९ सचिवको सरुवा, को कहाँ पुगे ?


काठमाडौं । सरकारले ९ जना सचिवको सरुवा गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सचिवहरुलाई पत्र दिने काम धमाधम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । सोमबार दिउँसो ३ बजेतिर आफूले सरुवाको पत्र बुझेको शर्माले जानकारी दिए ।

ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरिएको छ । उनले आजै पदबहाली गर्दैछन् ।

त्यसैगरी, प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवको रूपमा सरुवा भएका छन् ।

उनी केही समयअघि मात्र सञ्चारबाट वित्त आयोगमा सरुवा भएका थिए । सचिव राउतले सोमबार ४ बजेतिर सरुवाको पत्र बुझेको बताए ।

उद्योग सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।


प्रकाशित : २०८० चैत्र १९, सोमबार १८:११ गते

ताजा समाचार