बालुवाटारमा शीर्ष नेताको बैठक जारी


काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा शुरू भएको छ ।

संसद्‌मा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सत्तापक्ष, प्रमुख प्रतिपक्षसहितका शीर्ष नेतासँग छलफल गर्न शुक्रबार साँझ बैठक बोलाएको हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रमुख दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेताहरू कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, हितराज पाण्डेलगायतका नेताहरू सहभागी छन् ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको विषय पेचिलो बन्दै जाँदै संसद् बैठक नै प्रभावित भएको छ ।

संसद् प्रभावित हुँदा सरकारको नीति कार्यक्रम र बजेट पनि प्रभावित हुने देखिएको छ । यसैले समिति गठनमा कार्यदलले गरिरहेको होमवर्क, संसद्को गतिरोध अन्त्यसहितका विषयमा छलफल गर्न प्रधानमन्त्रीले शीर्ष नेतालाई बालुवाटार बोलाएका हुन् ।

समिति गठनको गाँठो नफुक्दा शुक्रबार पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् बैठक अवरुद्ध गरेको थियो ।


प्रकाशित : २०८१ जेष्ठ ११, शुक्रबार १७:३७ गते

ताजा समाचार