प्रत्यक्ष निर्वाचित कार्यकारीको माग गर्दै मेयर सम्पाङले काठमाडौँमा गरे एकल प्रदर्शन


काठमाडौँ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मंगलबार काठमाडौंमा एक्लै प्रदर्शन गरेका छन्।

धरानका विकास निर्माण योजनासहित मन्त्री र प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आएका मेयर सम्पाङले मंगलबार बिहान एकल प्रदर्शन गरेका हुन् ।

‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर उनी प्रदर्शनमा गरेका छन् । मेयर सम्पाङले आफ्नो एक्समार्फत एकल प्रदर्शन गरेको जनाएका छन् ।

 


प्रकाशित : २०८० चैत्र २०, मंगलवार १३:३५ गते

ताजा समाचार