टी–२० क्रिकेट शृंखला: नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य


काठमाडौं । ‘डेब्युट्यान्ट’ माइकल लेभिटको अर्धशतकप्रेरित नेदरल्यान्ड्सले त्रिदेशीय शृंखलामा घरेलु टिम नेपालसामु १८५रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको डच टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८४ रनको योगफल खडा गर्यो ।


प्रकाशित : २०८० फाल्गुन १६, बुधबार १३:१३ गते

ताजा समाचार