कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने


काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने भएका छन्।

नेकपा (माओवादी केन्द्र) का संसदीय दल नेतासमेत रहेका मुख्यमन्त्री शर्माले बुधबारको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्।

माओवादी कर्णाली प्रदेश अध्यक्षसमेत रहेकी सांसद विमला केसीले मुख्यमन्त्री शर्माले आजै राजीनामा दिने बताइन्।

‘पार्टीको निर्देशन पनि राजीनामा दिनू भन्ने छ, त्यसैलाई कार्यान्वयन गर्न उहाँले राजीनामा दिन लाग्नु भएको हो,’ उनले भनिन्।

कर्णाली प्रदेश सभा बैठक केहीबेरमा बस्नेछ।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच कर्णाली मुख्यमन्त्री नेकपा (एमाले) ले लिने सहमति भएको थियो।


प्रकाशित : २०८० चैत्र २१, बुधबार १५:३९ गते

ताजा समाचार