जलमग्न काठमाडौं, एमाले मुख्यालय डुबानमा (तस्वीरहरू)


काठमाडाैँ । मंगलबार राति भएको अविरल वर्षासँगैको बाढीका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

बागमती, विष्णुमती, हनुमन्ते, धोबिखोला, नख्खु, बल्खु खोला लगायतमा वर्षासँगै बाढी आएको हो ।

बाढीका कारण उपत्यकाका नदी किनार छेउका बस्तीहरू जलमग्न भएका छन् । नदी किनारका सडकहरू, होटल, विद्यालय डुबानमा परेका छन् । च्यासलमा रहेको एमालेको केन्द्रीय कार्यालय पनि डुबानमा परेको छ ।

अहिले पानी पसेको कोठाहरूबाट पानी निकाल्ने प्रयास गरिरहेको देख्न सकिन्छ । पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा  विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


प्रकाशित : २०८१ श्रावण १६, बुधबार १२:०६ गते

ताजा समाचार