बजेटका लागि आज ११ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


बजेट अध्यादेश सिफारिशका लागि आज ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । मन्त्रिपरिषद बैठकले अध्यादेशका रुपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिश गर्नेछ । राष्ट्रपति बाट स्वीकृति भएपछि अपराह्न चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन। जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ । सरकारले पूर्ण आकारको बजेट ल्याउने तयारी गरेको छ ।


प्रकाशित : २०७८ जेष्ठ १५, शनिबार ०३:५६ गते

ताजा समाचार