रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय


काठमाडाैँ । नेपाली कांग्रेसले आजदेखि सुरु हुने संसदको वर्षे अधिवेशनमा बोल्न दिने भएको छ ।

आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले दलको नेताको रूपमा लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।

यसअघि कांग्रेसले सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन बनाएर अनुसन्धान गर्नुपर्ने मागसहित संसद अवरोध गर्दै आएको थियो । कांग्रेसले लामिछानेलाई संसदमा बोल्न समेत रोक लगाउँदै आएकामा आज बसेको संसदीय दलको बैठकले बोल्न दिने निर्णय गरेको हो ।

संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । उक्त अधिवेशनमा पार्टीले लिने रणनीतिबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

त्यस्तै सुप्रिम सहकारीको रकम अपचलनको बारेमा जिल्ला अदालत रुपन्देहीमा दायर अभियोगपत्र पनि कांग्रेसका सांसदहरूलाई बाँडिएको छ । त्यसमा लामिछानेको नाम ‘हाइलाइट’ गरिएको छ ।


प्रकाशित : २०८१ बैशाख २८, शुक्रबार ११:०७ गते

ताजा समाचार