कृष्णदासले अन्तिम भेटमा भन्नुभयोः आन्दोलनको कुरा गरौँ


कमरेड कृष्णदास श्रेष्ठको ०७६ फागुन ११ गते निधन भएको थियो ।कमरेड कृष्णदास श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता, माक्र्सवादी सिद्धान्तका व्याख्याता, विचारक तथा चिन्तक, लेखक, अनुवादकको बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित रहेका छन् । २०१० सालमा कम्युनिस्ट पार्टीमा संगठित हुन पुगेका नेता कृष्णदास श्रेष्ठले जीवनका करिब ७ दशक कम्युनिस्ट आन्दोलनमा व्यतित गरेका थिए । उनले अनुवाद गरेका माक्र्सवादी विचार, राजनीति तथा साहित्यसँग सम्बन्धित पुस्तकहरु र उनका मौलिक रचनाहरुलाई आधिकारिक र प्रामाणिक कृतिको रुपमा लिने गरिन्छ । उनीसँगको अन्तिम भेटमा कम्युनिस्ट नेता बलराम थापालाई कृष्णदासले भनेको तीन वटा कुरा उनले आफ्नो फेसबुमा यसरी पोष्ट गरेका छन्ः

पिताजिको निधन भएको नवौ दिन अस्पतालको शय्याबाट कमरेड कृष्णदाशको फोन आयो । बोली अस्पष्ट भएको कारण मैले कुरा बुझ्नसकिन । महालक्ष्मी भाउजुले फोन लिनुभयो र भन्नुभयोएकपटक उहाँ तपाईंलाई भेटन चाहनुहुन्छ । शुद्दी कर्म सकिएको अर्को दिन ञमाडसाबझ अर्थात कमरेड श्रेष्ठलाई अस्पताल भेटन गएँ । त्यो अन्तिम भेटमा बोल्न असहज हुँदाहुँदै पनि तीनवटा महत्त्वपूर्ण कुरा राख्नुभयो ।

१) बिरामी हुँदा भेट्न आउँने कमरेडहरूले पारिवारिक भन्दा पनि आन्दोलनको बारेमा कुरा गरिदिए हुन्थ्यो । बिचार र राजनीतिको बारेमा छलफल गरिदिए हुन्थ्यो, यहाँ त धेरैजसो पारिवारिक कुरा हुन्छ । यसले हाम्रो आन्दोलनको बैचारिक अबस्थालाई उजागर गरेको छ ।

२) नेपालको कम्युनिस्ट आन्दोलनको वास्तविक इतिहास लेखिएको छैन, समाज परिवर्तनको खातिर कम्युनिस्टहरूले खेलेको भूमिका र बलिदानका गाथाहरू प्रष्ट झल्काउने गरि इतिहास लेखन जरुरी छ ।

३) कम्युनिस्ट आन्दोलनमा लागेकाहरूले परिवारलाई पनि पार्टीमा संगठित गर्न अनिवार्य हुन्छ ।

वरिष्ठ मार्क्सवादी चिन्तक कमरेड कृष्णदास भौतिक रूपमा हामीबीच रहनुभएन । नेपाली कम्युनिस्ट आन्दोलनको पहिलो पुस्ताका अत्यन्तै निष्ठावान अभिभावकप्रती सच्चा श्रद्धाञ्जली उहाँले देखाएको सुन्दर र गौरवमय वाटोमा हिडने कोसिस गर्नु नै हुनेछ ।


प्रकाशित : २०७९ फाल्गुन ११, बिहीबार १६:०१ गते

ताजा समाचार