कांग्रेसको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम टेबल गर्न प्रधानमन्त्री रोस्ट्रममा


काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभामा टेबल गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा मर्यादापालकको सुरक्षा लिएर प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रम टेबल गरेका हुन् ।

जेठ १ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

सभामुखले प्रधानमन्त्रीलाई रोस्ट्रममा लैजान मर्यादापालकलाई निर्देशन दिएपछि संसद्‌मा कांग्रेसले ‘संसदीय मर्यादा कायम गर’को नारा लगाएको छ ।


प्रकाशित : २०८१ जेष्ठ ८, मंगलवार १३:२० गते

ताजा समाचार