टीआरसी कार्यदलको बैठक सकियो, अर्को बैठक बिहीबार बस्ने


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ ।

सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठक कुनै निर्णय नगरी आगामी बिहीबार फेरि बस्नेगरी सकिएको हो । बैठकपछि एमाले मुख्य सचेतक बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरि आजको बैठक सकिएको जानकारी दिए ।

‘मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरुलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै फेरि बैठक बस्छौँ,’ उनले भने ।

अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि आगामी दिनमा थप छलफल केन्द्रित गर्ने उनले बताए ।


प्रकाशित : २०८१ श्रावण १४, सोमबार १२:१३ गते

ताजा समाचार