कार्यदलले टुंग्यायो समितिकाे कार्यादेश, चारबुँदे सहमति


काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा बनाइने संसदीय छानबिन समितिको कार्यादलमा चारबुँदे सहमति भएको छ ।

मंगलबार दिउँसो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेशको टुंगो लगाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा कार्यदल सदस्य शिशिर खनालले जानकारी दिए । कार्यदल अहिले सहमति बुझाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेको छ ।

संसदीय छानबिन समितिमा सात सदस्यीय रहने जनाइएको छ । जसमा प्रमुख सत्तासाझेदार दल नेकपा (एमाले)का तर्फबाट दुई, नेकपा (माओवादी केन्द्र) र रास्वपाका तर्फबाट एक÷एक सदस्य रहनेछन् ।

प्रतिपक्षी नेपाली कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहनेछन् ।


प्रकाशित : २०८१ जेष्ठ १५, मंगलवार १४:०४ गते

ताजा समाचार