उपत्यकामा एक साता निषेधाज्ञा थपियो, किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द साग–सब्जी पसल खोल्न पाइने


उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकपछि थप एक साता कडा निषेधाज्ञा लगाउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।


प्रकाशित : २०७८ जेष्ठ ११, मंगलवार १२:४५ गते

ताजा समाचार