तीन दलबाट बन्दै छन् यी तीन मन्त्री, आजै शपथकाे तयारी


काठमाडाैँ । नयाँ सत्तागठबन्धनका तीनजना मन्त्रीले आज शपथग्रहण गर्दै छन् ।

माओवादी, एमाले र रास्वपाबाट तीनजना मन्त्री सहभागी गराई प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।

आज माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट प्रमुख सचेतक पदम गिरी र रास्वपाबाट उपाध्यक्ष डिपी अर्याललाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्दै छन् ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि राष्ट्रपति कार्यालय शीतलनिवासमा आजै मन्त्रीहरूको शपथ गराउने तयारी भएको छ । तीनैजना मन्त्रीले आज विनाविभागीयमन्त्रीको शपथग्रहण गर्ने बताइएको छ ।

वर्तमान सत्तागठबन्धनलाई समर्थन गरे पनि जसपाले मन्त्रीको नाम टुंग्याइसकेको छैन । सत्ता बाँडफाँट बाँकी रहेकाले अहिलेसम्म जसपाबाट आज मन्त्री बन्ने–नबन्ने टुंगो लाग्न बाँकी रहेको हो ।


प्रकाशित : २०८० फाल्गुन २१, सोमबार १५:०० गते

ताजा समाचार