कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ


काठमाडौं । जिल्ला अदालत, धनुषाबाट जारी भएको पक्राउ पूर्जीविरुद्ध कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया सर्वोच्च अदालत पुगेका छन् ।

आफूलाई पक्राउ अनुमति दिने जिल्ला अदालत धनुषाको अनुमति खारेज हुनुपर्ने माग राख्दै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

उनले निवेदनमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतलाई विपक्षी बनाएका छन् । रिट निवेदन लिएर उनी आफैं सर्वोच्च अदालत पुगेका थिए । रिट निवेदन अदालतमा पेश भएपछि दर्ता भइसकेको छैन ।

सिरोहिया गत २५ वैशाखमा आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालत गएका थिए । अन्तरिम आदेशको छलफलका लागि अदालतले दुवै पक्षलाई झिकाएपछि निवेदनमाथि सुनुवाइ हुन सकेको छैन ।

सिरोहियाको नागरिकतामा कैफियत रहेको भन्दै प्रहरीले उनीमाथि छानविन अघि बढाएको छ । त्यसक्रममा मंगलबार जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र पनि लिएको हो ।


प्रकाशित : २०८१ जेष्ठ ८, मंगलवार १७:५६ गते

ताजा समाचार