहरुको समष्टिबाट उत्पादन सम्बन्ध बन्दछ ।
वर्तमान युगमा विज्ञान–प्रविधि प्रमुख उत्पादक शक्ति बनेको छ । त्यसकारण वैज्ञानिक समाजवादको उत्पादक शक्ति विज्ञान–प्रविधि हुन्छ । र, यसको उत्पादन सम्बन्ध विज्ञान–प्रविधिमा आधारित हुन्छ । विज्ञान–प्रविधिलाई उपयोग गरेर मानवीय आवश्यकता पूरा गर्नको लागि बन्ने संगठन नै वैज्ञानिक समाजवादको उत्पादन सम्बन्ध हुन्छ ।
वैज्ञानिक समाजवादको लक्ष्य उत्पादनका साधनहरुमाथि निजी स्वामित्व र राज्यको स्वामित्व दुवैको अन्त्य गरी सामाजिक स्वामित्व स्थापित गर्नु हो । सामाजिक स्वामित्व स्थापित गर्ने आधार उत्पादनका साधनको सामूहिक उपयोग र उपभोग हो । यसलाई क्रियात्मक स्वामित्व (भााभअतष्खभ यधलभचकजष्उ) भनिन्छ । कुनै पनि उत्पादनको साधनको उपयोग र उपभोग समाजको जुन समूहले गर्दछ, त्यसको स्वामित्व त्यही समूहको हुन्छ । त्यसकारण सामाजिक स्वामित्वको प्रतिनिधित्व सामुदायिक स्वामित्वले गर्दछ । सामाजिक स्वामित्वलाई स्थापित गर्ने विधि सामुदायिक स्वामित्व स्थापित गर्नु हो ।
यसमा विभिन्न समुदायहरु वा समूहहरु आर्थिक एकाई तथा अर्थतन्त्रको संचालक हुन्छन् र सम्पत्तिको सम्पूर्ण अधिकार समुदायमा हुन्छ ।
त्यसैगरी वैज्ञानिक समाजवादको अर्को महत्वपूर्ण लक्ष्य वर्तमान युगको प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधिमाथि पूँजीपति वर्गको स्वामित्वलाई अन्त्य गरी त्यसको स्थानमा सामाजिक स्वामित्व स्थापित गर्नु हो । परिणामस्वरुप विज्ञान–प्रविधिको उपलब्धि सवैको पहुँचमा हुन्छ ।
२) सामाजिक प्रणाली
मानवीय आवश्यकता पूरा गर्ने वस्तहरुको उत्पादन प्रक्रियाको क्रममा मानिसहरुको बीचमा निश्चित सम्बन्ध बन्दछ । यस्तो सम्बन्धबाट मानव समूहहरु बन्दछन्, जसलाई वर्ग भनिन्छ । यसरी उत्पादन प्रक्रियाको आधारमा बन्ने सामाजिक समूहहरु नै समाजका वास्तविक संघटक हुन् । यिनीहरुको समुचित व्यवस्था नै सामाजिक प्रणाली हो ।
वर्गहरुको निर्माण उत्पादन प्रक्रियामा तिनीहरुको भूमिकाको आधारमा हुन्छ । त्यसकारण वर्गहरुको आधार उत्पादन प्रक्रियामा हुने भूमिका हो । यसबाट वितरण प्रणाली स्थापित हुन्छ ।
वर्गहरुको निर्धारण उत्पादक शक्तिको स्वरुपले गर्दछ । उदाहरणको लागि, दासव्यवस्थामा दास र दासमालिक थिए, सामन्तवादमा सामन्त र किसान थिए र पूँजीवादमा पूँजीपति र सर्वहारा छन् । हरेक सामाजिक व्यवस्थाको आफ्नो अलग उत्पादक शक्ति हुन्छ, जसबाट निश्चित प्रकारका वर्गहरु बन्दछन् ।
वर्ग–संघर्षको सुरुवात भएपछि राज्यसत्ताको उत्पत्ति भयो, जसले संघर्षरत वर्गहरुलाई नियन्त्रण गर्दथ्यो । परिणामस्वरुप समाजमा राज्यको सर्वोच्चता स्थापित भयो ।
विगतमा राज्यको स्थान सर्र्वोच्च थियो । अन्य सवै संगठनहरु राज्यद्वारा नियन्त्रित थिए र राज्यको अधीनस्थ थिए । तर जब विभिन्न सामाजिक समूहहरुको संख्या र महत्व बढ्दै गयो, तब राज्यको भूमिका कम हुँदै गयो । अब राज्यको काम आधारभूत सामाजिक समूहहरुको संयोजन र समन्वय हो ।
वैज्ञानिक समाजवादको उद्देश्य राज्यको नियन्त्रणलाई अन्त्य गरी समाजको नियन्त्रण स्थापित गर्नु हो । त्यसकारण यसको नियन्त्रण प्रणाली समतलीय हुन्छ । विगतको उध्र्वगामी नियन्त्रण प्रणालीलाई समतलीय प्रणालीद्वारा प्रतिस्थापित गर्नुपर्दछ । राज्यको नियन्त्रण प्रणाली उध्र्वगामी हुन्छ तर समाजको नियन्त्रण प्रणाली समतलीय हुन्छ । विगतमा पूँजीवादी व्यवस्था र समाजवादी व्यवस्था दुवै राज्यको उध्र्वगामी नियन्त्रण प्रणालीमा आधारित थिए । वर्तमान युगमा सामाजिक व्यवस्थाको निर्माण राज्यको उध्र्वगामी नियन्त्रण प्रणालीबाट होइन, समाजको समतलीय नियन्त्रणबाट बन्दछ ।
विगतमा सामाजिक समूहहरुको सम्बन्ध शासक र शासित, उत्पीडक र उत्पीडित तथा शोषक र शोषित रहेको थियो । अब समाजवादमा तिनीहरुको सम्बन्ध समानता र अन्तर्निर्भताको हुन्छ ।
३) राजनीतिक प्रणाली
वैज्ञानिक समाजवादमा राजनीतिक प्रणाली प्रत्यक्ष सहभागितामूलक जनवाद हुन्छ । प्राचीन ग्रीसमा स्वतन्त्र नागरिकहरुले सर्वप्रथम जनवादको अभ्यास गरेका थिए । त्यो जनवाद प्रत्यक्ष जनवाद थियो । तर त्यो सीमित प्रकारको जनवाद थियो । किनभने त्यसमा दासमालिकहरु मात्र सहभागी हुन्थे, जसलाई स्वतन्त्र नागरिक मानिन्थ्यो । तर ठूलो संख्यामा रहेका दासहरुले त्यसमा भाग लिन पाउँदैनथे, जसको संख्या ८०–८५ प्रतिशत हुन्थ्यो ।
प्राचीन ग्रीसको जनवाद सीमित प्रकारको भएको हुँदा त्यो प्रत्यक्ष जनवाद हुन सम्भव भएको थियो । त्यसमा सवै मानिसहरु एक ठाउँमा भेला हुन्थे र सवै निर्णयहरु प्रत्यक्ष सहभागी भएर गर्दथे । त्यहाँ कोही कसैको प्रतिनिधि हुँदैनथ्यो ।
प्राचीन ग्रीसको त्यो प्रत्यक्ष जनवाद प्राचीन ग्रिक सभ्यताको अन्त्यसँगै समाप्त भयो र मध्यकालको अन्धकारमा बिलायो । त्यसपछि करिब एकहजार वर्षसम्म सामन्तवादी शासन चल्यो ।
एकहजार वर्षको अन्धकार युगपछि युरोपमा पुनर्जागरण आयो । प्राचीन ग्रिक सभ्यता तथा रोमन सभ्यताको आलोकमा, जुन विस्मृतिको ओझेलमा परेका थिए, नयाँ युगको आरम्भ भयो । तर त्यो प्राचीन सभ्यताको उही रुपमा पुुनरावृत्ति वा पुनरुत्थान थिएन । प्राचीन कालका ज्ञान–विज्ञानहरुले नयाँ युगका मानिसहरुलाई यथार्थको बोध त गराएका थिए, तर तिनीहरु नयाँ सभ्यताको आरम्भ गर्न भने पर्याप्त थिएनन् । त्यसकारण तिनीहरुको पुनःसंरचना गरियो ।
त्यही कुरा राजनीतिक क्षेत्रमा पनि भयो । परम्परागत सामन्ती सत्ताको स्थानमा जनवादलाई स्थापित गरियो । तर त्यो जनवाद प्राचीन ग्रीसको जस्तो प्रत्यक्ष सहभागितामूलक जनवाद थिएन, प्रतिनिधिमूलक जनवाद थियो । त्यसलाई सामाजिक संझौताको परिकल्पनाद्वारा वैधता दिइयो । सामाजिक संझौताको सिद्धान्तअनुसार शासन गर्ने अधिकार जनतासँग हुन्छ, तर उनीहरुले त्यसलाई एउटा संझौताद्वारा आफ्ना प्रतिनिधिहरुको हातमा सुम्पिन्छन् । त्यसकारण राजनीतिक सत्ता जनताद्वारा निर्मित हुन्छ । यो कुनै अलौकिक दैवी शक्तिद्वारा सृजित, शाश्वत तथा अपरिवर्तनीय कुरा होइन । यो सिद्धान्तका प्रवत्र्तकहरु थिए– आधुनिक युगका प्रसिद्ध दार्शनिकहरु टमस हब्स, जोन लक र जीन ज्याक्स रुसो ।
दार्शनिकहरुद्वारा परिकल्पित सामाजिक संझौताको सिद्धान्त यथार्थ घटना थिएन । किनभने कुनै पनि सामाजिक व्यवस्था मानिसहरुको इच्छाले स्थापित हुँदैन । यो त वर्ग–संघर्ष र त्यसको अभिव्यक्तिको रुपमा राजनीतिक शक्तिहरुको संघर्षद्वारा स्थापित हुन्छ । तर त्यसले एउटा सत्यलाई चाहिँ अभिव्यक्त गर्दथ्यो । त्यो के थियो भने राज्यसत्ता मानवीय कृति हो, कुनै ईश्वरीय वरदान होइन ।
यसरी प्राचीन कालको प्रत्यक्ष जनवादको स्थानमा प्रतिनिधिमूलक जनवाद आउनुका दुई कारणहरु थिए । पहिलो, जनसंख्याको वृद्धि तथा मानिसहरुको स्वतन्त्र गतिविधिको परिणामस्वरुप समाज विविधतापूर्ण, जटिल र वृहत बनेको थियो । त्यसकारण अब सबै मानिसहरु एक ठाउँमा भेला भएर प्रत्यक्ष रुपमा निर्णय गर्न सम्भव थिएन । त्यसको लागि केही निश्चित प्रतिनिधिहरु छनौट गर्नु आवश्यक भयो । त्यसै गरियो र त्यसबाट प्रतिनिधिमूलक जनवादको आरम्भ भयो । दोस्रो, आधुनिक कालको आगमनसँगै पूँजीवादको आरम्भ भएको थियो र प्रतिनिधिमूलक जनवाद पूँजीवादको लागि उपयुक्त थियो । पूँजीवादमा जसरी पूँजी सम्पूर्ण बस्तुहरु (अयmयमष्तष्भक) को प्रतिनिधि हुन्छ, त्यसैगरी नेताहरु सम्पूर्ण जनताका प्रतिनिधि हुन्छन् । त्यसकारण यो पूर्ण जनवाद होइन । यो त पूँजीपति वर्गको शासन हो, जसले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्ने दावी गर्दछ ।
पूँजीवादी व्यवस्थाका तीन प्रमुख विशेषताहरु छन्– १) श्रम–विभाजन, २) प्रतिस्पर्धा र ३) योग्यतमको शासन ।
पूँजीवादमा पूर्णस्तरमा श्रम–विभाजन हुन्छ । किनभने यसमा सवै काम एउटैले गर्न सम्भव हँुदैन । उत्पादकत्व तथा क्षमताको वृद्धिको लागि श्रम तथा त्यसको विषयको विशिष्टीकरण गर्नुपर्दछ । परिणामस्वरुप राजनीतिमा पनि विशिष्टीकरण हुन्छ । यो केही पेशेवार तथा प्रशिक्षित राजनीतिज्ञहरुको विषय बन्दछ ।
त्यसैगरी पूँजीवादमा विभिन्न पक्षहरुको बीचमा प्रतिस्पर्धा हुन्छ । परिणामस्वरुप योग्यतमको छनौट गर्नुपर्ने अवस्था आउँदछ । यसरी योग्यतमको शासन स्थापित हुन्छ ।
यिनै कारणहरु थिए, जसबाट पूँजीवादमा प्रतिनिधिमूलक जनवाद स्थापित भएको थियो । तर पनि यो अन्तिम र निर्विकल्प व्यवस्था होइन । जसरी विनिमय प्रक्रिया विविधतापूर्ण, जटिल र वृहत भएपछि बस्तु–विनिमयको स्थानमा मुद्रा–विनिमय आएको थियो, त्यसैगरी मानव समाज विविधतापूर्ण, जटिल र वृहत भएपछि प्रत्यक्ष जनवादको स्थानमा प्रतिनिधिमूलक जनवाद आएको थियो । त्यसकारण यसको अन्त्य र विकल्प अपरिहार्य छ ।
जब पूँजीवादको विकास चरम अवस्थामा पुग्दछ, तब यो एउटा अन्तर्विरोधमा फस्दछ । त्यसपछि प्रतिनिधिमूलक जनवादमा पनि विसंगति उत्पन्न हुन्छ, जुन पूँजीवादको जनवाद हो । अहिले यही भएको छ । प्रतिनिधिमूलक जनवाद औपचारिक र नाममात्रको जनवाद बनेको छ । जनप्रतिनिधिहरु व्यापारीजस्ता भएका छन् । उनीहरुले जनताको प्रतिनिधित्व गर्दैनन्, नाफा कमाउँछन् । त्यसकारण अब प्रतिनिधिमूलक जनवादको अन्त्यको घन्टी बज्नथालेको छ ।
यो प्रतिनिधिमूलक जनवादको स्थान अब प्रत्यक्ष सहभागितामूलक जनवादले लिन्छ । प्रत्यक्ष सहभागितामूलक जनवाद समाजवादको जनवाद हो । समाजवादमा श्रम–विभाजन, प्रतिस्पर्धा र योग्यतमले शासन गर्ने कुराको अन्त्य भइसकेको हुन्छ । त्यसकारण अब प्रतिनिधिमूलक व्यवस्थाको आवश्यकता पर्दैन । त्यसको स्थानमा प्रत्यक्ष सहभागितामूलक जनवाद स्थापित हुन्छ ।
समाजवादमा पुनः प्रत्यक्ष सहभागितामूलक जनवाद स्थापित हुन्छ । तर यो प्राचीन दासव्यवस्थाको जनवादको पुनरावृत्ति होइन । किनभने त्यो सीमित प्रकारको जनवाद थियो । त्यसले बहुसंख्यक दासहरुलाई समेट्दैनथ्यो । अब समाजवादको प्रत्यक्ष जनवादले बहुसंख्यक जनतालाई समेट्दछ । यसमा समताले मात्र होइन, विविधताले पनि स्थान पाउँदछ । यसमा पूँजीवादको सम्पूर्ण विकास समाहित हुन्छ । त्यसकरण यो प्रत्यक्ष जनवादको उच्चतम विकास हो । साथसाथै यो प्रतिनिधिमूलक जनवादको निषेध पनि हो ।
प्रत्यक्ष सहभागितामूलक जनवादमा दुई प्रकारका निकायहरु हुन्छन्– (१) स्वनिर्मित (सार्वभौम) निकाय र (२) निर्वाचित निकाय ।
१) स्वनिर्मित (सार्वभौम) निकाय– यो सामाजिक (सार्वमौम) समूह हो, जुन समाजको एकाई अथवा संघटक हुन्छ । यो समूहमा आबद्ध सम्पूर्ण मानिसहरु यसका अनिवार्य सदस्य हुन्छन् । यस्ता धेरै समूहहरु मिलेर एउटा समाजको निर्माण हुन्छ । यो कार्यकारी निकाय हो । यसले विधायिका र कार्यपालिका दुवैको काम गर्दछ । सम्पूर्ण राजकीय शक्ति र अधिकार यसमा रहन्छ र त्यसको प्रयोग पनि यो स्वयंले गर्दछ । त्यसकारण समाजको हरेक व्यक्ति राजकीय कार्यमा सहभागी हुन्छ । जनताले आफ्नो सार्वभौमसत्ताको प्रयोग आपैंmले गर्दछन् ।
विगतमा यस्ता स्वनिर्मित सामाजिक समूहहरुलाई फ्रान्समा कम्युन र रुसमा सोभियत भनिन्थ्यो । सोभियतहरु तीन प्रकारका थिए– मजदूर सोभियत, किसान सोभियत र सैनिक सोभियत । सोभियतहरु नै नयाँ सत्ताका (समाजवादका) भ्रूणहरु हुन्, त्यसकारण तिनीहरुको हातमा सम्पूर्ण अधिकार सुम्पिनु पर्दछ भन्ने भी. आई. लेनिनको मान्यता थियो । सोभियतहरु नै वास्तविक सत्ताका हकदार हुन् भन्ने आधारमा लेनिनले संविधान सभालाई पनि विघटन गरेका थिए ।
२) निर्वाचित निकाय– यो प्रतिधिमूलक निकाय हो । यसको निर्माण स्वनिर्मित सामाजिक समूहहरुका प्रतिनिधिहरुबाट हुन्छ । यस्तो निकायको कार्य सामाजिक समूहहरुको संयोजन तथा समन्वय गर्नु हो । त्यसकारण यो कार्यकारी निकाय होइन । प्रत्यक्ष सहभागितामूलक जनवादमा यो निकाय अधिकारविहीन हुन्छ । यसको कार्य अलग–अलग रहेका विभिन्न सामाजिक समूहहरुलाई संयोजन र समन्वय गरेर एकताबद्ध बनाउनु हो र तिनीहरुलाई मार्गदर्शन गर्नु हो । यसबाहेक बाँकी सम्पूर्ण कार्यकारी अधिकार स्वायत्त तथा स्वतन्त्र जनसमूहहरुमा निहित हुन्छ ।
समाजवादको लक्ष्य वर्गहरुको अन्त्य र सँगसँगै वर्गीय समाजको आवश्यकताले उत्पन्न राज्यसत्ताको पनि अन्त्य हो । तर यसलाई एकैपटक उन्मूलन गर्न सकिँदैन । यो स्वयं ओइलाएर लोप हुन्छ । अर्थात् यसको भूमिका क्रमशः घट्दै जान्छ र अन्त्यमा यो औचित्यहीन बन्दछ ।
यसकोे लागि सर्वप्रथम प्रत्यक्ष सहभागितामूलक जनवाद लागू गर्नुपर्दछ । यो जनवादले राज्यसत्ताको अन्त्य गर्दछ । यसका दुई विधिहरु छन्– (१) शक्ति विकेन्द्रीकरण र (२) राजकीय कार्यको सरलीकरण ।
यसको राम्रो उदाहरण पेरिस कम्युनले प्रस्तुत गरेको थियो । पेरिस कम्युनले निर्वाचित प्रतिनिधिमूलक निकायलाई नियन्त्रण गर्नको लागि दुई विधिहरु अपनाएको थियो । तिनीहरुमध्ये एउटा शक्ति विकेन्द्रीकरण अथवा अधिकारको कटौती थियो र अर्को राजकीय कार्यको सरलीकरण थियो । त्यहाँको नगर परिषदको सदस्यको तलब एउटा मजदूरको तलबसँग बराबर थियो । त्यसैगरी राजकीय कार्य अब कुनै रहस्यमय, कुनै विशेष प्रशिक्षित व्यक्तिले मात्र गर्नसक्ने विषय थिएन । त्यसकारण उच्च पदको लागि कसैले पनि खिचातानी गर्दैनथ्यो र राज्यको कार्य हरेक व्यक्तिले गर्नसक्दथ्यो । फलस्वरुप राज्य ओइलाएर जाने अवस्थामा पुगेको थियो ।
यसरी प्रत्यक्ष सहभागितामूलक जनवादको माध्यमबाट समाजनियन्त्रित समाजवाद स्थापित हुन्छ । यस्तो समाजवादमा सम्पूर्ण अधिकार जनताको हातमा आउँदछ ।
मानव समाजको आरम्भमा जनताको सार्वभौमसत्ता जनतासँगै थियो । तर समाज विकासको क्रममा वर्गहरुको उदय भएपछि जनताको सार्वभौमसत्ता जनताबाट अलग्गियो । त्यो एउटा निश्चित शासक वर्गको हातमा गयो । त्यसो हुनु वर्गीय समाजमा अनिवार्य छ । अब समाजवादमा जनताको सार्वभौमसत्ता पुनः जनताको हातमा आउँदछ ।
समाजमा वर्गहरुको अस्तित्वको कारण उत्पादक शक्तिको विकासको निम्नस्तर हो । समाजमा वर्गहरु रहेसम्म राजनीतिक कार्य एउटा वर्गको जिम्मामा आउँदछ । जब उत्पादक शक्तिको विकास उच्चस्तरमा पुग्दछ, तब राज्यसत्ता र त्यससँग सम्बन्धित वर्गको पनि अन्त्य हुन्छ, अथवा शासक वर्गको पनि अन्त्य हुन्छ ।
४) विचारधारा
नयाँ समाजवादको विचारधारा वैज्ञानिक दर्शन हो, जुन द्वन्द्वात्मक भौतिकवादको विकसित चरण हो । यसको स्वरुप विज्ञानको वर्तमान विकासस्तरद्वारा निर्धारित भएको छ । त्यसकारण नयाँ समाजवादको विचारधारा विज्ञानको वर्तमान विकासस्तरमा आधारित द्वन्द्वात्मक भौतिकवाद हो ।
रेने डेकार्टबाट आरम्भ भएको आधुनिक दर्शन हेगेलसँगै समाप्त (अन्त्य) हुन्छ । त्यसपछि उत्तर–आधुनिक दर्शनको आरम्भ हुन्छ । यो दर्शनको सूत्रपात माक्र्सवादले गरेको थियो । माक्र्सवादमा उत्तर–आधुनिक दर्शनका सवै तत्वहरु बीजका रुपमा (भ्रूण रुपमा) विद्यमान छन् । यो दर्शनलाई वैज्ञानिक दर्शन भनिन्छ ।
वैज्ञानिक दर्शनका तीन विशेषताहरु छन् । सर्वप्रथम त यसले अधिभूतवाद (mभतबउजथकष्अक) लाई खारेज गर्दछ । यसो गरेर यसले सवै प्रकारका निरपेक्ष धारणाहरुमाथि अन्तिम प्रहार गर्दछ । त्यसैगरी यसले अनुभवगत सत्ताभन्दा परको कुनै पनि अलौकिक सत्ताको अस्तित्वलाई अस्वीकार गर्दछ ।
यसको दोस्रो विशेषता सम्पूर्ण चिन्तनको आधार प्रकृति–विज्ञान (लबतगचब िकअष्भलअभ) लाई मान्नु हो । यो धारणाअनुसार ज्ञान मानव बुद्धिको उपज होइन, न यो कुनै अलौकिक सत्ताबाट प्राप्त चीज नै हो । यसको विपरित, ज्ञानको स्रोत वा आधार अनुभवगत तथ्यहरु हुन् । यस्ता अनुभवगत तथ्यहरुको परिष्कृत रुप विज्ञान हो । त्यसकारण सम्पूर्ण ज्ञानको आधार प्रकृति–विज्ञान हो । प्रकृति–विज्ञानले जुन सत्य प्राप्त गरेको छ, त्यो नै सम्पूर्ण ज्ञानको आधार हो ।
यो दर्शनको तेस्रो विशेषता दर्शनको कार्यसँग सम्बन्धित छ । पहिले दर्शनलाई ‘विज्ञानहरुको विज्ञान’ मानिन्थ्यो । तर वैज्ञानिक दर्शनको आगमनपछि यो भूमिका बदलिएको छ । अब दर्शनको कार्य सम्पूर्ण विज्ञानहरुलाई अन्तिम सिद्धान्त प्रदान गर्नु होइन, बरु प्रकृति–विज्ञानका निष्कर्षहरुको व्याख्या र विश्लेषण गर्नु हो ।
यी तीनवटै विषयहरु माक्र्सवादका प्रस्थानबिन्दु थिए । माक्र्सवादले अधिभूतवादको विरुद्ध द्वन्द्ववादलाई आफ्नो विश्वदृष्टिकोण बनाएको थियो । त्यसपछि यसलाई वस्तुगत जगतका सम्पूर्ण क्षेत्रहरुमा लागु गर्ने कार्यभार आफ्नो हातमा लिएको थियो । किनभने ‘‘विश्वको, त्यसको विकासको, मानवजातिको विकासको र मानवको मस्तिष्कमा यो विकासको प्रतिबिम्बको वास्तविक चित्र द्वन्द्वात्मक प्रणालीद्वारा मात्र प्राप्त हुनसक्दछ ।’’ ( फ्रेडरिक एंगेल्स, ड्यूहरिङ्ग मत–खण्डन)
त्यसैगरी माक्र्सवादले सम्पूर्ण चिन्तनको आधार विज्ञानलाई मानेको थियो । जस्तो कि फ्रेडरिक एंगेल्सले भनेका थिए– ‘‘द्वन्द्ववादको प्रमाण प्रकृति हो, र यो मान्नै पर्दछ कि आधुनिक विज्ञानले यो प्रमाणको लागि अत्यन्तै मूल्यवान सामग्री प्रस्तुत गरेको छ र यो सामग्री प्रतिदिन बढ्दै गइरहेको छ (ड्यूहरिङ्ग मत–खण्डन) ।’’
अन्ततः माक्र्सवादले सर्वप्रथम दर्शनको कार्य ‘विज्ञानहरुको विज्ञान’ बन्नु होइन भन्ने उद्घोष गरेको थियो । फ्रेडरिक एंगेल्सको भनाइमा “जब प्रत्येक पृथक विज्ञानले वस्तुहरुको विस्तृत समष्टिमा र तिनीहरुको बारेमा ज्ञानको समष्टिमा आफ्नो स्थिति स्पष्ट बनाउँदछ, तब यो समष्टिसँग सम्बन्धित विशेष शास्त्र (दर्शन) निरर्थक अथवा प्रयोजनहीन हुन्छ । पुरानो दर्शनको यदि कुनै भाग बचिरहन्छ भने त्यो हो चिन्तन र त्यसका नियमहरुको विज्ञान– तर्कशास्त्र र द्वन्द्ववाद । बाँकी सवै प्रकृति तथा इतिहासका तथ्यविषयक विज्ञानका अंग बन्दछन् (ड्यूहरिङ्ग मत–खण्डन) ।”
यो दर्शनका तीन आधारहरु छन्– (१) तर्कशास्त्र, (२) गणित र (३) विज्ञान । यी तीन विषयहरुको संयोजनबाट वैज्ञानिक दर्शनको निर्माण भएको छ ।
वैज्ञानिक दर्शनका अनुसार ज्ञान दुई प्रकारका हुन्छन्– विश्लेषणात्मक ज्ञान र संश्लेषणात्मक ज्ञान । तर्कशास्त्र र गणितबाट प्राप्त हुने ज्ञान विश्लेषणात्मक हुन्छ र विज्ञानबाट प्राप्त हुने ज्ञान संश्लेषणात्मक ज्ञान हुन्छ । त्यसकारण तर्कशास्त्र, गणित र विज्ञानबाट प्राप्त हुने ज्ञान नै वास्तविक ज्ञान होे ।
यथार्थमा केवल दुई प्रकारका संकथनहरु मात्र छन् । तिनीहरु हुन्– तर्कशास्त्र र गणितका संकथनहरु र विज्ञानका संकथनहरु । तर्कशास्त्र र गणितका संकथनहरु विश्लेषणात्मक हुन् र विज्ञानका संकथनहरु संश्लेषणात्मक (कथलतजभतष्अ) हुन् । विश्लेषणात्मक संकथनहरु तार्किक हुन्छन् । तिनीहरुले कुनै तथ्यको बारेमा बताउँदैनन्, तथ्यहरुको सम्बन्धको बारेमा मात्र बताउँछन् । संश्लेषणात्मक संकथनहरु तथ्यपरक हुन्छन् । तिनीहरुले तथ्यको बारेमा बताउँछन् । त्यसकारण तर्कशास्त्र, गणित र विज्ञानले प्रदान गर्ने ज्ञानबाहेक अरु कुनै ज्ञान हुनसक्दैन ।
सारांशमा, विज्ञानहरुले वस्तुगत जगतको बारेमा बताउँछन् र तर्कशास्त्र र गणितले विज्ञानका निष्कर्षहरुको व्याख्या तथा विश्लेषण गर्दछन् ।
वैज्ञानिक दर्शनको लागि भौतिक विज्ञान र विशुद्ध गणितले पर्याप्त सामग्रीहरु उपलब्ध गराएका छन् । यो कार्य विशेषगरी सापेक्षताको सिद्धान्त र क्वान्टम सिद्धान्तबाट भएको छ । सापेक्षताको सिद्धान्तको दार्शनिक पक्ष के हो भने यसले स्थान र समयलाई स्थान–समयद्वारा प्रतिस्थापन गरेको छ । त्यसैगरी क्वान्टम सिद्धान्तले कारण–कार्य नियमलाई सम्भाव्यताको नियमद्वारा प्रतिस्थापन गरेको छ । यसबाट कारण–कार्यको सुनिश्चित सम्बन्ध र नियतिवाद खण्डित भएका छन् ।
विज्ञानले पुराना दार्शनिक धारणाहरुमा ल्याएको परिवर्तनको वर्णन रसेलले यसरी गरेका छन्– “भौतिकविज्ञानले पदार्थलाई कम भौतिक बनाइरहेको छ, मनोविज्ञानले मनलाई कम मानसिक बनाइरहेको छ ।”
वैज्ञानिक दर्शनले ब्रह्माण्डको व्याख्या गर्ने काम पूर्णरुपमा वैज्ञानिकहरुलाई छोड्दछ । यसले आफ्नो ज्ञान–सिद्धान्तको निर्माण विज्ञानका निष्कर्षहरुको विश्लेषणद्वारा गर्दछ ।
वैज्ञानिक दर्शनले भौतिक जगतको कुनै पनि ज्ञानलाई पूर्णरुपमा निश्चित मान्न अस्वीकार गर्दछ । किनभने विशेष घटनाहरु र तिनीहरुलाई नियन्त्रण गर्ने नियमहरु निश्चिततापूर्वक अभिव्यक्त हुनसक्दैनन् । तर्कशास्त्र र गणितका नियमहरुले मात्र त्यो क्षेत्रको प्रतिनिधित्व गर्नसक्दछन्, जहाँ निश्चितता प्राप्त हुनसक्दछ ।
विगतमा दर्शन दुई विपरित धाराहरुमा विभाजित थियो– (१) अध्यात्मवाद र (२) भौतिकवाद । अध्यात्मवादले आत्मा अथवा चेतनालाई प्रधान (मूल) मान्दथ्यो र भौतिकवादले पदार्थ अथवा जडलाई प्रधान (मूल) मान्दथ्यो । तर वर्तमान दर्शनले यी विपरित धाराहरुलाई संश्लेषण गरेर एउटै धारामा एकीकृत गरेको छ । अब आत्मा र पदार्थ अथवा चेतना र जड अलग सत्ता होइनन्, बरु एउटा सत्ताका दुई प्रमुख रुपहरु मात्र हुन् ।
वर्तमान युगमा जसरी विज्ञानको दृष्टिकोणबाट पदार्थका दुई प्रमुख रुपहरु छन्– शक्ति र द्रव्य । त्यसैगरी दर्शनको दृष्टिकाणबाट सत्ताका दुई प्रमुख रुपहरु छन्– चेतना र जड । वर्तमान दर्शनको सत्ता जड र चेतनाको संयुक्त रुप हो । विगतमा सत्ता मानिएका चेतना र जड अब सत्ताका दुई रुपमा बदलिएका छन् ।
विज्ञान जगतमा पदार्थ भनेको शक्ति (भलभचनथ) र द्रव्य (कगदकतबलअभ) को संयुक्त रुप हो । अथवा मूल वस्तु पदार्थ हो र शक्ति तथा द्रव्य त्यसका प्रमुख दुई रुपहरु हुन् । त्यसैगरी दर्शनको क्षेत्रमा मूल सत्ता पदार्थ हो र चेतना तथा जड त्यसका दुई प्रमुख रुपहरु हुन् ।
वर्तमान युगको दर्शनमा चेतना र जडको भेद मेटिएको छ । पहिलो कुरा, चेतना र जड पदार्थका दुई रुपहरुमा परिणत भएका छन् । दोस्रो कुरा, जड पनि स्वतन्त्र तथा स्वचालित छ र चेतना पनि नियमानुशासित छ । पहिले स्वतन्त्र र स्वचालित हुनु चेतनाको गुण मानिन्थ्यो र नियमानुशासित हुनु जडको गुण मानिन्थ्यो । अब जड र चेतनामध्ये एउटा प्रधान र अर्को गौण, एउटा गुण र अर्को गुणी होइन, बरु दुवै समान स्तरका वस्तुहरु हुन् । यिनीहरु एक–अर्कोमा रुपान्तरित हुनसक्दछन् ।
जड र चेतना मूल सत्ताका दुई प्रमुख रुपहरु मात्र हुन् । मूल सत्ता पदार्थ हो, जसका अनेक रुपहरु हुन्छन् । यी रुपहरुमध्ये कुनै पनि रुपलाई प्रमुख र अन्तिम, पूर्ण र निरपेक्ष मान्न सकिँदैन । अथवा मूल सत्ता पदार्थको कुनै एउटा निश्चित रुप छैन, जसलाई आधारभूत, प्राथमिक, निरपेक्ष र प्रमुख मान्न सकियोस् । त्यसको विपरित, यसका अनेक रुपहरु छन्, जसमध्ये प्रत्येक रुप आफ्नो क्षेत्रमा प्रमुख र आधारभूत अथवा निरपेक्ष हुन्छ र अर्को क्षेत्रमा गौण र सापेक्ष बन्दछ । त्यसैगरी यी रुपहरु अन्तर्सम्बन्धित छन्, किनभने यिनीहरु एक–अर्कोमा रुपान्तरण हुन्छन् ।
वर्तमान युगमा कुनै पनि वस्तु अन्तिम, आधारभूत छैन । न जडलाई अन्तिम, आधारभूत मान्न सकिन्छ र न चेतनालाई अन्तिम, आधारभूत मान्न सकिन्छ । न द्रव्यलाई अन्तिम, आधारभूत मान्न सकिन्छ र न शक्तिलाई अन्तिम, आधारभूत मान्न सकिन्छ । त्यसैगरी न परमाणुलाई अन्तिम, आधारभूत मान्न सकिन्छ र न आधारभूत कणहरुलाई नै अन्तिम मान्न सकिन्छ । यिनीहरु आफ्नो–आफ्नो क्षेत्रमा अन्तिम, आधारभूत हुन्छन्, तर त्यतिसम्म मात्र । अन्य क्षेत्रमा अरु नै अन्तिम, आधारभूत हुन्छन् ।
वर्तमान दर्शनको तेस्रो विशेषता विकेन्द्रीकरण हो । आधुनिक कालमा एउटा केन्द्रमा आधारित बृहत् संरचना हुन्थ्यो । तर अहिले केन्द्रीय भूमिका निर्वाह गर्ने कुनै तत्व छैन । त्यसकारण अब संसारको नियन्त्रण र नियमन कुनै केन्द्रबाट होइन, पारस्परिक सन्तुलनबाट हुन्छ ।
त्यसकारण वर्तमान युगको दर्शन अधिभूतवादबाट पूर्णतया मुक्त भएको छ । त्यसैगरी यो दर्शन प्राचीन कालको अद्वैतवाद र आधुनिक कालको द्वैतवादको सीमाबाट पनि मुक्त भएको छ ।
द्वन्द्वात्मक भौतिकवादी दर्शन पहिले अमूर्त थियो । यसलाई विज्ञानको विकासले मूर्त बनाइदिएको छ । विज्ञानको विकासको वर्तमान स्तरबाट द्वन्द्वात्मक भौतिकवाद समृद्ध बनेको छ । वर्तमान विज्ञानद्वारा यसको नयाँ स्वरुप निर्धारण भएको छ ।
२. अभियानको आवश्यकता
विश्वमा क्रान्तिका तीन विकल्पहरु छन्– पूँजीवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति । सामन्तवादी समाजलाई पूँजीवादी समाजमा रुपान्तरण गर्ने क्रान्ति पूँजीवादी क्रान्ति हो । आधुनिक युगको शुरुवात भएपछि यो क्रान्तिको लहर विश्वभरि चल्यो । पहिलो पूँजीवादी क्रान्ति सन् १५७६ मा नेदरल्याण्डमा भयो । दोस्रो पूँजीवादी क्रान्ति सन् १६४९ मा बेलायतमा भयो र तेस्रो पूँजीवादी क्रान्ति सन् १७८९मा फ्रान्समा भयो । यी क्रान्तिहरु सम्पन्न भएपछि विश्वमा पूँजीवादी व्यवस्था स्थापित भयो ।
पूँजीवादी समाजलाई समाजवादी समाजमा रुपान्तरण गर्ने क्रान्ति समाजवादी क्रान्ति हो । पहिलो समाजवादी क्रान्ति सन् १८७१ मा फ्रान्सको राजधानी पेरिसमा भएको थियो । दोस्रो समाजवादी क्रान्ति सन् १९१७ मा रुसमा भएको थियो । रुसमा भएको समाजवादी क्रान्तिको लहर विश्वभरि पैmलियो । परिणामस्वरुप युगोस्लाभिया, अल्बानिया, हंगेरी, बुल्गेरिया, पोल्याण्ड, चेकोस्लाभिया, रोमानिया, पूर्वी जर्मनी, उत्तर कोरिया, भियतनाम, क्युबा, आदि विश्वका धेरै देशहरुमा समाजवादको स्थापना भयो ।
अर्ध–सामन्ती र अर्ध–उपनिवेशी समाजलाई नयाँ जनवादी समाजमा रुपान्तरण गर्ने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । यो क्रान्ति सन् १९४९ मा चीनमा सम्पन्न भएको थियो । त्यसपछि यो क्रान्तिको लहर पनि विश्वभरि पैmलियो । भारतको नक्सलवाडी आन्दोलन, पेरुको साइनिङ्ग पाथ, नेपालको झापा विद्रोह, दशवर्षे जनयुद्ध, आदि नयाँ जनवादी क्रान्तिको कार्यदिशामा सञ्चालन भएका थिए ।
तर अब क्रान्तिका यी तीन विकल्पहरुमध्ये कुनै पनि विकल्पबाट सामाजिक रुपान्तरण सम्भव देखिँदैन । पूँजीवादी क्रान्ति आफ्नो प्रारम्भिक चरणमा अत्यन्तै प्रगतिशील थियो । तर पछि साम्राज्यवादी चरणमा यो क्रमशः प्रभावहीन हुनथाल्यो । वर्तमान युगमा पूँजीवादी क्रान्तिबाट समाजको रुपान्तरण हुनसकेको छैन । विकसित पूँजीवादी देशहरुमा पुरानो मोडलको समाजवादी क्रान्ति पनि हुनसकेको छैन । त्यसैगरी नयाँ जन वादी क्रान्ति सन् १९४९ मा चीनमा भएपछि अन्त कतै भएको छैन ।
नेपालमा पूँजीवादी क्रान्तिको लागि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरु २००७ सालमा, २०४६ सालमा र २०६२–६३ मा भएका थिए । तर केही आंशिक उपलब्धिहरुको बावजुद तिनीहरु असफल भए । पहिलो प्रयत्नबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापना भएको थियो । दोस्रो प्रयत्नबाट निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको स्थापना भएको थियो । तेस्रो प्रयत्नबाट राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । यी आंशिक सफलताहरु थिए । तर यी सवै प्रयत्नहरुबाट मूल लक्ष्य प्राप्त हुनसकेन । त्यो हो– पूँजीवादी व्यवस्थाको स्थापना र विकास ।
त्यसैगरी नयाँ जनवादी क्रान्तिको लागि पनि तीनवटा प्रयत्नहरु भएका थिए । ती प्रयत्नहरुमध्ये पहिलो २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको कार्यंक्रम अगाडि सारेर गएिको थियो । दोस्रो प्रयत्न नेपाल कम्युनिस्ट पार्टी एमालेको नेतृत्वमा बहुदलीय जनवादको कार्यक्रम अगाडि सारेर गरिएको थियो । तेस्रो प्रयत्न नेपाल कम्यनिस्ट पार्टी माओवादीको नेतृत्वमा सशस्त्र जनयुद्धको कार्यक्रम अगाडि सारेर गरिएको थियो । तिनीहरुबाट केही आंशिक उपलब्धिहरु भए, तर मूल लक्ष्य प्राप्त हुन सकेन । त्यो हो– नयाँ जनवादको स्थापना र विकास ।
त्यसकारण अब क्रान्तिको नयाँ विकल्प खोज्नु र निर्माण गर्नु आवश्यक छ ।
अब विश्वमा क्रान्तिको नयाँ विकल्प वैज्ञानिक समाजवादी क्रान्ति हो । यो क्रान्ति सम्पन्न गर्नको लागि भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरुलाई संगठित गर्न र मार्गदर्शन गर्न एउटा विश्वव्यापी अभियानको आवश्यकता छ । यही अभियान ‘वैज्ञानिक समाजवाद निर्माण अभियान’ हो ।
३. अभियानको उद्देश्य
यो अभियानको उद्देश्य भूमण्डलीकृत पूँजीवादको समानान्तरमा वैज्ञानिक समाजवादको निर्माण गर्नु हो ।
हरेक सामाजिक व्यवस्थाको अन्त्य अर्को सामाजिक व्यवस्थाको उदय भएपछि मात्र हुन्छ । त्यसैगरी हरेक सामाजिक व्यवस्थाको गर्भबाट अनिवार्य रुपमा अर्को सामाजिक व्यवस्थाको जन्म हुन्छ, जसले विकसित भएर त्यसलाई विस्थापित गर्दछ । विगतमा सामन्तवादको गर्भबाट पूँजीवादको जन्म भएको थियो र त्यसले पछि सामन्तवादलाई नै विस्थापित गरेको थियो । वर्तमान युगमा पूँजीवादको गर्भबाट वैज्ञानिक समाजवादको जन्म भइरहेको छ ।
कुनै पनि नयाँ सामाजिक व्यवस्थाको निर्माण प्रक्रिया क्रान्तिभन्दा पहिले नै सुरु हुन्छ । क्रान्तिले त त्यसलाई पूर्णता मात्र प्रदान गर्दछ । क्रान्तिले टाउकोले टेकेर उभिएको व्यवस्थालाई खुट्टाले टेकाएर उभ्याउने काम गर्दछ । पूँजीवादको निर्माण पूँजीवादी क्रान्ति सम्पन्न भएपछि सुरु भएको होइन । त्यसको जन्म सामन्तवादकै गर्भमा भएको थियो । युरोपमा पूँजीवादको आरम्भ पुनर्जागरण कालबाट भएको थियो, जबकि पूँजीवादी क्रान्ति बेलायतमा सन् १६८८ मा र फ्रान्समा सन् १७८९ मा भएको थियो । जसरी बच्चा जन्मिएपछि बन्दैन, आमाको गर्भमा पहिले नै बनिसकेको हुन्छ, चल्ला अण्डाबाट निस्किएपछि बन्दैन, अण्डाभित्र पहिले नै बनिसकेको हुन्छ, त्यसैगरी समाजवाद पनि क्रन्तिपूर्व नै बन्दछ ।
आफ्नो विकासको क्रममा नयाँ सामाजिक व्यवस्था एउटा निश्चित चरणमा पुगेपछि पुरानो सामाजिक व्यवस्थासँग समानान्तर वा द्वैत सत्ताको अवस्था सृजना हुन्छ । त्यसपछि क्रन्ति अनिवार्य हुन्छ । उदाहरणको लागि, रुसमा सन् १९१७ को फेब्रुअरीमा भएको पूँजीवादी क्रान्तिपछि द्वैत सत्ताको अवस्था सृजना भएको थियो । एउटा केरेन्स्कीको नेतृत्वमा वैधानिक सत्ता थियो र अर्को सोभियतहरुको नेतृत्वमा मजदूरहरु, किसानहरु र सैनिकहरुको नयाँ सत्ता थियो । सन् १९१७ को अक्टोबरमा भएको समाजवादी क्रान्तिले सोभियतहरुको सत्तालाई स्थापित ग¥यो र पुरानो वैधानिक सत्तालाई अन्त्य गरिदियो ।
यसरी एउटै समाजभित्र दुई सामाजिक व्यवस्थाहरुको अस्तित्व हुन्छ । पूँजीवादी व्यवस्थाको समानान्तरमा समाजवादी व्यवस्थाको निर्माण समाजबाहिर होइन, समाजभित्रै हुन्छ । त्यसमा जुन–जुन तत्वहरु, वर्गहरु र साधनहरु समाजवादको पक्षमा छन्, तिनीहरुको संयुक्त शक्ति र प्रयत्नद्वारा समाजवादको निर्माण हुन्छ । नयाँ व्यवस्था निर्माण गर्नको लागि आवश्यक पर्ने तत्वहरुमध्ये केही त अहिले नै समानान्तरमा बनेका छन् । उदाहरणको लागि पूँजीवादीहरुको आफ्नै विचारधारा छ र समाजवादीहरुको आफ्नै विचारधारा छ, पूँजीवादीहरुको आफ्नै राजनीतिक संगठन छ र समाजवादीहरुको पनि आफ्नै राजनीतिक संगठन छ र समय–समयमा अलग–अलग सेनाहरु पनि बनेका थिए । अब बाँकी दुई तत्वहरु अर्थतन्त्र र राजनीतिक सत्ताको निर्माण गर्नु आवश्यक छ । यिनै पाँच तत्वहरु विचारधारा, संगठन, सेना, अर्थतन्त्र र राजनीतिक सत्ताको आधारमा समाजवादको निर्माण गर्नसकिन्छ ।
उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास भएपछि श्रमिकहरु उत्पादन क्षेत्रबाट विस्थापति भएका छन् । त्यसकारण अब पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न संभव छैन । त्यसभन्दा बाहिर समानान्तरमा समाजवादको निर्माण गरेर मात्र त्यसलाई ढाल्न सकिन्छ । जब पूँजीवादको विरुद्ध समानान्तार रुपमा समाजवाद अस्तित्वमा आउँछ, तब तिनीहरुको बीचमा संघर्ष हुन्छ । यो संघर्षको कारण पूँजीवाद क्रमशः दुर्बल तथा विघटित हँुदै जान्छ र समाजवाद सबल तथा संगठित हुँदै जन्छ । परिणामस्वरुप अन्तमा एउटा महान सामाजिक क्रान्ति (समाजवादी क्रान्ति) को माध्यमबाट पूँजीवादको पराजय र समाजवादको विजय हुनेछ ।
नयाँ सामाजिक व्यवस्थाको निर्माण नयाँ उत्पादक शक्तिहरुलाई नयाँ उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ हुन्छ । यस क्रममा पुरानो सामाजिक व्यवस्थामा विकसित नयाँ उत्पादक शक्तिलाई नयाँ उत्पादन सम्बन्धमा संगठित गरेर नयाँ सामाजिक व्यवस्थाअन्तर्गत ल्याइन्छ । त्यसकारण नयाँ समाजिक व्यवस्था समाजवादको निर्माण नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिलाई समाजवादी उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ गर्नुपर्दछ । यो कार्यभार पूरा गर्नु वैज्ञानिक समाजवाद निर्माण अभियानको उद्देश्य हो ।
४. अभियानको कार्यक्रम
हरेक सामाजिक व्यवस्थाका निश्चित, आधारभूत संघटकहरु हुन्छन्, जसको आधारमा त्यो अस्तित्वमा, सत्तामा रहन्छ । तिनीहरु हुन्– (१) विचारधारा, (२) संगठन, (३) सेना, (४) राजनीतिक सत्ता र (५) अर्थतन्त्र । त्यसकारण कुनै पनि शासन व्यवस्थालाई ध्वस्त पार्नको लागि यिनै पाँच तत्वहरुको आवश्यकता पर्दछ, तर तिनीहरुको स्वरुप विपरित हुनपर्दछ । यी तत्वहरु नै क्रान्तिका साधन हुन्छन् । यस आधारमा वर्तमान पूँजीवादलाई ध्वस्त पार्नको लागि आवश्यक क्रान्तिका साधनहरु निम्नानुसार हुनेछन्– १) विचारधाराको रुपमा द्वन्द्वात्मक भौतिकवाद, २) संगठनको रुपमा भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण पक्षहरुको संगठन, ३) सेनाको रुपमा जनसेना, ४) राजनीतिक सत्ताको रुपमा जनताको प्रत्यक्ष शासन र ५) अर्थतन्त्रको रुपमा अन्तर्सम्बन्धित अर्थतन्त्र ।
यी साधनहरुको विकास गरेर पूँजीवादको विरुद्ध समानान्तरमा नयाँ सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नुपर्दछ, जसबाट एउटा सामाजिक शक्ति उत्पन्न हुन्छ । त्यही शक्तिले वर्तमान पूँजीवादलाई ध्वस्त बनाउनेछ ।
१) विचारधारा
हरेक सामाजिक व्यवस्थाको आफ्नो एउटा वैचारिक आधार हुन्छ । त्यसलाई ध्वस्त पार्नको लागि त्यसको वैचारिक आधारलाई ध्वस्त पार्नुपर्दछ । उदारहणको लागि, विगतमा सामन्तवादी व्यवस्थाको वैचारिक आधार धार्मिक विचारधारा थियो । त्यसलाई ध्वस्त पार्नको लागि पूँजीवादले भौतिकवादी विचारधारालाई अगाडि ल्यायो । त्यसकारण पूँजीवादी व्यवस्थाको विचारधारा भौतिकवाद हो । अब यसलाई ध्वस्त पार्नको लागि द्वन्द्वात्मक भौतिकवादको आवश्यकता छ । पूँजीवादको विचारधाराको रुपमा रहेको (आएको) भौतिकवाद अधिभूतवादी भौतिकवाद हो । यसले विश्वको अपरिवर्तनशीलताको, यथास्थितिको, पूँजीवादको शाश्वतताको पक्षपोषण गर्दछ । त्यसकारण यसलाई द्वन्द्वात्मक भौतिकवादले विस्थापन गर्दछ, जसले सम्पूर्ण विश्वको गतिशीलता, परिवर्तनशीलताको पक्षपोषण गर्दछ । अधिभूतवादी भौतिकवादको लागि पूँजीवाद नित्य, अपरिवर्तनशील र अनैतिहासिक छ । इतिहास विगतमा थियो, अब पूँजीवादको युगमा छैन । त्यसकारण इतिहासको अन्त्य भयो । यो मानव समाजको तार्किक निष्कर्ष हो, इतिहासको अन्तिम चरण हो । (फुकुयामा,The End of History )
आज पूँजीवादी विचारधारामा अधिभूूतवादी दर्शनका विभिन्न रुपहरु व्याप्त छन्– अस्तित्वाद, शून्यवाद, उपभोक्तावाद, प्रत्यक्षवाद, सारसंग्रहवाद, आदि । यिनीहरु सवैको उद्देश्य पूँजीवादी व्यवस्थालाई सही, निर्विकल्प सिद्ध गर्नु हो ।
यसको विपरित, द्वन्द्वात्मक भौतिकवादको लागि कुनै पनि वस्तु अन्तिम, निरपेक्ष तथा शाश्वत छैन । यसले हरेक वस्तुमा परिवर्तनशील गुण प्रदर्शित गर्दछ । यसको सामु निम्नावस्थाबाट उच्चावस्थातिर जाने अन्तहीन (असीमित) विकासक्रम, उत्पत्ति र विनाशको अनवरत प्रक्रियाबाहेक अरु कुनै वस्तु रहन सक्दैन । यसले अन्तिम, निरपेक्ष सत्य र त्यसअनुरुप मानवजातिका निरपेक्ष अवस्थाहरुका अवधारणाहरुलाई अन्त्य गरिदिन्छ । यसले के मान्दछ भने मानव ज्ञान र समाजका निश्चित अवस्थाहरु निश्चित समय र परिस्थितिको सन्दर्भमा न्यायसंगत हुन्छन् । उत्कृष्ट समाज, उत्कृष्ट राज्य, यी सवै कल्पनाको संसारमा मात्र अस्तित्वमान हुनसक्दछन् । यसको विपरित, सवै सामाजिक व्यवस्थाहरु मानव समाजको निम्नावस्थाबाट उच्चावस्थातिर जाने, अन्तहीन विकासक्रमका केवल अल्पकालीन चरणहरु मात्र हुन् । हरेक चरण आवश्यक हुन्छ । त्यसकारण जुन समय र परिस्थितिहरुको कारण त्यसको उत्पत्ति हुन्छ, तिनीहरुको लागि त्यो उचित हुन्छ । तर नयाँ र उच्चतर परिस्थितिहरुको सामु, जुन विस्तार–विस्तार त्यसको गर्भमा विकसित हुन्छन्, त्यसले आफ्नो वैधता र औचित्य गुमाउँदछ । त्यो आफुभन्दा उच्चतर चरणको लागि स्थान छोड्न बाध्य हुन्छ ।
यस दृष्टिकोणअनुसार पूँजीवाद कुनै शाश्वत, अन्तिम, पूर्ण र निरपेक्ष व्यवस्था होइन, जसरी पूँजीवादीहरुले दावी गर्दछन् । यो पनि विगतका अन्य व्यवस्थाहरुजस्तै मानव समाजको विकासक्रमको एउटा चरण मात्र हो । त्यसकारण यसको अन्त्य सुनिश्चित छ ।
द्वन्द्वात्मक भौतिकवाद निरन्तर विकासको क्रममा छ । यसको विकसित रुप वैज्ञानिक दर्शन हो ।
२) संगठन
राजनीतिक संगठनको कार्य सम्पूर्ण क्रान्तिकारी वर्गहरुलाई (शक्तिहरुलाई) एकताबद्ध गर्नु हो । जब छरिएर रहेका वर्गहरु संगठित हुन्छन्, तब एउटा निर्णायक शक्तिको सृजना हुन्छ ।
विगतमा समाजवादी क्रान्तिको लागि श्रमिक वर्गलाई निर्णायक प्रमुख शक्ति मानिएको थियो र श्रमिक संगठनलाई क्रान्तिको प्रमुख साधन । तर जब उत्पादन क्षेत्रमा विज्ञान–प्रविधिको आगमन भयो र यसले उत्पादन क्षेत्रबाट श्रम–शक्तिलाई विस्थापित ग¥यो, तब श्रमिक वर्गको संख्या घट्न थाल्यो । अहिले श्रमिक वर्ग अत्यन्तै सानो, अल्पसंख्यक छ । त्यसकारण अब यसले समाजवादी क्रान्तिको लागि निर्णायक भूमिका निर्वाह गर्नसक्दैन । र, श्रमिक संगठन निर्णायक साधन हुनसक्दैन । समाजवादी क्रान्तिको लागि निर्माण हुने संगठनमा ती सम्पूर्ण पक्षहरु सम्लग्न हुनुपर्दछ, जुन वर्तमान भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित छन् र जसको मुक्ति समाजवादमा मात्र सम्भव छ । अब श्रमिक संगठनले ती सम्पूर्ण पक्षहरुलाई समेट्न सक्दैन, जुन वर्तमान युगका निर्णायक क्रान्तिकारी शक्ति हुन् । विशेषगरी यसले त्यो पक्षलाई समेट्न सक्दैन, जुन वर्तमान पूँजीवादको अनिवार्य परिणाम हो– अर्थात् उत्पादन क्षेत्रबाट विस्थापित, सीमान्तकृत वर्ग । यही वर्ग वर्तमान युगको वास्तविक क्रान्तिकारी वर्ग (शक्ति) हो । यो वर्ग वर्तमान पूँजीवादी व्यवस्थाको तख्ता नपल्टाई अस्तित्वमा रहन सक्दैन । त्यसकारण नयाँ क्रान्तिकारी संगठन यही वर्गलाई लिएर बन्दछ ।
अब श्रमिक वर्गले समाजवादी क्रान्तिको नेतृत्व गर्नसक्दैन; किनभने एकातिर अहिले यसको आकार सानो भएको छ, र अर्कोतिर वर्तमान समाज श्रम–शक्तिमा आधारित छैन, विज्ञान–प्रविधिमा आधारित छ ।
३) सेना
हरेक शासक वर्गसँग आफ्नो सेना हुन्छ । त्यसले सेनाको बलमा आफ्नो विरोधीलाई दबाउने र आफ्नो सत्ता कायम राख्ने प्रयत्न गर्दछ । त्यसकारण शासक वर्गलाई पराजित गर्नको लागि त्यसको सेनालाई पराजित गर्नु आवश्यक हुन्छ ।
अहिले पूँजीवादीहरुसँग दुई स्तरका सेनाहरु छन्– (१) राष्ट्रिय स्तरको सेना , र (२) अन्तर्राष्ट्रिय स्तरको सेना । राष्ट्रिय स्तरको सेनाको रुपमा उनीहरुको सेना आफ्नो देशको सेना हो । किनभने वर्गीय दृष्टिकोणबाट उनीहरु सत्तारुढ (सत्ताधारी) वर्ग हुन् र पूँजीवादी व्यवस्थाका सम्पूर्ण तत्वहरुले उनीहरुको सेवा गर्दछन् । अन्तर्राष्ट्रिय स्तरको सेनाको रुपमा उनीहरुको सेना नेटो (ल्ब्त्इ) सेना र संयुक्त राष्ट्रसंघको सेना हुन् । (अथवा प्रत्यक्ष रुपमा नेटो सेना र अप्रत्यक्ष रुपमा संयुक्त राष्ट्रसंघको सेना हुन् ।) क्रान्तिकारी वर्गले पूँजीवादी वर्गका यी दुवै सेनाहरुको सामना गर्नु आवश्यक छ । त्यसकारण क्रान्तिकारी वर्गसँग पनि अब राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका दुई प्रकारका सेनाहरु हुनुपर्दछ । र, यी सेनाहरु अत्याधुनिक हतियारले सुसज्जित हुनुपर्दछ, परमाणु बम तथा अन्तर–महादेशीय मिसाइलद्वारा सुसज्जित हुनुपर्दछ । क्रान्तिकारी वर्गले अब राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै स्तरबाट युद्ध लड्नु, संघर्ष गर्नु आवश्यक छ ।
पूँजीवादीहरुले औपचारिक र आधिकारिक सेनाबाहेक अन्य सेनाको अस्तित्व मान्य हुँदैन भनेर यो क्रान्तिकारी सेनाको विरोध गर्न सक्दछन् । तर उनीहरुले आफ्नो विरोधको खण्डन आपंैm गरिरहेका छन् । त्यो हो– नेटो सेनाको अस्तित्व, जुन कुनै आधिकारिक र औपचारिक सेना होइन । यदि उनीहरुले आफ्नो रक्षाको लागि निजी सेना राख्न पाउँछन् भने, अरुले किन नपाउने ?
४) राजनीतिक सत्ता
नयाँ राजनीतिक सत्ताको निर्माण समाजका नयाँ संघटकहरुको रुपमा उत्पन्न भएका समूहहरु र संगठनहरुबाट हुन्छ । उदाहरणको लागि, रुसमा मजदूरहरु, किसानहरु र सैनिकहरुका सोभियतहरु समाजका नयाँ संघटकहरुको रुपमा उत्पन्न भएका थिए र तिनीहरुबाटै नयाँ राजनीतिक सत्ताको निर्माण भएको थियो ।
वर्ग–संघर्ष तबसम्म क्रान्तिमा रुपान्तरित हुँदैन, जबसम्म द्वैतसत्ताको अवस्था सृजना हुँदैन र द्वैतसत्ताको अवस्था तबसम्म सृजना हुँदैन, जबसम्म पुरानो राजनीतिक सत्ताको विरुद्ध समानान्तरमा नयाँ राजनीतिक सत्ताको उदय हुँदैन । नयाँ राजनीतिक सत्ताले पुरानो राजनीतिक सत्तालाई विस्थापित गर्दछ ।
वर्तमान पूँजीवादी राजनीतिक सत्तालाई विस्थापित गर्नको लागि क्रान्तिकारी वर्गसँग यसको विपरित नयाँ राजनीतिक सत्ता हुनु आवश्यक छ । यो राजनीतिक सत्ता संसदीय, प्रतिनिधिमूलक होइन, जुन बुर्जुवा व्यवस्थाको विशेषता हो, त्यसको विपरित यो जनताको प्रत्यक्ष शासनमा आधारित हुन्छ । पूँजीवादी व्यवस्थामा व्यक्तिको अधिकारको आधार योग्तालाई मानिन्छ, त्यसकारण अधिकार स्थापित गर्ने, अधिकार सिद्ध गर्ने विधि प्रतिस्पर्धा हुन्छ । तर समाजवाद हरेक व्यक्तिको अधिकार नैसर्गिक, जन्मसिद्ध हुन्छ । यो एक अर्थमा आदिम साम्यवादको नैसर्गिक अधिकारको पुनरावृत्ति हो, तर उही रुपमा होइन । आदिम साम्यवादको नैसर्गिक अधिकार योग्यतारहित थियो, तर यो समाजवादको नैसर्गिक अधिकार योग्तासहितको छ, किनभने आज कुनै पनि व्यक्ति अयोग्य छैन र कुनै पनि व्यक्ति विशेष योग्यताले सम्पन्न छैन । यो अधिकारको उच्चस्तरमा विकास हो ।
त्यसकारण अब मानिसहरु, जनता, समाजको प्रत्यक्ष शासनमा सहभागी हुन सक्दछन् । यही प्रत्यक्ष शासन नयाँ राजनीतिक सत्ताको रुप हो ।
एउटै देशमा दुई राजनीतिक सत्ताहरु कसरी मान्य हुन्छन् भन्ने प्रश्न पुँजीवादीहरुले उठाउन सक्दछन् । तर यसको बलियो उत्तर ताइवानको अस्तित्व हो, जसलाई चीनको विरोधको बावजुद तिनै पूँजीवादीहरुले मान्यता दिइरहेका छन् ।
५) अर्थतन्त्र
सर्वहारा वर्गको आन्दोलन सम्पूर्ण मानवजातिको मुक्ति–आन्दोलन हो । सर्वहारा वर्ग त्यो अन्तिम उत्पीडित वर्ग हो, जसको स्वतन्त्रता प्राप्तिसँगै वर्गीय समाज अन्त्य हुनेछ । सर्वहारा क्रान्तिबाट पुरानो शोषणमूलक सामाजिक व्यवस्थाको अन्त्य र नयाँ शोषणरहित सामाजिक व्यवस्थाको उदय हुनेछ । तर अहिले सर्वहारा वर्गको आन्दोलन अत्यन्त जटिल र दीर्घकालीन बनेको छ । आफ्नो विकासको क्रममा पूँजीवादले अनेकौं संकटहरुलाई पार गरेर पुनर्जीवन प्राप्त गरेको छ र अझ शक्तिशाली बन्नगएको छ । उन्नाइसौँ शताब्दीको प्रथम संकटबाट बचेर पूँजीवाद साम्राज्यवादमा विकसित भएको थियो । बीसौँ शताब्दीको दोस्रो संकटबाट बचेर यो अहिले भूमण्डलीकृत पूँजीवाद बनेको छ । यसका आधारहरु बहुराष्ट्रिय कम्पनी (ःगतिष्लबतष्यलब िऋयmउबलथ), विश्व व्यापार संगठन (ध्यचमि त्चबमभ इचनबलष्शबतष्यल), विश्व बैंक (ध्यचमि द्यबलप), अन्तर्राष्ट्रिय मुद्रा कोष (क्ष्लतभचलबतष्यलब िःयलभतबचथ ँगलम), आदि विश्वव्यापी संगठनहरु हुन् । यी विश्वस्तरीय संगठनहरुको सञ्जालद्वारा वर्तमान पूँजीवाद एकीकृत र सशक्त भएको छ । अर्कोतिर, सर्वहारा वर्ग विखण्डित र कमजोर भएको छ । उसको प्रतिरोध शक्ति प्रभावहीन भएको छ । फलस्वरुप उसको आन्दोलन शिथिल बन्नपुगेको छ ।
यो अवस्था सिर्जना हुनुको कारण विज्ञान–प्रविधिको उच्चतम विकास हुनगएको छ । पूँजीवादले पहिलो संकटलाई साम्राज्यवादको सहायताबाट पार गरेको थियो र यसले दोस्रो संकटलाई विज्ञान–प्रविधिको सहायताबाट पार गरेको छ । विज्ञान–प्रविधिको उपयोग गरेर अन्तर्राष्ट्रिय स्तरका आर्थिक संगठनहरुको माध्यमबाट भूमण्डलीकृत पूँजीवादले सम्पूर्ण विश्वको अर्थतन्त्रलाई आफ्नो नियन्त्रणमा लिएको छ । यसबाट पूँजीपतिहरुको आपसी संघर्ष तथा पूँजीपति वर्ग र सर्वहारा वर्गको बीचको संघर्ष दुवै शिथिल हुनगएका छन् । फलस्वरुप पूँजीवाद एक हदसम्म संकटमुक्त भएको छ ।
यसबाट अनिवार्य रुपमा एउटा निष्कर्ष निस्कन्छ– सर्वहारा वर्गको लागि आफ्नो स्वायत्त अर्थतन्त्रको आवश्यकता छ ।
यो अर्थतन्त्र निर्माणको लागि अहिले तीन अवस्थाहरु विद्यमान छन् । पहिलो, सर्वहारा वर्ग उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । उत्पादन प्रक्रियामा भएको आमूल परिवर्तनले मानव श्रमलाई विस्थापित गरेको छ । मानव श्रमको स्थान विज्ञान–प्रविधिले लिएको छ । फलस्वरुप सर्वहार वर्ग (श्रमिक वर्ग) उत्पादन क्षेत्रबाट विस्थापित भएको छ । त्यसकारण अब उसले आफ्नो अस्तित्वको लागि आफ्नो स्वायत्त अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ । दोस्रो, विज्ञान–प्रविधिको उच्च विकास भएको छ । वर्तमान युगमा विज्ञान–प्रविधिको विकास अत्यन्त उच्च स्तरमा भएको छ । फलस्वरुप विज्ञान–प्रविधि एउटा स्वायत्त उत्पादक शक्तिमा रुपान्तरण भएको छ । यसले प्राकृतिक शक्तिहरुजस्तै निःशुल्क सेवा प्रदान गर्दछ । तर यसलाई पूँजीपति वर्गले एकाधिकारी रुपमा प्रयोग गरेको छ र श्रमिक वर्गको विरुद्ध संघर्षको साधन बनाएको छ । त्यसकारण यो नयाँ उत्पादक शक्तिको रुपमा आएको विज्ञान–प्रविधिलाई उपयोग गर्नको लागि सर्वहारा वर्गले आफ्नो अर्थतन्त्र निर्माण गर्नुपर्दछ । र तेस्रो, भूमण्डलीकृत पूँजीवादले आर्थिक हस्तक्षेप गर्दछ । पुरानो साम्राज्यवादले प्रत्यक्ष रुपमा राजनीतिक हस्तक्षेप गर्दथ्यो । त्यसलाई उपनिवेशहरुको मुक्ति–आन्दोलनले अन्त्य गरिदियो । भूमण्डलीकृत पूँजीवादको रुपमा उदाएको नयाँ साम्राज्यवादले आर्थिक हस्तक्षेप गर्दछ । त्यसकारण यसलाई अन्त्य गर्न सर्वहारा वर्गले आफ्नो अर्थतन्त्रको निर्माण गर्नु आवश्यक छ ।
उत्पादन क्षेत्रबाट विस्थापित सर्वहारालगायत सम्पूर्ण उत्पीडित वर्गले क्रान्ति सम्पन्न हुनुभन्दा अगाडि, क्रान्ति सम्पन्न गर्नकै लागि, पूँजीवादी अर्थतन्त्रको समानान्तरमा आफ्नो स्वायत्त अर्थतन्त्रको निर्माण गर्नुपर्दछ र त्यसलाई स्थानीय स्तरबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विस्तार तथा विकास गर्नुपर्दछ । यो अर्थतन्त्रको उपस्थितिमा एकातिर, पूँजीवादी अर्थतन्त्रको आकार घट्नेछ र त्यो कमजोर हुनेछ । अर्कोतिर, उत्पीडित वर्गले आफ्नो विकास र विस्तारको आधार भेट्टाउनेछ । त्यसैगरी विज्ञान–प्रविधिमाथि पूँजीपति वर्गको एकाधिकार पनि समाप्त हुनेछ । यो अर्थतन्त्र नै भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण वर्गहरुको एकताको माध्यम, सशक्तिकरणको आधार र विश्वव्यापी पूँजीवादको विरुद्ध संघर्षको साधन हुनेछ ।
त्यसकारण विश्वव्यापी पूँजीवादी अर्थतन्त्रको विरुद्ध भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण पक्षहरु सम्मिलित समानान्तर स्वायत्त अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो ।
वर्तमान भूमण्डलीकृत पूँजीवादको विरुद्ध बन्ने समाजवादी अर्थतन्त्र (क्रान्तिकारी अर्थतन्त्र) विज्ञान–प्रविधिमा आधारित, एकीकृत र भूमण्डलीकृत हुनुपर्दछ ।
एकीकरणका तीन चरणहरु र स्वरुपहरु छन् । प्रथम चरणमा समान प्रकारका उद्यमहरुको संघबद्धता हुन्छ, दोस्रो चरणमा भिन्न प्रकारका तर परिपूरक उद्यमहरुको संघबद्धता हुन्छ र तेस्रो चरणमा सम्पूर्ण उद्यमहरुको संघबद्धता हुन्छ । जुन प्रक्रिया र चरणबाट एकीकृत पूँजीवादीमा एकीकरण भएको छ, त्यही प्रक्रिया र चरणबाट समाजवादमा एकीकरण हुनसक्दछ– (१) सिण्डिकेट, (२) कार्टेल र (३) कर्पोरेशन । तर सिण्डिकेट, कार्टेल र कर्पोरेशन पूँजीवादका संयन्त्रहरु हुन्, त्यसकारण यिनीहरु समाजवादमा प्रकट हुँदैनन् । समाजवादमा यिनीहरु एकीकरणका चरण र प्रक्रियाको रुपमा परिणत हुन्छन् ।
त्यसैगरी यो अर्थतन्त्र विज्ञान–प्रविधिमा आधारित हुनुपर्दछ, किनभने वर्तमान युगको (समाजको) प्रमुख उत्पादक शक्ति विज्ञान–प्रविधि हो । र, यो भूमण्डलीकृत हुनुपर्दछ ।
५. अभियानको संरचना
यो अभियानको संरचना प्रत्यक्ष जनवादमा आधारित हुन्छ । यसमा प्रमुख तीन संरचनाहरु हुन्छन्– (१) आर्थिक संरचना, (२) सामाजिक संरचना र (३) सांगठनिक संरचना (राजनीतिक संरचना) ।
१) आर्थिक संरचना
ऐतिहासिक भौतिकवादका अनुसार आर्थिक प्रणाली सम्पूर्ण समाजको आधार हो । हरेक सामाजिक व्यवस्था आर्थिक प्रणालीको आधारमा निर्माण हुन्छ । र, आर्थिक प्रणाली उत्पादक शक्तिको अनुरुप बन्दछ । अर्थात्, आर्थिक प्रणालीले सामाजिक व्यवस्थाको स्वरुपलाई निर्धारण गर्दछ । किनभने समाजको भौतिक तत्व नै अर्थतन्त्र हो ।
आर्थिक प्रणालीका दुई पक्षहरु हुन्छन्् । तिनीहरु हुन्– (१) उत्पादक शक्ति र (२) उत्पादन सम्बन्ध ।
(१) उत्पादक शक्ति
मानवीय आवश्यकता पूरा गर्नको लागि गरिने आवश्यक पर्ने वस्तु तथा सेवा, जुन तत्वबाट प्राप्त हुन्छ, त्यसलाई उत्पादक शक्ति भनिन्छ । उत्पादक शक्ति मानवश्रम, उत्पादनका साधन र उपकरणको समष्टिगत रुप हो । वर्तमान युगमा विज्ञान–प्रविधि प्रमुख उत्पादक शक्तिको रुपमा विकसित भएको छ । त्यसकारण मानवजातिले वैज्ञानिक समाजवाद निर्माणको लागि विज्ञान–प्रविधिलाई प्रमुख उत्पादक शक्तिको रुपमा उपयोग गर्नु अनिवार्य भएको छ ।
(२) उत्पादन सम्बन्ध
उत्पादक शक्तिको आधारमा बनेको सामाजिक संरचनालाई उत्पादन सम्बन्ध भनिन्छ । उत्पादन सम्बन्धले उत्पादक शक्तिलाई उपयोग गरेर उत्पादन गर्ने मानवीय सम्बन्धको भूमिका निर्वाह गर्दछ । उत्पादक शक्तिमा आधारित भएर नै उत्पादन सम्बन्धको निर्माण हुन्छ । त्यसकारण उत्पादक शक्तिमा आउने परिवर्तनले अनिर्वाय रुपमा उत्पादन सम्बन्धलाई पनि परिवर्तन गर्दछ ।
उत्पादन सम्बन्धमा चार आधारभूत तत्वहरु निहित हुन्छन्– (१) उत्पादन, (२) विनिमय, (३) वितरण र (४) उपभोग ।
मानवीय आवश्यकता पूरा गर्न आवश्यक पर्ने वस्तु तथा सेवा सिर्जना गर्ने प्रक्रियालाई उत्पादन भनिन्छ । अलग–अलग आवश्यक वस्तु तथा सेवालाई साटासाट वा आदानप्रदान गर्ने प्रक्रियालाई विनिमय भनिन्छ । उत्पादन प्रक्रियामा संलग्न पक्षहरुको बीचमा उत्पादनको प्रतिफल भूमिकाअनुसार भागबण्डा वा विभाजनलाई वितरण भनिन्छ । उत्पादित वस्तु तथा सेवाबाट मानवीय आवश्यकता पूरा गर्ने प्रक्रियालाई उपभोग भनिन्छ ।
समाजवादी आर्थिक प्रणालीमा यी चारवटै तत्वहरु एउटै सामाजिक व्यवस्थाभित्र समावेश हुनुपर्दछ । त्यसकारण हामीले समाजवादी अर्थव्यवस्था निर्माण गर्दा उत्पादनका यी चारवटै तत्वहरु एउटै व्यवस्थाअन्तर्गत संचालन गर्नुपर्ने हुन्छ । यसरी अर्थव्यवस्थाको निर्माण गर्दा प्रमुख उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिलाई लिइन्छ र आर्थिक स्वामित्व समुदायमा रहने व्यवस्था गरिन्छ । यसबाट पँुजीवादमा हुने निजी स्वामित्व र विगतमा समाजवादमा गरिएको राष्ट्रियकरण दुवैको अन्त्य हुन्छ र सामाजिक स्वामित्व स्थापित हुन्छ ।
२. सामाजिक संरचना
व्यक्तिहरु मिलेर समूह बन्दछ र समूहहरु मिलेर समाज बन्दछ । यस्ता समूहहरु मूलतः चार प्रकारका छन्– १) वर्ग, २) समुदाय, ३) जात÷जाति र ४) समूह ।
यी समूहहरुलाई दुई भागहरुमा विभाजन गर्नसकिन्छ– १) उत्पादक समूह र २) गैर–उत्पादक समूह । उत्पादक समूहमा वर्गहरु पर्दछन् र गैर–उत्पादक समूहहरुमा जाति, समुदाय र समूह पर्दछन् ।
१) वर्ग– मानवीय आवश्यकता पुरा गर्न आवश्यक पर्ने भौतिक साधनको उत्पादन गर्नको लागि बन्ने मानवीय सम्बन्ध नै वर्ग हो । हामीले विकास गर्ने समानान्तर सामाजिक व्यवस्था (वैज्ञानिक समाजवाद) भित्र शोषक र शोषित वर्ग रहनेछैनन् । तर वर्गहरु व्यक्तिको स्वनिर्मित संरचनामा सहभागी बन्ने समुदाय हुनेछन् । उदाहरणको लागि किसान, मजदुर, शिक्षक, बु्िरद्धजीवी, संस्कृतिकर्मी, इत्यादि ।
(१) दलाल पूँजीपति वर्ग– विगतका सामन्तवर्ग, नोकरशाही पूँजीपति वर्ग र दलाल पूँजीपति वर्ग अन्तर्घुलित भएर भू–मण्डलीकृत पूँजीवादको मातहतमा दलाल पूँजीपति वर्ग बनेको छ । दलाल पूँजीपति वर्ग अनुत्पादनशील हुन्छ । यसले पूँजीवादको विकासलाई समेत अवरुद्ध गर्दछ । भू–मण्डलीकृत पूँजीवादको प्रतिनिधि भएको हँुदा राष्ट्रिय अर्थतन्त्रको निर्माणमा यसले अवरोध पु¥याउँदछ । त्यसकारण यो वर्ग नै आजको प्रमुख शत्रु वर्ग हो । निगम पूँजीवादको प्रतिनिधि भएकोले यसले राष्ट्रिय स्वाधीनताको रक्षा गर्नसक्दैन । बरु यसले देशलाई नवऔपनिवेशिक नै बनाइराख्छ ।
(२) मध्यम वर्ग– मध्यम स्तरको आर्थिक अवस्था, व्यावसायिक अवस्था र पेशागत अवस्थाको आधारमा निर्माण भएको वर्गलाई ‘मध्यमवर्ग’ भनिन्छ । यसअन्तर्गत साना व्यापारी, साना उद्योगी, कर्मचारी, इन्जिनियर, स्वास्थ्यकर्मी, विभिन्न पेशाकर्मी, इत्यादि पर्दछन् । यो वर्ग अग्रगामी विचार र नेतृत्व पाएको खण्डमा सामाजिक रुपान्तरण अथवा क्रान्तिको सहयोगी बन्नसक्दछ । आफ्नो संकटग्रस्त आर्थिक अवस्थाको कारण यो वर्ग क्रान्तिको लागि मित्रशक्ति हुन्छ ।
(३) सर्वहारा वर्ग– नियमित श्रमको प्रक्रियामा रहेको वर्ग सर्वहारा श्रमिक वर्ग हो । उत्पादन क्षेत्रबाट श्रम क्रमशः विस्थापनको प्रक्रियामा भएको हुँदा यो वर्गको आकार घटिरहेको छ । यो वर्गको जीविकोपार्जन श्रममा आधारित हुन्छ । विगतको सर्वहारा क्रान्तिको लागि प्रमुख क्रान्तिकारी शक्ति भएको यो वर्गको भूमिका वर्तमान क्रान्तिको प्रक्रियामा गौण भएको छ ।
(४) विस्थापित वर्ग– प्रमुख उत्पादक शक्तिको रुपमा आएको विज्ञान–प्रविधिको कारण उत्पादन क्षेत्रबाट मानव श्रम निरन्तर विस्थापित हुँदै गएको छ । विज्ञान–प्रविविधमा आएको असाधारण क्रान्तिले पहिलो चरणमा शारीरिक श्रम गर्ने श्रमिकहरुलाई उत्पादन क्षेत्रबाट विस्थापन गरेर सडकमा फ्याँकिदिएको थियो । दोस्रो चरणमा कुशल श्रमबाट पनि श्रमिकहरु विस्थापित भए । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (ब्क्ष्) ले बौद्धिक श्रम गर्ने श्रमिकहरुलाई पनि उत्पादनको क्षेत्रबाट विस्थापित गरिरहेको छ । यसरी उत्पादन क्षेत्रबाट मानव श्रमको विस्थापनको कारणले बहुसंख्यक मानिसहरु श्रमको क्षेत्रबाट विस्थापित भएका छन् । यसबाट एउटा नयाँ वर्गको उदय भएको छ, जसलाई ‘विस्थापित वर्ग’ भन्न सकिन्छ । विश्वभरि विस्थापित वर्गको संख्या निरन्तर बढिरहेको छ । यो वर्ग सदाका लागि रोजगारीबाट फ्याँकिएको हुँदा वर्तमान क्रान्तिप्रक्रियाको अनिवार्य वर्ग र प्रमुख शक्ति बनेकोे छ । पूँजीवादीहरुको कब्जामा रहेको विज्ञान–प्रविधिलाई विस्थापित वर्गको स्वामित्वमा ल्याएर मात्र वर्तमान क्रान्तिको कार्यभार पूरा गर्नसकिन्छ ।
२) समुदाय– गैर–उत्पादकमूलक समान सामाजिक चरित्र भएका मानिसहरुको समूहलाई समुदाय भनिन्छ । उदाहरणको लागि महिला, दलित, युवा, इत्यादि ।
३) जाति– एउटै नश्ल, भाषा, संस्कृति, क्षेत्र र पहिचान भएका मानिसहरुको समूहलाई जाति भनिन्छ । उदाहरणको लागि राई, लिम्बु, तामाङ, मगर, गुरुङ, थारु, ब्रह्मण, क्षेत्री, विश्वकर्मा, भोजपुरा, मिथिला, इत्यादि ।
४) समूह– निश्चित सांस्कृतिक, धार्मिक र सामाजिक उद्देश्यले संगठित निश्चित मानिसहरुको समूहलाई समूह भनिन्छ । उदाहरणको लागि हिन्दु, बौद्ध, मुस्लिम, गुठी, जैन, रेडक्रस, जेसिज, इत्यादि ।
विभिन्न उत्पीडित जातिहरु र समुदायहरुलाई उत्पीडनबाट मुक्त गर्नको लागि सामूहिक प्रयत्न गर्न वैज्ञानिक समाजवाद निर्माण अभियानमा संगठित गरिन्छ ।
वर्तमान विश्वमा सर्वहारा वर्गको आकार घट्दै गएको छ । त्यसको सट्टा मध्यम वर्ग र विस्थापित वर्गको आकार बढ्दै गएको छ । मध्यम वर्ग, श्रमिक वर्ग र विस्थापित वर्गलाई पूँजीवादको विरुद्ध समाजवादको निर्माण प्रक्रियामा संगठित गरिन्छ ।
वर्तमान समाजको प्रमुख शत्रु दलाल पूँजीपति वर्ग हो । किनभने यसले भू–मण्डलीकृत पूँजीवादको प्रतिनिधिको भूमिका निर्वाह गर्दछ । त्यसकारण यो वर्गलाई वैज्ञानिक समाजवादको निर्माण प्रक्रियामा निषेध गरिन्छ ।
समष्टिमा भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित सम्पूर्ण वर्गहरु, जातिहरु, समुदायहरु र समूहहरु वैज्ञानिक समाजवाद निर्माण अभियानका अनिवार्य संघटक अंगहरु हुनेछन् ।
३) सांगठिनक संरचना
वर्गीय समाजको उदयसँगै वर्ग–संघर्ष तीव्र भएपछि विरोधी वर्गलाई नियन्त्रण गर्न राज्यसत्ताको उदय भएको थियो । राज्यसत्ताको उदयसँगै आफ्नो सत्ता र वर्गस्वार्थको रक्षाको लागि सोही अनुकूलको राजनीतिक प्रणाली विकसित हँुदै गयो । अलग–अलग सामाजिक व्यवस्थामा वर्गहरु पनि अलग–अलग हुने हँुदा राजनीतिक प्रणाली पनि सोही अनुरुप अलग–अलग हुन्छन् । उदाहरणको लागि दास व्यवस्थामा दासमालिकहरुको राज्यसत्ता निर्माण भएको थियो । सामन्तवादमा सामन्त वर्गको स्वार्थ पूरा गर्ने राज्यसत्ता निर्माण भयो । पूँजीवादमा पूँजीपतिहरुको राज्यसत्ता निर्माण भयो । त्यसपछि आएको वा आउने सामाजिक व्यवस्था वैज्ञानिक समाजवादमा पनि एउटा निश्चित वर्गको राज्यसत्ता निर्माण हुन्छ ।
निश्चित वर्गको प्रतिनिधित्व गर्नको लागि एउटा राजनीतिक संगठनको निर्माण अनिवार्य हुन्छ । वैज्ञानिक समाजवादी व्यवस्थामा समाजवादका पक्षधर वर्गहरुको प्रतिनिधित्व गर्नको लागि अलग राजनीतिक संगठन आवश्यक छ । विगतको समाजवादी अभ्यासमा संगठनको केन्द्रीकृत स्वरुपको कारण सर्वहारा वर्गले राजनीतिक अधिकारको उपयोग गर्न सकेन । परिणामस्वरुप राज्यसत्ता नै प्रमुख भयो । त्यसकारण अब बन्ने वैज्ञानिक समाजवादी व्यवस्थामा सम्पूर्ण राजनीतिक अधिकार सर्वहारा र उत्पीडित वर्गमा अन्तर्निहित हुने र त्यसको प्रयोग पनि उनीहरुले नै गर्ने व्यवस्थाको निर्माण गर्नुपर्दछ ।
वैज्ञानिक समाजवाद निर्माण अभियानको राजनीतिक प्रणालीअन्तर्गत राजनीतिक संगठनको संरचना यसप्रकार हुनेछ । राजनीतिक संगठनमा दुईवटा सांगठनिक पक्षहरु रहनेछन्– (१) सार्वभौम संगठन र (२) अभियान समिति ।
(१) सार्वभौम संगठन
जनताको सम्पूर्ण राजनीतिक अधिकार अन्तर्निहित हुने संगठन सार्वभौम संगठन हो । यसमा किसान संगठन, मजदूर संगठन, आदि पर्दछन् ।
सार्वभौम संगठनका विशेषताहरु:
(क) कार्यकारी– सार्वभौम संगठनले सम्पूर्ण निर्णय र त्यसको कार्यान्वयन गर्नेछ ।
(ख) उत्पादनमूलक– सार्वभौम संगठन उत्पादनमा आधारित हुनेछ ।
(ग) जनवर्गीय– केही सार्वभौम संगठनहरु जनवर्गीय हुनेछन् । यी संगठनहरु उत्पादकमूलक नहुन पनि सक्छन् । उदाहरणको लागि महिला, दलित, युवा, आदि ।
(घ) अनिवार्य संरचना– सार्वभौम संगठनमा सम्बन्धित क्षेत्रका सम्पूर्ण व्यक्तिहरु अनिवार्य सदस्य हुनुपर्दछ । सार्वभौम संगठनमा बढीमा दुई वर्षका लागि सार्वभौम सगठनको १० प्रतिशत सदस्य अभियानबाहिरका पनि हुन सक्दछन् ।
सावभौम संगठनको संरचना
१) सार्वभौम संगठनमा न्युनतम २० देखि अधिकतम १०० सम्म सदस्यहरु हुनेछन् ।
२) सार्वभौम संगठनमा सम्बन्धित समितिले नै चक्रीय प्रणालीमा आधारित एक–तिहाईको व्यवस्थापन सचिवालयको निर्माण गर्नेछ । व्यवस्थापन सचिवायलमा एक संयोजक र एक सचिव रहनेछन् । व्यवस्थापन समितिले बैठक, सूचना, संयोजनलगायतको कार्य गर्नेछ । व्यवस्थापन समितिले कुनै पनि कार्यकारी निर्णय गर्नसक्दैन ।
३) सार्वभौम संगठनका सदस्यहरु उत्पादनको एउटै प्रकृतिमा आधारित हुन्छन् ।
४) सार्वभौम संगठनको हरेक निर्णय सर्वसम्मत वा बहुमतको आधारमा गरिनेछ ।
५) सार्वभौम संगठनले अभियानको केन्द्रीय, प्रदेश र जिल्ला समितिमा आवश्यक संख्यामा आफ्ना प्रतिनिधिहरु चयन गरी पठाउनेछ ।
(२) अभियान समिति
वैज्ञानिक समाजवाद निर्माण प्रक्रियामा सार्वभौम संगठनहरुको संयोजन र राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्नको लागि अभियान समितिको आवश्यकता पर्दछ । अभियान समिति चार तहको हुनेछ– (१) गाउँ वा नगर समिति (२) जिल्ला समिति, (३) प्रदेश समिति र (४) केन्द्रीय समिति ।
अभियान समितिको संरचना
अभियान समितिका सबै सदस्यहरु सार्वभौम संगठनबाट निर्वचित भएर आउनेछन् । अभियान समितिका सदस्यहरुमध्येबाट एकजना संयोजक र एकजना सचिव निर्वाचित हुनेछन् र एक–तिहाई सदस्यहरुको सचिवालय बन्नेछ । सचिवालयमा हरेक वर्ष आधा सदस्यहरु चक्रीय प्रणालीद्वारा हेरफेर गर्ने व्यवस्था गरिनेछ । संयोजक र सचिवको कार्यकाल २ वर्षको हुनेछ । संयोजक र सचिव लगातार दोस्रो कार्यकालको लागि दोहोरिनेछैनन् ।
समाज विकासको क्रममा पुरानो सामाजिक व्यवस्थाबाट नयाँ सामाजिक व्यवस्थाको जन्म हुन्छ र केही समयसम्म तिनीहरु समानान्तरमा सँगसँगै अस्तित्वमा रहन्छन् । त्यसपछि पुरानो सामाजिक व्यवस्था र नयाँ सामाजिक व्यवस्थाको बीचमा संघर्ष सुरु हुन्छ । तब पुरानो सामाजिक व्यवस्थाको विघटन र नयाँ सामाजिक व्यवस्थाको विकास आरम्भ हुन्छ । फलस्वरुप अन्ततः पुरानो सामाजिक व्यवस्थाको अन्त्य र नयाँ सामाजिक व्यवस्थाको स्थापना हुन्छ । यो प्रक्रिया एउटा महान सामाजिक क्रान्तिको माध्यमबाट सम्पन्न हुन्छ ।
प्राचीन कालमा गोत्र व्यवस्थाबाट दास व्यवस्थाको उत्पत्ति भएको थियो । केही अवधिसम्म तिनीहरू समानान्तरमा अस्तित्वमा रहेका थिए । त्यसपछि गोत्र व्यवस्थाको अन्त्य र दास व्यवस्थाको स्थापना भएको थियो । मध्यकालमा सामन्तवादी व्यवस्थाबाट पूँजीवादी व्यवस्थाको उत्पत्ति भयो र केही अवधिसम्म तिनीहरू समानान्तर रूपमा अस्तित्वमा रहे । त्यसपछि तिनीहरूको बीचमा संघर्ष शुरू भयो । फलस्वरूप अन्त्यमा एउटा सामाजिक क्रान्ति, पूँजीवादी क्रान्तिको माध्यमबाट सामन्तवादी व्यवस्थाको अन्त्य र पूँजीवादी व्यवस्थाको पूर्ण आधिपत्य स्थापित भयो ।
हरेक नयाँ सामाजिक व्यवस्थाको उत्पत्तिको कारण नयाँ उत्पादक शक्तिको विकास हो । प्राचीन गोत्र समाजबाट दासव्यवस्थाको उत्पत्तिको कारण उत्पादक शक्तिको रुपमा मानव श्रमको विकास थियो । दासव्यवस्थाबाट सामन्तवादको उत्पत्तिको कारण उत्पादक शक्तिको रुपमा भूसम्पत्तिको विकास थियो । मध्यकालकोे सामन्तवादबाट पूँजीवादको उत्पत्तिको कारण उत्पादक शक्तिको रुपमा पूँजीको विकास थियो । त्यसैगरी वर्तमान पूँजीवादबाट समाजवादको उत्पत्तिको कारण उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास हो ।
त्यसकारण पूँजीमा आधारित वर्तमान सामाजिक व्यवस्था पूँजीवादको विरुद्धमा नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नु वर्तमान युगको अनिवार्य ऐतिहासिक आवश्यकता हो । पूँजीवादको विरुद्ध समानान्तर रुपमा समाजवाद अस्तित्वमा आएपछि तिनीहरुको बीचमा संघर्ष (द्वन्द्व) सुरु हुन्छ । यो संघर्षबाट पूँजीवाद क्रमशः कमजोर र विखण्डित हुँदै जान्छ र समाजवाद सबल र संगठित हँुदै जान्छ । अन्ततः महान समाजवादी क्रान्तिद्वारा पूँजीवादको अन्त्य र समाजवादको पूर्ण विजय हुन्छ ।
वर्तमान युगमा मानव मुक्तिको एकमात्र शर्त हो– भूमण्डलीकृत पूँजीवादको अन्त्य । यो ऐतिहासिक कार्यभार पूरा गर्नको लागि ‘वैज्ञानिक समाजवाद निर्माण अभियान’ सुरु भएको छ ।
भूमण्डलीकृत पूँजीवादबाट उत्पीडित विश्वका सम्पूर्ण वर्गहरु एक होऊँ !