नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) ले आज एक विज्ञप्ती जारी गरी सगरमाथा हिमाल आरोहणको क्रममा रहेका पर्यटक तथा मजदुरहरुको उद्दार गर्न माग गरेको छ । अध्यक्ष राजकाजी तिवारीले विज्ञप्ती जारी गदै सरकार संग उक्त माग गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा श्रमिक र पर्वतारोहीहरुको जीवन रक्षा सरकारको मुख्य जिम्मेवारी हो । यदि समयमै यसतर्फ ध्यान पुर्याउन नसकेर अकल्पनीय घटना घट्यो भने सोको जिम्मा स्वयं नेपाल सरकारले नै लिनु पर्ने छ ।’ साथै, उद्धार तुरुन्त हुनुपर्ने माग गर्दै विज्ञप्तीमा भनिएको छ, ‘उद्धारको निमित्त तुरुन्त आवश्यक पहलकदमी अगाडी बढाउन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग), नेपाल सरकार र सम्बन्धित निकायहरुसंग जोडदार माग गर्दछ ।’ पछिल्लो केही दिनदेखि देशैभर लगातार पानी परिरहेको छ । जसले गर्दा नेपालको हिमाली क्षेत्रमा भारी मात्रामा हिउँ परिरहेको छ । र, देशका धेरै ठाउँमा जनजीवन प्रभावित भएको
जारी विज्ञप्ती
मिति २०७८ ०२ १४
प्रेस विज्ञप्ती
बितेको २४ घण्टा देखी देशभर लगातार पानिपरिरहेको छ । नेपालको हिमाली क्षेत्रमा भारी मात्रामा हिउँ परिरहेको छ । त्यसको कारण जनजीविका प्रभावित मात्र भएको छैन । निकै विषम परिस्थिती सृजना भएको छ । सगरमाथा हिमालको आरोहणको क्रममा रहेका करीव ५०० जना जती प्रवताराही तथा श्रमिकहरु द्रोस्रो क्याम्पमा रोकिनु परेको अवस्था छ । अझ केही समय निरन्तर मौसम विग्रने अवस्था देखिन्छ । सगरमाथा हिमालको द्रास्रो क्याम्पमा रहेका श्रमिक र पर्वतारोहीको जीवन सुरक्षा गर्न अतिआवश्यक छ । यस्तो विषम परिस्थीमा श्रमिक र पर्वतारोहीको जीवन रक्षा सरकारको मुख्य जिम्मेवारी हो । यदी समयमै यसतर्फ ध्यान पुप्याउन नसकेर अकल्पनीय घटनाघट्यो भने सोको जीम्मा स्वयम नेपाल सरकारलेनै लिनु पर्ने छ । जसको कारण उद्दारको निमित्त आवश्यक पर्ने पहलकदमी तुरुन्तै अगाडी बढाउन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) नेपाल सरकार र सम्वन्धित निकायहरु संग जोडदार माग गर्दछ ।
सहयोग र समन्वयकारी भुमिकाको अपेक्षा सहित धन्यवाद
रामकाजी तिवारी प्रयास
अध्यक्ष