प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा सभामुख सापकोटाले परामर्श गरिरहेका छन् । छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन् । प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा सभामुख सापकोटाले परामर्श गरिरहेका छन् ।
प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार १०:३२ गते